बिशाल आवाज :नेपाली काङ्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा जुलाइ २८ तारिक आइतबार कोरियाको राजधानी सउलको गुमिन ह्वेग्वान दोङ्गदेमुनमा हुने बृहत अन्तर्क्रिया कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइ कार्यक्रमको कार्यतालिका र विवरण समेत प्रस्तुत गरिएको छ ।
नेपाली काङ्ग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाको प्रमुख आतिथ्यता तथा पार्टीका केन्द्रीय सदस्य किरण पौडेलको विशेष आतिथ्यता रहने उक्त कार्यक्रममा नेपालको आर्थिक एवं लोकतान्त्रीक विकासमा विदेशमा रहेका नेपालीहरुको ज्ञान सिप र उर्जाको सदुपयोग बिषयमा गहन छलफल हुने कार्यक्रम संयोजक प्रकाश धमलाले बताउनु भएको छ।

संयोजक धमालाका अनुसार दोङ्देमुनस्थित गुमिन ह्वेग्वान मा बिहान ११ बजेदेखी सुरु हुने अन्तरक्रिया कार्यक्रमको तालिका र विवरण निम्नानुसार रहेको विशाल आवाजलाई जानकारी दिनुभएको छ।

शनिबार विहान ५ः१५ मा दक्षिण कोरिया आइपुग्नु हुने गगन थापाको प्रत्यक्ष उपस्थितिमा शनिबार साझ कार्यकर्ता प्रशिक्षण कार्यक्रम पनि राखिएको सभापति भजिन्द्र क्षेत्रीले जनाउनुभएको छ।
दक्षिण कोरियामा रहनुभएका नेपालीहरुलाइ अन्तरक्रियामा सहभागी भइ विचारको आदान प्रदान गर्न जनसम्पर्क समिती दक्षिण कोरियाले आग्रह समेत गरेको छ ।










