बोम्जन गुरुङ/कोरिया :गण्डकी प्रदेश समाज दक्षिण कोरियाले दोश्रो स्थापना दिवस यही डिसेम्बर २२ तारिक स्थित निक नेपाल ट्राभल्सको सभाहलमा मनाउने भएको छ । सोही अवसरमा कास्की परिवारले कोरियन नयाँ वर्ष सलनालको अवसरमा आयोजना गर्न लागेको "माछापुच्छ्रे सांगीतिक सौगात भाग ४" को बारेमा विविध जानकारी दिने अभिप्रायले पत्रकार सम्मेलन सहित दिउँसो १२ बजेदेखि शुरु हुने गरी समाजले उक्त दिवस मनाउने तयारी गरेको हो ।
"प्रवासी भूमिमा नेपाली एकता, गण्डकी प्रदेशको सामूहिक सहभागिता" भन्ने मूल नाराका साथ सन् २०२२ मा स्थापना भएको गण्डकी प्रदेश भित्रका ११ जिल्लालाई अभिभावकत्व प्रदान गर्दै ती जिल्लाहरूले आयोजना गर्ने सबैखाले कार्यक्रमलाई सहजीकरण गर्दै आइरहेको र आउँदो सलनालमा आयोजना हुने "माछापुच्छ्रे सांगीतिक सौगात भाग ४" लाई ब्यापक सहभागिता जुटाउँदै कार्यक्रम भव्यताका साथ सफल बनाउन कुनै कसर बाँकी नराख्ने ग...
१ पुष २०८१, सोमबार १३:५९१ पुष २०८१, सोमबार १३:५९१ पुष २०८१, सोमबार १३:५९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन), दक्षिण कोरियाले विश्वव्यापी आदिवासी खुल्ला कविता प्रतियोगिता आयोजना साथै आदिवासी जर्नल प्रकाशन गर्ने भएको छ।
गत डिसेम्बर १ आइतबार सौलमा नेफिन कोरियाको कार्यसमिति सहित संरक्षक, सल्लाहकार तथा जातीय र सम्बद्ध संस्थाको अध्यक्षहरूको संयुक्त बसेको बैठकबाट “विश्वव्यापी खुल्ला आदिवासी कविता प्रतियोगिता” सहित आदिवासी “जर्नल प्रकाशन” गर्ने निर्णय भएको थियो। सोही अनुरूप डिसेम्बर १३ तारिख एक सूचना निकाल्दै नेफिन कोरियाले विश्वव्यापी खुल्ला आदिवासी कविता प्रतियोगिता गर्ने र प्रतियोगितामा पहिलो ,दोस्रो ,तेस्रो हुने लाइ क्रमश ५ लाख, ३ लाख ,२ लाख कोरियन वन र सान्त्वना हुने तीनजनालाई १/१ लाख कोरियन वन पुरस्कार स्वरूप दिने बताइएको छ। प्रतियोगितामा सहभागी उत्कृष्ट कविताहरूलाई आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले प्रकाशन गर्न लागिरहेको आदिवासी जर्नलमा ...
१ पुष २०८१, सोमबार ०९:३६१ पुष २०८१, सोमबार ०९:३६१ पुष २०८१, सोमबार ०९:३६ by एलिनाNo Comments
विशाल आवाज: गत कात्तिक ३० गतेबाट विश्वभर प्रदर्शनमा आएको नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको मल्टिस्टारर फिल्म ‘ह्रस्व दीर्घ’दक्षिण कोरियाको ख्यङ्जुमा पनि डिसेम्बर २९ तारिख प्रदर्शन हुने भएको छ।
नेपाली र दक्षिण भारतीय कलाकारहरुको ‘पल्टन’ नै उतारिएको फिल्म ‘ह्रस्व दीर्घ’ ख्यङ्जु नेपाली एकता समाजले ख्यङ्जु स्थित 경주시 외동읍 입실로2길 21 मा डिसेम्बर २९ तारिख आइतबारका दिन दिउसो १:०० बजे प्रदर्शन गर्ने भएको हो।
आपतकालीन राहतका लागी प्रदर्शन हुने फिल्म हेर्न दर्शकले मात्र २० हजार कोरियन वन तिर्नुपर्ने आयोजकले जनाएको छ। टिकट बुकिङको लागि आयोजकलाई सम्पर्क गरि मनोरञ्जनका साथै सामाजिक कार्यमा सहभागी हुन ख्यङ्जु वरपर हुने सम्पूर्ण नेपालीलाई उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेको छ।
‘स्टारकास्ट’कै कारण ठूलो ‘हाइप’ दिलाउन सफल फिल्म ‘ह्रस्व दीर्घ’ ले नेपालमा १० करोडमाथि कमाइसकेको छ।चन्द्र पन्त निर...
१ पुष २०८१, सोमबार ०२:२४१ पुष २०८१, सोमबार ०२:२४१ पुष २०८१, सोमबार ०२:२४ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ:कोरिया स्थित तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको आयोजनामा तमू (गुरुङ) जातिको नयाँ वर्ष तथा मौलिक पर्व ल्होसार आउँदो जनवरी ५ तारिकमा मनाउने भएको छ । तमू समुदायको वर्ग चक्र अनुसार सप्ह्री ल्हो (सर्प वर्ग) लाई स्वागत र मुप्री ल्हो (चील वर्ग) विदाई गर्दै बुसान सहरको 경남 김해시 서상동 27-31 New Little India Resturent 2nd floor को हलमा दिउँसो १२ बजेदेखि शुरु हुने गरी सो ल्होसार मनाउने भएको हो ।
सो ल्होसारको अवसरमा दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा अध्यक्ष गितासिंह गुरुङले जानकारी दिए । "प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु" भन्ने तमु समुदायको विश्वब्यापी नारालाई अनुशरण गर्दै समय सापेक्षित विभिन्न कार्यक्रम गर्दै आइरहेको संस्थाले हरेक वर्ष जस्तै यसपटक पनि ल्होसार मनाउने तय...
२९ मंसिर २०८१, शनिबार ०८:१८२९ मंसिर २०८१, शनिबार ०८:१८२९ मंसिर २०८१, शनिबार ०८:१८ by विशाल श्रेष्ठNo Comments
राष्ट्रिय सभाले शनिबार, राष्ट्रपति युन सुक येओललाई उनको मार्शल ल घोषणामा महाभियोग लगाउने प्रस्ताव पारित गरेको छ ।
सत्तारूढ पीपुल पावर पार्टीका केही सांसदहरूले उनको पदबाट हटाउनको समर्थनमा सामेल भएपछी युन विरुद्धको महाभियोग प्रस्तावलाई मतदानमा राखिएको थियो । कुल ३०० मतमा : २०४ पक्षमा, ८५ विपक्षमा, ३ अनुपस्थित, र ८ बदर भएको थियो । यो प्रस्तावको स्वीकृति यूनले अचानक मार्शल ल घोषणा गरेको ११ दिन पछि आएको हो ।
महाभियोग विधेयक पारित भएपछि, राष्ट्रपतिको रूपमा युनको कर्तव्य तुरुन्तै निलम्बन गरिएको छ, संवैधानिक अदालतले प्रस्तावलाई समर्थन गर्ने वा अस्वीकार गर्ने निर्णय गर्न बाँकी छ। यसैबीच, प्रधानमन्त्री हान डक-सूले कार्यवाहक राष्ट्रपतिको रूपमा काम गर्नेछन्।
महाअभियोग प्रस्ताव पारित भएको सूचना संवैधानिक अदालतमा पुर्याइएपछि युनको राष्ट्रपतीय अधिकारबाट निलम्बनमा पर्नेछन्।
अदालतले १८० दिनभ...
२८ मंसिर २०८१, शुक्रबार १५:१२२८ मंसिर २०८१, शुक्रबार १५:१२२८ मंसिर २०८१, शुक्रबार १५:१२ by विशाल श्रेष्ठNo Comments
सामाजिक सञ्जालमा अहिले एक महिलाले छ ओटा बच्चालाई जन्म दिएको दाबी सहितको पोस्ट भाइरल भइरहेको छ । फेसबुकमा ‘मुगु’, ‘कर्णाली’, ‘छ ओटा बच्चा’ आदि कीवर्ड सर्च गर्ने हो भने एउटै फोटो र उही शैलीको क्याप्सन राखिएको पोस्टहरू भेटिन्छन् ।
यो घटना कर्णाली प्रदेशको मुगु जिल्लामा भएको दाबी गरिएको छ । हरेकले आफ्नै शैलीले लेखेर पोस्ट गरेका छन् । केहीले मुगु जिल्लाको कर्णाली प्रदेशमा यस्तो घटना भएको उल्लेख गरेका छन् भने केहीले यो कर्णाली प्रदेशमा पर्ने मुगु जिल्लाको भनेका छन् ।
टेकपानाले जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी विभाकर मिश्रसँग कुरा गर्दा उनले यो भ्रामक सूचना भएको बताए । “धेरैले मुगुमा एउटा महिलाले एकै पटकमा छ बच्चा जन्माएको भनेर पोस्ट राखिराख्नु भएको रहेछ,” मिश्रले भने, “यस्तो कुनै पनि घटना मुगुमा भएको छैन ।”
यो फोटो गुगलमा रिभर्...
२७ मंसिर २०८१, बिहीबार १२:१०२७ मंसिर २०८१, बिहीबार १२:१०२७ मंसिर २०८१, बिहीबार १२:१० by विशाल श्रेष्ठNo Comments
नेपाली युवाहरूबीच लोकप्रिय फेसबुक ग्रुप MRR (MENS ROOM RELOADED) १४ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा यहि डिसेम्बर १४ तारिख शनिबारका दिन सुवनमा MRR KOREA ले १३ औं वार्षिकोत्सब मनाउने भएको छ।
सन् २०११ डिसेम्बर ११ मा स्थापना भएको फेसबुक ग्रुप MRR ले सामाजिक सञ्जालमा १३ वर्षको यात्रा पूरा गरेको अवसरमा सुवन स्थित स्वयम्भू रेस्टुरेन्टमा डिसेम्बर १४ तारिख साँझ ८ बजेबाट MRR ANNIVERSARY मनाउन लागेको हो।
कोरियामा विशेष गरि अंग्रेजी नयाँ वर्षमा टोपि दिवस मनाउन सुरुवात गरि प्रत्येक वर्ष जनवरी १ मा MRR KOREA ले सउलमा विभिन्न संघसंस्थाहरूसँग सहकार्य गरी नेपाली राष्ट्रिय झण्डा, टोपी र पोशाकका साथमा नेपालको विभिन्न पर्यटकीय स्थलहरूको पोस्टर बोकी पैदलयात्रा गरि नेपाली कला संस्कृति र सम्पदा हरुलाई कोरियनहरू माझ प्रस्तुत समेत गर्दै आइरहेको छ। एमआरआर कोरियामा रहेका नेपाली युवा हरू मिली प्रत्येक वर्...
२७ मंसिर २०८१, बिहीबार १०:५३२७ मंसिर २०८१, बिहीबार १०:५३२७ मंसिर २०८१, बिहीबार १०:५३ by विशाल श्रेष्ठNo Comments
काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले उनलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै विवादास्पद भिडियो सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए । साइबर अपराधमा प्रहरीले अनुसन्धान सकेर मुद्दा दायर गरेपछि बिहीबार थुनछेक बहसपछि उनलाई न्यायाधीशले धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।
यद्यपि उनीविरुद्ध अर्को पक्राउ पुर्जी पनि भएकाले धरौटी बुझाएर रिहा भएलगत्तै फेरि पक्राउ पर्न सक्ने बताइएको छ ।...
२६ मंसिर २०८१, बुधबार १३:१०२६ मंसिर २०८१, बुधबार १३:१०२६ मंसिर २०८१, बुधबार १३:१० by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:यही आउँदो कोरियन नया बर्ष सलनालको अवसरमा जनवरी २८ तारिख राति सउलमा युवा पुस्ताको चर्चित र्यापर DNX र कोरियन डिजेको साथमा “सलनाल डान्स पार्टी” आयोजना हुने भएको छ।
आर के ग्रुप दक्षिण कोरियाको आयोजनामा अनाथ बालबालिकालाई शैक्षिक सामग्री सहयोगार्थ सलनालको पहिलो दिन जनवरी २८ तारिख मङ्गलबार बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म सउल स्थित 성둥차차차 스텐드빠 나이트 ,서울톡별시 중구 흥인동 15번지 Train line 2 & 6(신당 역) exit gate number 12 बाट निस्केर सिधा १०० मिटर अगाडी
कोरियन डिजे कारिमि 카리미 र नेपाली डिजे C-MAN को ननस्टप डिजे म्युजिकको साथमा “सलनाल डान्स पार्टी” हुने भएको हो।
पछिल्लो समय नेपहपको श्रीपेच रियालिटी शोबाट आएका युवा पुस्ताको लोकप्रिय चर्चित र्यापर DNX को साथमा कोरियामै रहेका अर्का चर्चित र्यापर रुबिन को धमकेदार प्रस्तुति रहने सलनाल डान्स पार्टीको होस्ट भने मनोज गुरुङले गर्दैछ।
जनवरी २८ ता...
२६ मंसिर २०८१, बुधबार १२:२८२६ मंसिर २०८१, बुधबार १२:२८२६ मंसिर २०८१, बुधबार १२:२८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:छुसकको अवसर पारी रामेछाप सम्पर्क समिती दक्षिण कोरियाले सौलमा आयोजना गरेको बृहत् भेटघाट, रात्रीभोज तथा साँगीतिक कार्यक्रमको हिसाबकिताब सार्वजनिक गरि नाफा मात्र ८२ लाख वन माथि भएको जनाइएको छ।
आइतवार दोङदेमुनको नाना रेष्टुरेण्टको सभाहलमा रामेछाप सम्पर्क समितिको कार्यसमिति र सल्लाहकार समितिहरुको उपस्थितीमा एक कार्यक्रम गरि समीक्षा बैठक सहित आर्थिक हिसावकिताव सार्वजानिक गरिएको थियो। अम्वर बहादुर खड्का संयोजक तथा ज्ञानु तामाङ, कल्पना श्रेष्ठ र बुद्ध लामा सदस्य रहेको आर्थिक समितिले हिसाब किताब सार्वजनिक गर्दै प्रवेश शुल्क एवं सहयोग रकमबाट प्राप्त १ करोड ७९ लाख ७६ हजार ८४६ वन र टिकट बाट ३ लाख ६० हजार वन गरी जम्मा १ करोड ८३ लाख ३६ हजार ८४६ वन आम्दानी भएको र विभिन्न शीर्षकमा १ करोड १ लाख २७ हजार ४६० वन खर्च भई जम्मा ८२ लाख ९ हजार ३८६ वन बचत भएको आयव्यय विवरणमा प्रस्तुत...