Advertisement
Advertisement

कोरियाका राष्ट्रपति लाई महाभियोग पारित, पदबाट निलम्बन

Advertisement
Advertisement

राष्ट्रिय सभाले शनिबार, राष्ट्रपति युन सुक येओललाई उनको मार्शल ल घोषणामा महाभियोग लगाउने प्रस्ताव पारित गरेको छ । 

सत्तारूढ पीपुल पावर पार्टीका केही सांसदहरूले उनको पदबाट हटाउनको समर्थनमा सामेल भएपछी युन विरुद्धको महाभियोग प्रस्तावलाई मतदानमा राखिएको थियो । कुल ३०० मतमा : २०४ पक्षमा, ८५ विपक्षमा, ३ अनुपस्थित, र ८ बदर भएको थियो । यो प्रस्तावको स्वीकृति यूनले अचानक मार्शल ल घोषणा गरेको ११ दिन पछि आएको हो ।

महाभियोग विधेयक पारित भएपछि, राष्ट्रपतिको रूपमा युनको कर्तव्य तुरुन्तै निलम्बन गरिएको छ, संवैधानिक अदालतले प्रस्तावलाई समर्थन गर्ने वा अस्वीकार गर्ने निर्णय गर्न बाँकी छ। यसैबीच, प्रधानमन्त्री हान डक-सूले कार्यवाहक राष्ट्रपतिको रूपमा काम गर्नेछन्।

महाअभियोग प्रस्ताव पारित भएको सूचना संवैधानिक अदालतमा पुर्‍याइएपछि युनको राष्ट्रपतीय अधिकारबाट निलम्बनमा पर्नेछन्। 

अदालतले १८० दिनभित्र उनलाई पदबाट हटाउने वा पुनर्स्थापना गर्ने भन्ने फैसला दिनुपर्नेछ। अदालतले उनलाई निकालेको अवस्थामा ६० दिनभित्र अर्को चुनाव गरेर नयाँ राष्ट्रपति चुन्नुपर्ने हुन्छ।

महाअभियोग प्रस्ताव दुई तिहाई मतबाट पारित गर्नुपर्छ। ३०० सदस्यीय कोरियाको संसदमा राष्ट्रपति यूनको सत्तारूढ दल पिपल्स पावर पार्टी (पिपिपी) का १०८ सांसद छन् भने विपक्षीका १९० सांसद छन्। दुई तिहाईले महाअभियोग प्रस्ताव पारित हुन पिपिपीकै सांसदहरूले प्रस्तावमा मत हालेपछि पारित भएको हो।

गत साता यूनविरूद्ध महाअभियोग प्रस्तावमा मतदान भएको थियो। त्यो बेला पिपिपीका सांसदहरू मतदानमा अनुपस्थित भएपछि राष्ट्रपति यून जोगिएका थिए।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एनआरएनए दक्षिण कोरियाको निःशुल्क स्वास्थ्य शिविर जारी, ६५ जनाले लिए स्वास्थ्य सेवा

एनआरएनए दक्षिण कोरियाको निःशुल्क स्वास्थ्य शिविर जारी, ६५ जनाले लिए स्वास्थ्य सेवा

गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले नेपाली समुदायलाई लक्षित गरी शनिबार सउलमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ६५...
रामेछाप सांगीतिक साँझको समीक्षा तथा आय–व्यय सार्वजनिक गर्न डिसेम्बर ६ तारिक सउलमा चियापान कार्यक्रम आयोजना हुँदै

रामेछाप सांगीतिक साँझको समीक्षा तथा आय–व्यय सार्वजनिक गर्न डिसेम्बर ६ तारिक सउलमा चियापान कार्यक्रम आयोजना हुँदै

रामेछाप सम्पर्क समिति, दक्षिण कोरियाले गत सेप्टेम्बर २४ तारिख आयोजना गरेको ‘रामेछाप सांगीतिक साँझ–२०२६ (भाग–२)’ कार्यक्रमको समीक्ष...
दक्षिण कोरियाको हुलाक सेवामा साइबर हमला, १ लाख १३ हजारभन्दा बढी सेवाग्राहीको व्यक्तिगत विवरण बाहिरियो

दक्षिण कोरियाको हुलाक सेवामा साइबर हमला, १ लाख १३ हजारभन्दा बढी सेवाग्राहीको व्यक्तिगत विवरण बाहिरियो

दक्षिण कोरियाको इन्टरनेट हुलाक सेवामाथि भएको साइबर हमलाबाट कम्तीमा १ लाख १३ हजार ८५५ जना सेवाग्राहीको व्यक्तिगत विवरण सार्वजनिक भए...
दक्षिण कोरियामा होमप्लसका ६७ वटै हाइपरमार्केट आजदेखि बन्द, आर्थिक संकटले पुनः सञ्चालन ठप्प

दक्षिण कोरियामा होमप्लसका ६७ वटै हाइपरमार्केट आजदेखि बन्द, आर्थिक संकटले पुनः सञ्चालन ठप्प

दक्षिण कोरियाको प्रमुख खुद्रा व्यापारिक कम्पनी होमप्लसले आर्थिक संकट चुलिएपछि देशभर रहेका आफ्ना ६७ वटै हाइपरमार्केटको सञ्चालन आज (...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×