Advertisement
Advertisement

मुगुकी महिलाले छ बच्चालाई जन्म दिएको भन्दै भ्रामक पोस्ट भाइरल

Advertisement
Advertisement

 

सामाजिक सञ्जालमा अहिले एक महिलाले छ ओटा बच्चालाई जन्म दिएको दाबी सहितको पोस्ट भाइरल भइरहेको छ । फेसबुकमा ‘मुगु’, ‘कर्णाली’, ‘छ ओटा बच्चा’ आदि कीवर्ड सर्च गर्ने हो भने एउटै फोटो र उही शैलीको क्याप्सन राखिएको पोस्टहरू भेटिन्छन् ।

यो घटना कर्णाली प्रदेशको मुगु जिल्लामा भएको दाबी गरिएको छ । हरेकले आफ्नै शैलीले लेखेर पोस्ट गरेका छन् । केहीले मुगु जिल्लाको कर्णाली प्रदेशमा यस्तो घटना भएको उल्लेख गरेका छन् भने केहीले यो कर्णाली प्रदेशमा पर्ने मुगु जिल्लाको भनेका छन् ।

टेकपानाले जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी ​विभाकर मिश्रसँग कुरा गर्दा उनले यो भ्रामक सूचना भएको बताए । ​“धेरैले मुगुमा एउटा महिलाले एकै पटकमा छ बच्चा जन्माएको भनेर पोस्ट राखिराख्नु भएको रहेछ,” मिश्रले भने, “यस्तो कुनै पनि घटना मुगुमा भएको छैन ।”

यो फोटो गुगलमा रिभर्स इमेज सर्च गर्ने हो भने तीन ओटा भिडिओ पोस्ट भएको देख्न सकिन्छ । ती तीन ओटै भिडिओ एउटै देखिन्छन् । उक्त भिडिओमा स्वास्थ्यकर्मीको चाल अस्वाभाविक देखिन्छ । यस भिडिओको मुख्य स्रोत खोज्ने हो भने ‘रनालर डट एआई’ (Ranalar.ai ) नामको टिकटक आईडीमा अपलोड भएको देखिन्छ ।

यसमा खुलस्त रूपमा यस्ता सामग्री मनोरञ्जनका लागि राखिएको भन्ने उल्लेख गरिएको छ । त्यही पोस्ट विभिन्न तरिकाले नेपाली प्रयोगकर्ताले सामाजिक सञ्जालमा अपलोड गरिरहेका छन् ।

टेकपानाले जाँच गरेका विभिन्न एआई टुलले पनि यो तस्बिर फेक भएको देखिन्छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Dlaczego logowanie do Spinzen zawiesza się na telefonie

Spis treściRozpoznanie Problemu: Typowe Objawy ZawieszaniaNajczęstsze Przyczyny Zawieszania się LogowaniaKrok po Kroku: Rozwiązani...

Xon Bet Source of Funds Declaration

InhaltWas ist eine Source of Funds Declaration und warum ist sie notwendig?Welche Dokumente werden für den Nachweis akzeptiert?Der...

Jak Mafia Casino Chroni Przed Włamaniem na Konta

Spis treści1. Weryfikacja Dwuskładnikowa (2FA): Pierwsza Linia Obrony2. Proces Weryfikacji Tożsamości (KYC)3. Szyfrowanie Danych i...

Jak v MerkurXtip fungují progresivní jackpoty a úrovně výher

Jak v MerkurXtip fungují progresivní jackpoty a úrovně výherJmenuji se David Novák a rád bych se s vámi podělil o své zkušenosti s...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×