नुवाकोट समाज दक्षिण कोरियाको नवौं अधिवेशन सम्पन्न बि बि स्याङतानको नेतृत्वको नया कार्यसमिति चयन
नुवाकोट समाज दक्षिण कोरियाको नवौं अधिवेशन सम्पन्न बि बि स्याङतानको नेतृत्वको नया कार्यसमिति चयन
बोम्जन गुरुङ/विशाल आवाज:कोरियास्थित क्षेत्रीय संस्था नुवाकोट समाज दक्षिण कोरियाको नवौं अधिवेशन सम्पन्न भएको छ । सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभाहलमा अक्टोबर १५ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट बुद्धि बहादुर स्याङतान तामाङ अध्यक्ष रहने गरी २० सदस्यीय संरचनाको नवौं कार्यसमिति गठन भएको हो ।
उक्त अधिवेशनबाट अध्यक्षमा बुद्धि बहादुर स्याङतान तामाङ, वरिष्ठ उपाध्यक्ष अभिनाश तामाङ, उपाध्यक्ष सुनिल रिजाल, उपाध्यक्ष सुरेश भट्ट , सचिव नविन भट्टराई, सहसचिव प्रमोद बुढाथोकी, कोषाध्यक्ष राम ढुङ्गाना, सहकोषाध्यक्ष अर्जुन तामाङ चयन भएका छन् भने सदस्यहरुमा उद्धब थापा मगर, विजय तामाङ, प्रदिप न्यौपाने, सुजन सिलवाल, सन्देश रिमाल, मनोज सुवेदी, श्याम सुर्खेती, सरोज सापकाेटा, सुप्रिम रत्न लामा, ...









