प्रधानमन्त्री पुष्पकमल दाहाल तथा NRNA कोरिया प्रतिनिधिबीच भेटघाट सम्पन्न

प्रधानमन्त्री पुष्पकमल दाहाल तथा NRNA कोरियाका प्रतिनिधि बीच आज काठमाडौं स्थित प्रधानमन्त्री निवासमा भेटघाट सम्पन्न भएको छ।
सो भेटमा NRNA कोरियाका अधक्ष्य बुद्धि गुरुङ, NRNA ICC सह कोषाध्यक्ष यज्ञ राज सुबेदी , तथा NRNA ICC सदस्य डा. बिमल सुबेदी ले दक्षिण कोरियामा रहेका नेपाली नागरिकका समस्या: चर्को हवाई भाडा दर, दक्षिण कोरियामा रहेका भिषा बिहिन नेपाली नागरिकलाई नेपाली राजदुतवासबाट PASSPORT उपलब्ध नहुने, बिभिन्न दुर्घटनामा निधन भएको नेपाली नागरिक शव नेपाल पठाउने भएको समस्या, तथा दक्षिण कोरियाबाट दीक्षित नेपाली बिधार्थीहरुको शैक्षिक प्रमाणपत्र प्रमाणिकरणमा रहेका समस्या बारे सम्माननीय प्रधानमन्त्रीलाई अवगत गराउनु भयो |
गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालिकाअनुसार हाल बिहीबारदेखि मनोनयन दर्ता सुरु भएको छ । शनिबार उम्मेदवारी दर्ता सम्पन्न भएपछि असोज २८ गते विद्युतीय माध्यमबाट उम्मेदवारी पेश गर्नेको हकमा प्रस्ताव र समर्थकसहित अनिवार्य उपस्थित भएर सनाखत गर्नुपर्नेछ। त्यसपछि उम्मेदवारको सूची प्रकाशित गर्नेसहित दाबी विरोधको समय छुट्ट्याउँदै अन्तिम नामावली प्रकाशित गरेर अक्टोबर १९ मा मतदान गर्ने कार्यक्रम रहेको छ ।









