“पशुपति प्रसाद २” भष्मे डन मोक्पो सहरमा नोभेम्बर १२ मा प्रदर्शन हुने पक्का
"पशुपति प्रसाद २" भष्मे डन मोक्पो सहरमा नोभेम्बर १२ मा प्रदर्शन हुने पक्का
विशाल श्रेष्ठ/दक्षिण कोरिया: नेपालमा कार्तिक ३ गते(अक्टोबर २०) बाट सार्वजनिक प्रदर्शनमा आएको ‘पशुपति प्रसाद २ : भस्मे डन’ दक्षिण कोरियाको मोक्पो सहरमा नोभेम्बर १२ तारिख प्रदर्शन हुने पक्का भएको छ। विश्वभर सार्वजनिक प्रदर्शन भएर राम्रो समिक्षा बटुलिरहेको चलचित्र मोक्पो साम्हो साझा चौतारी ले "सस्थाको खेलकुद विकासको कोष प्रवर्द्धन तथा विकासको लागि" प्रदर्शनी कार्यक्रम गर्ने भएको छ।
मोक्पो सहरको samho-eup office seobu Branch Hyundai samho (한마음 회관) मा 12 बजे प्रदर्शन हुने फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतको अभिनय छ । ‘पशुपति प्रसाद’ को सिक्वेलको रूपमा निर्माण भएको यो फिल्मले पशुपति प्रसादको मृत्युपश्चात् पशुपति क्षेत्रमा आफ्...









