‘दिमाग खराब’को प्रदर्शन नरोकिने, निर्माता र चलचित्र संघबीच शो बाँडफाँटमा सहमति
काठमाडौं । फिल्म ‘दिमाग खराब’को प्रदर्शन स्थगित नहुने भएको छ । बिहीवार फिल्म निर्माता र प्रदर्शक संस्था चलचित्र संघबीच प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको हो ।
संघको कार्यालय विशालनगरमा बसेको बैठकपछि महासचिव नरेन्द्र महर्जनले दर्शकको मागअनुसार शो बढाउँदै जाने कुरामा सहमति जुटेको बताए । चलचित्र संघले बैठकबारे विज्ञप्तिमार्फत पनि जानकारी दिएको छ ।
तर, फिल्म चलिञ्जेल ५० प्रतिशत सेयर कायम गर्नुपर्ने निर्माताको मागमा सहमति जुट्न सकेन । यसका लागि मंगलबार पुनः अर्को चरणको बैठक बस्ने सहमति पनि जुटेको छ ।
चलचित्र संघका उपत्यका सभापति सुरेन्द्र थापाले बैठकको सहमतिअनुसार ‘दिमाग खराब’को प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको समेत बताए । बैठकमा फिल्मका तर्फबाट निर्माता, निर्देशक र वितरक सहभागि थिए ...
३० कार्तिक २०८०, बिहीबार ११:१२३० कार्तिक २०८०, बिहीबार ११:१२३० कार्तिक २०८०, बिहीबार ११:१२ by विशाल श्रेष्ठNo Comments
कोरियामा रहेका नेपालीले यसरी मनाए भाइटिका/ देउसी भैलो फोटो फिचर सहित
बिशाल आवाज :नेपालीहरुको दोश्रो ठूलो मुख्य चाड तिहार को भाईटीका कोरियामा बसोबास गर्ने नेपालीहरुले पनि मनाएका छन् । कोरियाको शुभ साइत अनुसार नोभेम्बर १५ बिहान ११:४२ मिनेटमा कोरियाका विभिन्न शहर हरुमा टिका लगाई मनएका छन ।
चाडपर्व मध्ये कै यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिनको सन् २०२३ अर्थात् बिस २०८० को भाइटीका हर्सौल्लास साथ सम्पन्न भएको छ ।
बुधबार कामको दिन भाइटिका परेकोले समय मिलाउन सक्ने नेपालीले बिदा लिई र बिदा नमिल्नेहरुले कामबाट फर्के पछि भाईटीका मनाएका हुन ।कोरियामा दिदिबहिनी दाजुभाइ नहुनेहरु केही नेपाल गएका छन् भने कोरियामा आफ्नै दाजु भाई दिदिबहिनी नहुने हरुले पनि आफ्नो कला रितिरिवाजलाई जोगाइरहन निधार खाली नगर्न कोरियामै दाजुभाइ दिदिबहिनी बनाएर हर्षोल्लासका साथमा टिका लगाएका छन् ।
कोरियामा रहेका ने...
३० कार्तिक २०८०, बिहीबार ०९:२८३० कार्तिक २०८०, बिहीबार ०९:२८३० कार्तिक २०८०, बिहीबार ०९:२८ by विशाल श्रेष्ठNo Comments
काठमाडौं । चलचित्र निर्माता संघले ‘दिमाग खराब’ ले लिएको अडानप्रति समर्थन र ऐक्यबद्धता जनाएको छ । आज बसेको संघको बैठकले सो चलचित्रका निर्माताले लिएको अडानलाई सही ठहर्याउँदै साथ दिने निर्णय लिएको हो ।
दिमाग खराबका निर्माता निर्देशकले विदेशी चलचित्र बराबरी शो पाउनुपर्ने तथा आम्दानीको ५० प्रतिशत हिस्सा निरन्तर प्राप्त हुनुपर्ने दुई वटा शर्त अघि सारेका छन् । शर्त पूरा नभएको खण्डमा चलचित्र हलबाट उतार्ने उनीहरुको चेतावनी छ ।
'दर्शकको फ्लोअनुसार शो र आम्दानीको ५० प्रतिशत हिस्सा नेपाली चलचित्रले पाउनैपर्छ
यसै विषयमा छलफल गर्न आज निर्माता संघको बैठक बसेको थियो । बैठकमा ‘दिमाग खराब’का निर्माता निर्देशक पनि उपस्थित थिए । बैठकले ‘दिमाग खराब’ का तर्फबाट प्रस्तुत गरिएको माग समग्र निर्माताहरुकै भावनाबमोजिम रहेको निष्कर्ष निकालिएको निर्माता-कलाकार दीपकराज गिरीले बताए ।
‘आम्दानीको ५० ...
३० कार्तिक २०८०, बिहीबार ०९:१८३० कार्तिक २०८०, बिहीबार ०९:१८३० कार्तिक २०८०, बिहीबार ०९:१८ by विशाल श्रेष्ठNo Comments
𝐀𝐆𝐄𝐍𝐂𝐘:सोल । आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैंकको एक अध्ययनमा बताइएको छ ।
तीव्ररूपमा अगाडि बढिरहेको एआई प्रविधिले रोजगारी गुमाउने र साइबार हमलादेखि लिएर मानिसले डिजाइन गरेका प्रणालीमा नियन्त्रण गुमाउनेसम्मका सबै कुरामा वैश्विक चिन्ता उत्पन्न गरिदिएको छ ।
बैंक अफ कोरियाको नयाँ अध्ययनमा घरेलुस्तरमा एआईलाई अपनाउनेहरू बढिरहेकाले दक्षिण कोरियामा करिब ३९ लाख रोजगारी खतरामा रहेको जनाइएको छ । एआईबाट चिकित्सक, वकिल, एकाउन्टेन्ट तथा रसायनशास्त्रीहरू सबैभन्दा धेरै जोखिममा रहेको व्यवसायमा पर्नेछन् ।
उच्च शैक्षिक पृष्ठभूमि र उच्च आम्दानी भएका कामदारहरूले एआईको ठूलो जोखिमको सामना गर्नुपर्नेछ र उनीहरूलाई एआईले प्रतिस्थापन गर्ने ठूलो जोखिम छ”, अध्य...
३० कार्तिक २०८०, बिहीबार ०५:३७३० कार्तिक २०८०, बिहीबार ०५:३७३० कार्तिक २०८०, बिहीबार ०५:३७ by विशाल श्रेष्ठNo Comments
प्रवेश परिक्षाको लागि हवाई उडान नै बन्द गर्दै कोरिया।
आज कोरियामा देशभर राष्ट्रिय विश्वविध्यालहरूमा प्रवेशको लागी Entrance Exam हुदैॅ छ।
परिक्षामा देशभरका ५ लाख बन्दा बढी बिध्यार्थीहरू सामेल हुॅदैछन्।यो परिक्षाबाट आफ्नो रूचि अनुसार देशको टप युनिभर्सिटीहरूमा उच्च शिक्षा हासिल गर्न सकिने र आफ्नो करिअरको समेत एक महत्वपुर्ण परिक्षा भएकोले देशब्यापी रूपमा निकै महत्वका साथ हेर्ने गरिन्छ।
प्रवेश परिक्षाको लागि देशको सरकारी संयन्त्र समेत निकै संवेदशिल भएको देखिन्छ।
जसको लागी परिक्षामा कुनै डिस्टब नहोस् भनेर सबै हवाई उडान,अवतरण बन्द गरिएको छ।आकस्मिक उडान समेत ३ कि.मि भन्दा माथिको Altitude मा हुनुपर्ने भनेको छ।
पब्लिक ट्रेन,बसहरू नियमित भन्दा १ घन्टा अघिदेखि नै सुचारू गरिएको छ।
सरकारी कार्यालयहरू शुरू हुने समय १ घन्टा पछाडी सारिएको छ।
कोभिड १९ संक्रमित वा लक्षण देखिएकाहरूको छु...
२८ कार्तिक २०८०, मंगलवार १३:११२८ कार्तिक २०८०, मंगलवार १३:११२८ कार्तिक २०८०, मंगलवार १३:११ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: मंन्जुश्री संवत् २८६० मु पुख्रि ल्हो ( डुक ल्हो ) सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले फेब्रुअरी ९ तारिख शुक्रबार सलनालको पहिलो दिनमा विविध सास्कृतिक तथा सांगितिक कार्यक्रम गर्ने भएको छ।
तामाङ समुदायको महान पर्व एवं नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछारको पावन अवसरमा “तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ सोनाम ल्होछार २८५९ ह्योयी /तावर ल्हो को बिदाई गरेर डुक/मु पुख्री ल्हो लाई स्वागत गर्दै तामाङ हरुको मौलिक परिकारहरु सहित सोल/ भोज,शुभकामना आदान-प्रदान, र सांस्कृतिक कार्यक्रमको साथमा भब्य रुपमा मनाउने भएको हो ।
“तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको ऎति...
२६ कार्तिक २०८०, आईतवार १२:१६२६ कार्तिक २०८०, आईतवार १२:१६२६ कार्तिक २०८०, आईतवार १२:१६ by विशाल श्रेष्ठNo Comments
कृष्ण क्षेत्रीले चुमे बीस लाख कोरियन वोन सहितको "Billiards Snooker Tournament" को उपाधी
बोम्जन गुरुङ /बिशाल आवाज:कोरिया स्थित तमू धींले आयोजना गरेको "Billiards Snooker Tournament" को उपाधी कृष्ण क्षेत्रीले चुमेका छन् । उक्त टुर्नामेन्टको अन्तिम प्रतिद्वन्द्धी होम विष्टलाई फाईनलमा सिधा दुई सेटको स्थितिमा विष्टलाई पाखा लगाएका क्षेत्रीले उक्त उपाधी हात पार्दै नगद बिस लाख कोरियन वोन सहित आकर्षक ट्रफी प्राप्त गरेका हुन् ।
सो टुर्नामेन्टमा दोश्रो स्थान हासिल गर्न होम विष्टले दश लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे भने सर्वाधिक स्कोर (लगातार ३६ अङ्क) गर्दै प्रथम स्थान हासिल गरेका कृष्ण क्षेत्रीले नै दुई लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । संस्थाका खेलकूद संयोजक ब्रो तमू (कृष्ण) को संयोजकत्वमा सञ्चालित उक्त प्रतियोगितामा जम्मा ६४ जनाले...
२६ कार्तिक २०८०, आईतवार १०:५५२६ कार्तिक २०८०, आईतवार १०:५५२६ कार्तिक २०८०, आईतवार १०:५५ by विशाल श्रेष्ठNo Comments
कास्की परिवारको देउसी भैलो कार्यक्रम सम्पन्न
कास्की परिवार दक्षिण कोरियाले नेपाली कला संस्कृति रीतरिवाज तथा मनोरञ्जन गर्ने उद्देश्यका साथ आयोजना गरेको देउसी भैलो तथा विविध साँस्कृतिक कार्यक्रम भव्यताका साथ सु-संपन्न गरेको छ ।
उक्त कार्यक्रम दोङदेमुन् स्थित छाहरि रेस्टुरेन्टमा संस्थाका अध्यक्ष श्री सन्तोष पौडेल ज्यूको अध्यक्षता औपचारिक कार्यक्रमको रूपमा सुरु गरिएको थियो भने प्रमुख अतिथिको रुपमा संस्थाका संरक्षक सदस्य तथा गण्डकी प्रदेश समाज दक्षिण कोरियाका संस्थापक अध्यक्ष श्री प्रविण गिरी ज्यू हुनुहु्थ्यो। त्यसैगरी विशेष अतिथिको रूपमा यसै संस्थाका संरक्षक प्रमुख श्री खोम प्रसाद गुरुङ ज्यू, nrna दक्षिण कोरियाका अध्यक्ष एंवम यसै संस्थाका संरक्षक सदस्य श्री बुद्धि गुरुङ ज्यू, Ncc का अध्यक्ष श्री हरि खनाल ज्यू,कास्की परिवार दक्षिण कोरियाकी प्रथम महिला अध्यक्ष एंवम वरिष्ठ सल्लाहकार श्र...
२४ कार्तिक २०८०, शुक्रबार १३:२२२४ कार्तिक २०८०, शुक्रबार १३:२२२४ कार्तिक २०८०, शुक्रबार १३:२२ by विशाल श्रेष्ठNo Comments
तरकारीको बाकस ठानेर झुक्किंदा रोबोटले गर्यो कोरियामा एक जनाको हत्या
दक्षिण कोरियामा रोबोटले एक जना व्यक्तिको हत्या गरेको छ । खाने कुराका बाकस सम्बन्धी काम गर्ने रोबोटले ती व्यक्तिलाई छुट्याउन नसकेर हिर्काउँदा मृत्यु हुन पुगेको रिपोर्टमा उल्लेख छ ।
एक रोबोटिक कम्पनीका ४० वर्षीय कर्मचारीले रोबोट परीक्षण गर्ने क्रममा उक्त घटना घट्न पुगेको हो । रोबोटिक अङ्गले झुक्किएर ती व्यक्तिलाई तरकारीका बाकस ठानेपछि समातेर कन्भेयर बेल्टमाथि धकेलेको र उनको अनुहार र छाती ठोक्किन पुगेको दक्षिण कोरियाली समाचार संस्था योन्ह्यापले जनाएको छ ।
घटना लगत्तै अस्पताल लगिए पनि केही बेरपछि उनको मृत्यु भएको थियो । योन्ह्यापका अनुसार उक्त रोबोट खुर्सानीका बाकसहरूलाई उठाउने र प्यालेटमाथि राख्ने काममा लगाइएको थियो ।
ती व्यक्ति ८ नोभेम्बरका दिन कोरियाको ग्योङ्गसाङ्ग प्रान्त स्थित खुर्सानी केलाउने प्लान्टमा रोबोट...
२४ कार्तिक २०८०, शुक्रबार १२:४९२४ कार्तिक २०८०, शुक्रबार १२:४९२४ कार्तिक २०८०, शुक्रबार १२:४९ by विशाल श्रेष्ठNo Comments
अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको “बिल्लियर्डस स्नुकर प्रतियोगिता”को अन्तिम तयारी पुरा
विशाल आवाज:"शारीरिक र मानसिक स्वास्थ्यको लागि खेलकुद" मुल नारा लिएर कोरिया स्थित तमू धीं को आयोजनामा नोभेम्बर ११ र १२ तारिक सउल दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको हलमा हुन गइरहेको “Billiards Snooker Tournament” को अन्तिम तयारी पुरा भएको छ।
नेपाली समुदायविच भएको सउल कोरियाकै अहिलेसम्मको ठूलो पुरस्कार राशी भएको प्रतियोगिता पछिल्लो समय युवा पुस्ताको स्नूकर खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संस्थाकी अध्यक्ष रुपा गुरुङले बताईन् । प्रतियोगितामा पहिलो र दोश्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १० लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने सर्वाधिक स्कोर गर्ने एक खेलाडीलाई २ लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण प...