कृष्ण क्षेत्रीले चुमे बीस लाख कोरियन वोन सहितको “Billiards Snooker Tournament” को उपाधी

बोम्जन गुरुङ /बिशाल आवाज:कोरिया स्थित तमू धींले आयोजना गरेको “Billiards Snooker Tournament” को उपाधी कृष्ण क्षेत्रीले चुमेका छन् । उक्त टुर्नामेन्टको अन्तिम प्रतिद्वन्द्धी होम विष्टलाई फाईनलमा सिधा दुई सेटको स्थितिमा विष्टलाई पाखा लगाएका क्षेत्रीले उक्त उपाधी हात पार्दै नगद बिस लाख कोरियन वोन सहित आकर्षक ट्रफी प्राप्त गरेका हुन् ।
सो टुर्नामेन्टमा दोश्रो स्थान हासिल गर्न होम विष्टले दश लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे भने सर्वाधिक स्कोर (लगातार ३६ अङ्क) गर्दै प्रथम स्थान हासिल गरेका कृष्ण क्षेत्रीले नै दुई लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । संस्थाका खेलकूद संयोजक ब्रो तमू (कृष्ण) को संयोजकत्वमा सञ्चालित उक्त प्रतियोगितामा जम्मा ६४ जनाले भाग लिएका थिए । नोभेम्बर ११ र १२ तारिक सउल दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको हलमा सम्पन्न भएको उक्त प्रतियोगिता शारीरिक र मानसिक स्वास्थ्यका लागी खेलकूद भन्ने कार्यक्रमको मूल नारासँगै प्रतियोगिता सञ्चालन भएको थियो ।
मैत्रीपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न सो प्रतियोगिताले खेलाडी र दर्शकहरुमा मनोरञ्जन मात्र नभएर एक आपसमा बन्धुत्व र आपसी सम्बन्ध कसिलो बनाएको संस्थाकी केन्द्रीय अध्यक्ष रुपा गुरुङले बताइन् ।
कोरियामा नेपाली समुदायविचको अहिले सम्मकै ठूलो पुरस्कार राशी रहेको र शुभेच्छुकहरुको सहयोग रहेको सो “Billiards Snooker Tournament” सफल बनाउन आर्थिक, भौतिक, नैतिक सहयोग गर्ने सम्पूर्ण संघसंस्था, शुभचिन्तक र उपस्थित खेलाडी तथा दर्शकहरुमा आयोजक तमू धीं दक्षिण कोरियाले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ ।









