ऋणको साँवा-ब्याज जति बढ्यो, त्यति नै उग्र बन्दै दुर्गा प्रसाईं
ऋणको साँवा-ब्याज जति बढ्यो, त्यति नै उग्र बन्दै दुर्गा प्रसाईं
सत्र वर्षअघि नेपाल बंगलादेश बैंक डुब्न लागेको भन्ने गलत खबर सार्वजनिक हुँदा बैंकको बिजुलीबजारमा रहेको शाखा कार्यालयदेखि माइतीघरसम्मै निक्षेप झिक्नेको लाम लागेको थियो। एकै दिन बैंकका विभिन्न शाखाबाट लगभग दस अर्ब रूपैयाँ निक्षेप झिकिएको थियो।
सो समय राष्ट्र बैंककै टोलीले व्यवस्थापन सम्हालेर बैंकको उद्धार गनुपर्ने अवस्था आएको थियो। यसले बैंकको उद्धार मात्र भएन, निक्षेपकर्ताको निक्षेपको सुरक्षा समेत भयो।
एउटा सानो खबरले पनि बैंकिङ क्षेत्रलाई कत्रो धक्का लाग्छ र यो कति संवेदनशील क्षेत्र हो भनेर बुझ्न नेपालकै यो घटनाले सहयोग पुग्छ।
बैंक भनेको मूलतः आममानिसको पैसा हो। उनीहरूले राखेको पैसा नै बैंकहरूले लगानी गर्ने हो र त्यसैबाट कमाएको ब्याजबाट बचतकर्तालाई पैसा तिर्ने हो। बैंकहरू असुरक्षित छन् भन्ने लागेको दिन बचतकर्ताले...









