पाँच स दक्षिण कोरियाद्धारा संयुक्त बिजयादशमी महोत्सवको आयव्यय सार्वजनिक बचत ४१ लाख वन
पाँच स दक्षिण कोरियाद्धारा संयुक्त बिजयादशमी महोत्सवको आयव्यय सार्वजनिक
कमला केसी/दक्षिण कोरिया:दक्षिण कोरियामा सक्रिय पाँच-स ले बिजयादशमी महोत्सव २०८० को आयव्यय सार्वजनिक गरेको छ ।
आइतवार अर्थात डिसेम्वर ३ तारिखमा जुम मार्फत सार्वजनिक गरिएको आयब्ययमा उक्त कार्यक्रमवाट ४१ लाख, २१ हजार ४२ वन बचत गर्न सफल भएको उल्लेख गरिएको छ । कार्यक्रममा कुल १ करोड ६ लाख ९ हजार ६ सय २२ वन आम्दानी भएकोमा ६४ लाख ८८ हजार ५ सय ८० वन खर्च भएको आर्थिक संयोजक महेन्द्र सापकोटाले जानकारी दिनुभयो ।
बचत रकम मन्दीर संचालनमा खर्च गरिने उहाँको भनाई रहेको छ । गतबर्ष गरिएको दशैं कार्यक्रममा करिब ७ लाख वन घाटा भएपनि यसपालि भने ४१ लाख २१ हजार बचत गर्न सफल भएको उहाँले बताउनुभयो ।
पुर्विय सनातन धर्म, कला, संस्कार एवम् संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले ’ पाँच स स्थापना भएको सनातन, साहित्य, समुह पाँच सल...









