
विशाल आवाज: महिला सेल्टर “नाना आङा धिम” सहयोगार्थ अङ्ग्रेजी नयाँ बर्ष २०२४ को अवसरमा ख्यङ्बु गाइजले यहि डिसेम्बर ३१ तारिख बेलुकी ८ बजे देखि बिहान ४ बजे सम्म किम्हेमा नाइट डान्स पार्टी गर्ने भएको छ।
नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाले बिगत पाच वर्षदेखि बुसान किम्हेमा संचालन गर्दै आइरहेको महिला सेल्टर ” नाना आङा धिम ” सहयोगार्थ 김해시 거야로 202(태평포시즌 101 호) मा नाइट डान्स पार्टी गर्ने भएको हो। डिजे सुशान्त र डिजे SBD को प्रस्तुति रहने डान्स पार्टीमा प्रवेश गर्न टिकट शुल्क बिस हजार वन तिरे पछि एउटा वेलकम ड्रिङ्क्स सित्तैमा पाउने आयोजकले जनाएको छ।
अङ्ग्रेजी नयाँ बर्ष धुमधाम मनोरञ्जनका साथ मनाउनुको साथै सामाजिक कार्यमा पनि एकबद्धता जनाउन सो क्षेत्रमा रहेका विभिन्न जातीय तथा क्षेत्रीय संघ संस्था, समाजसेवी लगायत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा गरिमामय उपस्थित हुन आयोजकले हार्दिक अनुरोध गरेको छ।









