Advertisement
Advertisement

Breaking News

कोरियामा बेबी क्यारिअर भन्दा घरपालुवा जनावरका क्यारिअर धेरै बिक्री

कोरियामा बेबी क्यारिअर भन्दा घरपालुवा जनावरका क्यारिअर धेरै बिक्री

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी
  कोरियामा बेबी क्यारिअर भन्दा घरपालुवा जनावरका क्यारिअर धेरै बिक्री दक्षिण कोरियाको घट्दो जन्मदरको उदाहरण प्रस्तुत गर्ने अर्को एउटा तथ्याङ्क सार्वजनिक भएको छ । कोरियाको अनलाइन मार्केट जि मार्केटले सार्वजनिक गरेको तथाङ्कअनुसार साना बच्चाहरुलाउ लिएर हिँडडडुल गर्ने बेबि क्यारियर अर्थात कोरियनमा युमोछा भनिने Stroller भन्दा घरपालुवा जनावरलाइ डुलाउने क्यारियरको बिक्री धेरै रहेको छ । तथ्याङ्कअनुसार यस बर्षभरीमा ५७ प्रतिशत घरपालुवा जनवारका क्यारिअर बिक्री हुँदा बच्चाहरुका क्यारिअर ४३ प्रतिशत मात्रै बिक्री भएका छन् । यसअघि २०२१ र २०२२ मा क्रमश ६७ र ६४ प्रतिशत रहेको बच्चाहरुको क्यारिअर बिक्रीको मात्रा यो बर्ष ह्वात्तै घटेको हो । पछिल्ले समय कोरियामा विवाह गर्ने प्रचलन पनि अत्यन्त न्यून हुँदै गैरहेको छ भने प्रजनन दर घटेर ०.७२ मा पुगेको छ । यस्लाइ कोरियाको विकासको वाधक बन्न सक्ने...
फेब्रुअरी १० मा सलनाल सुम्निमा डान्स पार्टी हुने

फेब्रुअरी १० मा सलनाल सुम्निमा डान्स पार्टी हुने

Breaking News
फेब्रुअरी १० मा सलनाल सुम्निमा डान्स पार्टी हुने विशाल आवाज: कोरियन नयाँ वर्ष सलनालको अवसरमा आपतकालीन राहत कोष स्थापनार्थ किरात राई यायोक्खा दक्षिण कोरियाद्वारा फेब्रुअरी १० तारिख राति सउलमा सलनाल सुम्निमा डान्स पार्टी हुने भएको छ। दक्षिण कोरियामा रहेका किरात राइ समुदायका नेपाली हरु मिलेर सन् २००१ मा स्थापित किरात राई यायोक्खा दक्षिण कोरियायाले यस अघि पनि विभिन्न सामाजिक कार्यका साथ साथै कार्यक्रम हरु पनि सफलताको साथमा सम्पन्न गरिसकेको छ।फेब्रुअरी १० तारिख बेलुकी ७ बजे देखि बिहान ५ बजे सम्म बजे सम्म हुने कार्यक्रम स्थान 서울뉴성북라이온스클럽 पुग्नको लागि , सउल मेट्रो लाइन नम्बर 4 को 성신여대 역 गेट नम्बर 1 मा झरेर पुग्न सकिनेछ ।   नेपालको डिजे स्टार DJ TSHERING र DJ NANI यनिकी सुस्मिता प्रधान को साथ मा स्थानिय कलाकारहरु को बेजोड प्रस्तुती रहने सलनाल सुम्निमा डान्स पार्टी सफल पार्नको लागि दक्षिण ...
डिसेम्बर ३० मा खिम्जे न्यू इयर इभेन्ट हुने

डिसेम्बर ३० मा खिम्जे न्यू इयर इभेन्ट हुने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, मनोरञ्जन, मनोरन्जन
डिसेम्बर ३० मा खिम्जे न्यू इयर इभेन्ट हुने विशाल आवाज:परदेशको पिडा र तनाब बाट मुक्त हुन मनोरञ्जन दिलाउने उद्देश्यका साथ खिम्जे नेपाली समाज द.कोरियाले यहि डिसेम्बर ३० तारिख खिम्जेमा चर्चित गायिका अनु चौधरी र स्थानिय कलाकारहरुको साथमा खिम्जे न्यू इयर इभेन्ट आयोजना गर्ने भएको छ।  दक्षिण कोरियाको खिम्जे क्षेत्रमा रहेक खिम्जे बासि नेपाली हरु मिलेर सन्२०२३ मा स्थापित समाजले यस अघि दशै कार्यक्रम र दिमाग खराब चलचित्र प्रदर्शन कार्यक्रम सफलताको साथमा सम्पन्न गरिसकेको छ। चर्चित नेपाली गायिका अनु चौधरी को साथमा स्थानिय कलाकारहरु बिनोद बान्टावा राइ , गोकुल पाण्डे,निशान लिम्बु,आकाश राइ,उमेश राइ,प्रेरित लिम्बु,रोनिङ्ग राइको बेजोड प्रस्तुति रहने न्यू इयर इभेन्टमा होममेड म:म: ,समोसा, चटपटे र पेय पदार्थहरु सोजु,बियर,कोक,फेन्टा,जुस आदि भारी छुटको साथमा पाइने आयोजकले जनाएको छ।  डिसेम्बर ३० तारिख...
“चोमोलोङ्मा सांगीतिक सौगात भाग – ४ ” आनसान भेला तथा प्रचारप्रसार सम्पन्न

“चोमोलोङ्मा सांगीतिक सौगात भाग – ४ ” आनसान भेला तथा प्रचारप्रसार सम्पन्न

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, भर्खरै, मनोरञ्जन
"चोमोलोङ्मा सांगीतिक सौगात भाग - ४ " आनसान भेला तथा प्रचारप्रसार सम्पन्न  डिसेम्बर  24 आइतबार ,  "चोमोलोङ्मा सांगीतिक सौगात भाग - ४ "कार्यक्रमलाई सफल बनाउन नेपालीहरूको  बाक्लो बसोबास रहेको आनसान क्षेत्रमा कार्यक्रम तयारी सम्बन्धमा विशेष छलफल, तथा भेटघाट लगायत प्रचारप्रसारको कार्यक्रम सम्पन्न भएको छ । संस्थाको सल्लाहकार कार्यसमिति, सोलुखुम्बुको विभिन्न सामाजिक व्यक्तित्वबारेको सहभागितामा (याक रेष्टुरेन्ट) मा आगामी कार्यक्रम तयारी सम्बन्धमा विशेष छलफल, तथा भेटघाट  पश्चात आनसान क्षेत्रमा रहेको नेपाली होटल, मोबाइल पसलहरूमा पोस्टर वितरण, कार्यक्रम बारे थप जानकारी दिइ कार्यक्रम समापन भएको थियो।  चोमोलोङ्मा सांगीतिक सौगात भाग - ४ कार्यक्रमको सफल बनाउन विषेश टिकेट खरिद गर्नेहरूलाई लक्कि-ड्र मार्फत आईफोन 15 ,ल्यापटप , आईप्याड, मोबाइल र क्यास उपहारहरू समेतको ब्यवस्था गरेको प्रवक्ता गेल्...
आजको राशिफल : २०८० पुस ०८ गते (आइतवार)

आजको राशिफल : २०८० पुस ०८ गते (आइतवार)

Breaking News, Breaking news 1, Breaking news 3, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश
  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आर्थिक कारोबार भने कमजोर रहनसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र धर्मकर्ममा मन जानेछ । अधुरो या नयाँ कार्यको थालनी पनि हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार भने सामान्य नै हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ । पारिवारिक जमघटको वात...
आजको राशिफल : २०८० पुस ०७ गते (शनिवार)

आजको राशिफल : २०८० पुस ०७ गते (शनिवार)

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, ट्रेन्डिङ, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)घरमा अतिथिको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहला । साथीभाइले पनि सहयोग जुटाउनेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)समय मध्यम रहेको छ । सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । माया प्रेममा अविश्वास बढ्नसक्छ भने आफन्तसँग पनि मनमुटाव होला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आजको यात्रा लाभदायक अनि सफल रहनेछ । विदेश अथवा दूरदराजमा रहेको बसोबास गर्ने व्यक्तिहरूसँग सम्बन्ध सुमधुर रहनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने ...
आजको राशिफल : २०८० पुस ०६ गते (शुक्रवार)

आजको राशिफल : २०८० पुस ०६ गते (शुक्रवार)

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, ट्रेन्डिङ, धर्म सस्कृति, धर्म/ज्योतिश
  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आकस्मिक धन लाभ हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । पारिवारिक सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आजको यात्रामा बिघ्नबाधा आइलाग्नेछ । आहार विहारमा विशेष सावधानी अपनाउनु होला नत्र स्वास्थ्यमा समस्या बढ्न सक्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । स्वास्थ्यका दृष्टिकोणले पनि आज राम्रै छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । रमाइलो यात्राको योग पनि रहेको छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । दाजुभाइ र दिदीबहिनीहरूबाट ...
कोरियामा महिलाले आफ्नै साथीलाई बनाइन् धर्मपुत्री

कोरियामा महिलाले आफ्नै साथीलाई बनाइन् धर्मपुत्री

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ
कोरियामा महिलाले आफ्नै साथीलाई बनाइन् धर्मपुत्री 𝐀𝐠𝐞𝐧𝐜𝐲। दक्षिण कोरियामा एक महिलाले आफ्नो मिल्ने साथीलाई धर्मपुत्री बनाएकी छिन् । आकस्मिक रुपमा अस्पताल भर्ना हुनु परेपछि हेरचाह गर्न कोही न कोही त चाहिने रहेछ भन्ने महसुस भएपछि महिलाले वयस्क साथीलाई कानुनी रुपमै  धर्मपुत्री बनाएकी  छिन् । यो खबर यतिबेला अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा हेडलाइन बनेर छाइरहेको छ । ४४ वर्षीय एउन सेओ–र्यान अविवाहित हुन् । घरपरिवारमा विवाहका कारण आमाको दयनीय अवस्था देखेर एउनले कहिले बिहे नगर्ने र बालबच्चा नजन्माउने कशम खाएकी थिइन् । बिहे नै नगरेपनि घर परिवार त चाहियो । बिरामी भएको बेलामा साथमा कोही न कोही हुनुपर्‍यो । सन् २०१६ मा ग्रामीण जेओल्लामा बसाइ सरेपछि एउनले लि एओ–रेईलाई भेटिन् । यी दुवै शहरी जनजीवनबाट टाढा रहन र प्रकृतिको नजिक बस्न भनेर जेओल्ला गएका थिए । केही वर्षभित्रै यी दुवै मिल्ने साथी ...
वायुसेवा निगमको आम्दानी तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि

वायुसेवा निगमको आम्दानी तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, मनोरञ्जन
वायुसेवा निगमको आम्दानी तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि नेपाल वायुसेवा निगमको आम्दानी पछिल्लो तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ। तीन वर्षमा आम्दानी १४४ प्रतिशतले बढेको निगमका प्रवक्ता रमेश पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन्। उनका अनुसार आ.व ०७७/७८ मा निगमले ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रुपैयाँ र आ.व ०७८/७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रुपैयाँ आम्दानी गरेको छ। आ.व ०७९/८० को प्रारम्भिक कुल आम्दानी २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ रहेको पौडेलले बताएका छन्। हाल निगमको अन्तर्राष्ट्रियतर्फ चारवटा र आन्तरिकतर्फ दुईवटा जहाज उडानमा रहेका छन्। हालको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढंगले बजारीकरण गरी अझै धेरै आम्दानी गर्न आवश्यक कार्ययोजना बनाउने काम भइरहेको निगमले जनाएको छ।...
एकै व्यक्तिद्वारा दुई अर्बको हुन्डी कारोबार

एकै व्यक्तिद्वारा दुई अर्बको हुन्डी कारोबार

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, भर्खरै, समाचार
हुन्डी, अनलाइन जुवा, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबारमा संलग्न भएको आरोपमा थप तीनजना पक्राउ परेका छन् । गत ६ मंसिरमा पक्राउ परेका काठमाडौं बागबजारका रूपेश श्रेष्ठमाथि अनुसन्धान गर्ने क्रममा थप तीनजना समातिएका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मीनबहादुर जिसी, आशिष अग्रवाल र कुमार परियारलाई पक्राउ गरेको हो । उनीहरूले श्रेष्ठसँग मिलेर अवैध कारोबार गर्दै आएको पुष्टि भएको प्रहरीले जनाएको छ । श्रेष्ठलाई ब्युरोले ९९ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । उनको घरबाट ८९ लाख ६९ हजार नेपाली रुपैयाँ र अमेरिकी डलर सात हजार २६ बरामद भएको थियो । उनले घरमा पैसा गन्ने मेसिनसमेत राख्दै आएका थिए । अनुसन्धानका क्रममा उनले दुई अर्बको त हुन्डी कारोबार गरेको पुष्टि भएको छ । धेरैजसो कारोबार अमेरिकामा भएको छ । उनको हुन्डी कारोबारको खाता नै प्रहरीले बरामद गरेको छ । उनले अर्बौँ रुपैयाँ क्रि...