डिसेम्बर ३० मा खिम्जे न्यू इयर इभेन्ट हुने
विशाल आवाज:परदेशको पिडा र तनाब बाट मुक्त हुन मनोरञ्जन दिलाउने उद्देश्यका साथ खिम्जे नेपाली समाज द.कोरियाले यहि डिसेम्बर ३० तारिख खिम्जेमा चर्चित गायिका अनु चौधरी र स्थानिय कलाकारहरुको साथमा खिम्जे न्यू इयर इभेन्ट आयोजना गर्ने भएको छ।
दक्षिण कोरियाको खिम्जे क्षेत्रमा रहेक खिम्जे बासि नेपाली हरु मिलेर सन्२०२३ मा स्थापित समाजले यस अघि दशै कार्यक्रम र दिमाग खराब चलचित्र प्रदर्शन कार्यक्रम सफलताको साथमा सम्पन्न गरिसकेको छ। चर्चित नेपाली गायिका अनु चौधरी को साथमा स्थानिय कलाकारहरु बिनोद बान्टावा राइ , गोकुल पाण्डे,निशान लिम्बु,आकाश राइ,उमेश राइ,प्रेरित लिम्बु,रोनिङ्ग राइको बेजोड प्रस्तुति रहने न्यू इयर इभेन्टमा होममेड म:म: ,समोसा, चटपटे र पेय पदार्थहरु सोजु,बियर,कोक,फेन्टा,जुस आदि भारी छुटको साथमा पाइने आयोजकले जनाएको छ।
डिसेम्बर ३० तारिख बेलुकी ७ बजे देखि राति १ बजे सम्म हुने कार्यक्रम स्थान 김제시 남북로163번지 라스베가스(구산 사거리) पुग्न 김제 버스 터미널 बाट हिडेर ७ मिनेट,김제역 बाट ट्याक्सीमा ५ मिनेट लाग्नेछ।खिम्जे न्यू इयर इभेन्ट सफल पार्नको लागि खिम्जे वरपर रहनु भएका सम्पूर्ण नेपाली दाजू भाई तथा दिदिवहिनिहरुलाई आयोजकले हार्दिक निमन्त्रणा गरेकोछ ।