फेब्रुअरी १० मा सलनाल सुम्निमा डान्स पार्टी हुने
विशाल आवाज: कोरियन नयाँ वर्ष सलनालको अवसरमा आपतकालीन राहत कोष स्थापनार्थ किरात राई यायोक्खा दक्षिण कोरियाद्वारा फेब्रुअरी १० तारिख राति सउलमा सलनाल सुम्निमा डान्स पार्टी हुने भएको छ।
दक्षिण कोरियामा रहेका किरात राइ समुदायका नेपाली हरु मिलेर सन् २००१ मा स्थापित किरात राई यायोक्खा दक्षिण कोरियायाले यस अघि पनि विभिन्न सामाजिक कार्यका साथ साथै कार्यक्रम हरु पनि सफलताको साथमा सम्पन्न गरिसकेको छ।फेब्रुअरी १० तारिख बेलुकी ७ बजे देखि बिहान ५ बजे सम्म बजे सम्म हुने कार्यक्रम स्थान 서울뉴성북라이온스클럽 पुग्नको लागि , सउल मेट्रो लाइन नम्बर 4 को 성신여대 역 गेट नम्बर 1 मा झरेर पुग्न सकिनेछ ।
नेपालको डिजे स्टार DJ TSHERING र DJ NANI यनिकी सुस्मिता प्रधान को साथ मा स्थानिय कलाकारहरु को बेजोड प्रस्तुती रहने सलनाल सुम्निमा डान्स पार्टी सफल पार्नको लागि दक्षिण कोरिया रहनु भएका सम्पूर्ण नेपाली दाजू भाई तथा दिदिवहिनिहरुलाई आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।









