तीन टिममाथि अन्याय भएको आरोप, दक्षिण कोरियामा भलिबल सङ्घका साधारण सदस्यले नै त्यागे सदस्यता🇰🇷🇰🇷🇳🇵🇳🇵 पाथिभरा भि.सी.सहित तीन टिममाथि अन्याय भएको भन्दै निष्पक्ष छानबिनको माग
तीन टिममाथि अन्याय भएको आरोप, दक्षिण कोरियामा भलिबल सङ्घका साधारण सदस्यले नै त्यागे सदस्यता🇰🇷🇰🇷🇳🇵🇳🇵
पाथिभरा भि.सी.सहित तीन टिममाथि अन्याय भएको भन्दै निष्पक्ष छानबिनको माग
दक्षिण कोरियामा नेपाली भलिबल प्रतियोगिताको सञ्चालन तथा निर्णय प्रक्रियाप्रति गम्भीर असहमति जनाउँदै नेपाल भलिबल सङ्घ, दक्षिण कोरियाका एक साधारण सदस्यले सङ्घको सदस्यतासमेत त्याग्ने घोषणा गरेका छन्।
सन् २०२६ अक्टोबर १९ मा सार्वजनिक गरिएको वक्तव्यमा उनले हालै आयोजित भलिबल प्रतियोगिताका क्रममा तीनवटा टिम प्रतियोगिताबाट बाहिरिनुपर्ने अवस्था सिर्जना भएको विषय उठाउँदै आयोजकको कार्यशैली र निर्णय प्रक्रियामाथि प्रश्न गरेका हुन्।
वक्तव्यअनुसार पाथिभरा भि.सी. (Team Pathibhara V.C.) लगायत अन्य दुई टिममाथि अन्याय भएको महसुस गरिएको छ। प्रतियोगितामा सबै टिमलाई समान व्यवहार गरिनुपर्ने, नियम समान रूपमा लागू हुनुपर्ने र निर्णय प्रक्रिया...









