शेयर बजार विज्ञ संजोग कोइराला कोरिया आउँदै, प्रमुख शहरहरूमा युवा उद्यमशीलता र सेयर बजार तालिम
दक्षिण कोरियामा कार्यरत नेपाली युवाका लागि एउटा महत्वपूर्ण अवसर आएको छ। उद्यमशील युवा मञ्च, दक्षिण कोरियाले आउँदो छुसक पर्व को अवसरमा “युवा उद्यमशीलता र सेयर बजार तालिम २०२५” आयोजना गर्ने भएको छ। कार्यक्रम Soaltee Telecom को प्रमुख प्रायोजनमा हुनेछ।
यस विशेष तालिमका गेस्ट लेक्चररका रूपमा शेयर बजार विज्ञ संजोग कोइराला कोरिया आउने भएका छन्। नेपालमा वित्तीय साक्षरता र पूँजी बजार विषयलाई युवामाझ लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएका कोइराला हाल नेपालका विभिन्न विश्वविद्यालय, व्यवसायिक प्रतिष्ठान र प्रशिक्षण संस्थानमा निरन्तर सिकाइ र सल्लाह दिइरहेका छन्। उनी सेयर बजारका विश्लेषण, लगानी रणनीति र वित्तीय योजना निर्माणमा परिचित नाम मानिन्छ।
तालिम हुने मिति र स्थानहरू
• सिओल : ६ अक्टोबर २०...
१२ आश्विन २०८२, आईतवार ०३:४२१२ आश्विन २०८२, आईतवार ०३:४२१२ आश्विन २०८२, आईतवार ०३:४२ by विशाल श्रेष्ठNo Comments
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा सञ्चालन भइरहेको “Harka Sampang A Revolution” अभियान अब कोरियामा पनि विस्तार हुने भएको छ। यही अक्टोबर ६, २०२५ मा दक्षिण कोरियाको राजधानी सिओलमा विशेष संगठन निर्माण कार्यक्रम हुने जानकारी प्राप्त भएको छ।
“चेतना र पसिना, औजार र विचारको क्रान्ति” भन्ने नारासहित अघि बढाइएको यस अभियानले प्रवासमा रहेका नेपालीहरूलाई समेत सहभागी गराउँदै आफ्नो संरचना बलियो बनाउने तयारी गरेको हो।
आयोजक समितिका अनुसार कार्यक्रम दिउँसो १२ बजे, पूर्वी नेपाल समाजको सभाहल, दोङ्देमुन गेट नं. ३ मा आयोजना हुनेछ। कार्यक्रममा सहभागी भएर ‘हर्कवाद’ लाई समर्थन गर्ने सबैलाई हार्दिक निमन्त्रणा गरिएको छ।
हर्क साम्पाङले सुरु गरेको अभियानले “विकासको आधार : प्रकृति, संस्कृति र प्रविधि” भन्ने मूल मन्त्रलाई अघि सारेको छ। यसै अवधारणालाई प्रवासी नेपाली समुदायमा पनि परिचित गराउने ...
११ आश्विन २०८२, शनिबार ०३:५४११ आश्विन २०८२, शनिबार ०३:५४११ आश्विन २०८२, शनिबार ०३:५४ by विशाल श्रेष्ठNo Comments
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५ औँ वार्षिकोत्सव “रजत जयन्ती”को अवसरमा विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।
संस्थाले चुम्लुङ शाखा, लिम्बू थरगत संस्था/सयङ तथा याक्थुङ लेखक र साहित्यकारहरूसँग संयुक्त रुपमा आयोजना गर्न लागेको यो कार्यक्रम आगामी अक्टोबर ४ (शनिबार) का दिन हुनेछ।
कार्यक्रम राजधानी सोलको दोङ्देमुनस्थित नेपाली–थाई सभाहलमा बेलुकी ७:०० बजे सुरु हुने जनाइएको छ।
यस अवसरमा विभिन्न साहित्यिक, सांस्कृतिक तथा संवादात्मक प्रस्तुतिहरू रहने बताइएको छ। संस्थाले समुदायका अग्रज, साहित्यकार तथा लेखकहरूसँगको अन्तरक्रियालाई रजत जयन्तीको मुख्य आकर्षण बनाएको छ।
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले सम्पूर्ण सदस्य, शुभेच्छुक तथा समुदायका सबैलाई कार्यक्रममा उपस्थित भई सहभागिता जनाइदिन हार्दिक आग्रह गरेको छ।...
१० आश्विन २०८२, शुक्रबार ११:४११० आश्विन २०८२, शुक्रबार ११:४११० आश्विन २०८२, शुक्रबार ११:४१ by विशाल श्रेष्ठNo Comments
कोरियाको बहुप्रतिष्ठित रेमिट्यान्स कम्पनी हानपास (Hanpass) ले यस वर्षको महान चाडपर्व दशैं, तिहार र छठलाई लक्षित गरी आकर्षक उपहार योजना सार्वजनिक गरेको छ।
“HANPASS को बहार, चाडपर्वमा उपहार नै उपहार !” भन्ने नारासहित सुरु भएको यो अभियान अन्तर्गत कोरियाबाट नेपाल पैसा पठाउने सबै ग्राहकले भाग्यशाली उपहार जित्ने अवसर पाउनेछन्।
कम्पनीले उपलब्ध गराउने उपहारहरूमा छन्:
• पहिलो पुरस्कार: iPhone 17 Pro Max
• दोस्रो पुरस्कार: वासिङ मेसिन
• तेस्रो पुरस्कार: स्मार्ट टिभी
• चौथो पुरस्कार: फ्रिज
• पाँच जना भाग्यशाली विजेताका लागि: स्मार्ट वाच
HANPASS ले यस अभियानको उद्देश्यबारे भन्दै भन्यो – “आफ्न्तलाई माया पनि, उपहार पनि। कोरियाको कमाई हानपासमार्फत नेपाल पठाएर दशैं–तिहार र छठ रमाइलो बनाऔं। किनकि हानपासबाट हात खालि नजाने उपहार योजना नै योजना छ।”
यो विशेष योजना सेप्टेम्बर २९ (फुलपातिको दिन)...
१० आश्विन २०८२, शुक्रबार ०८:५६१० आश्विन २०८२, शुक्रबार ०८:५६१० आश्विन २०८२, शुक्रबार ०८:५६ by विशाल श्रेष्ठNo Comments
सेवाग्राहीहरूबाट दूतावास खुला–बन्दबारे धेरै फोन कल र सन्देश प्राप्त भइरहेको भन्दै सिओलस्थित नेपाली दूतावासले २०८२ सालका लागि सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ। दूतावासले आपतकालीन अवस्थाबाहेक तल उल्लेखित दिनबाहेक अन्य दिनमा दूतावास नियमित रूपमा खुला रहने जानकारी गराएको छ।
सूचीअनुसार २०२५ अप्रिल १४ (बैशाख १ गते) का दिन नेपाली नयाँ वर्षका अवसरमा दूतावास बन्द हुनेछ। यसैगरी जुन ३ मा हुने दक्षिण कोरियाको राष्ट्रपतीय निर्वाचन, जुन ६ मा कोरियाको स्मृति दिवस, अगष्ट १५ मा राष्ट्रिय स्वतन्त्रता दिवसका अवसरमा पनि दूतावास बन्द रहनेछ।
नेपालको संविधान दिवस (सेप्टेम्बर १९), घटस्थापना (सेप्टेम्बर २२), दशैं बिदा (सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म), कोरियाको चुसोक (अक्टोबर ६ र ७), तिहार (अक्टोबर २१ देखि २३) का दिन पनि दूतावासले सेवा प्रदान गर्ने छैन। त्यसैगरी डिसेम्बर २५ मा क्रिसमस, २०२६...
१० आश्विन २०८२, शुक्रबार ०८:४५१० आश्विन २०८२, शुक्रबार ०८:४५१० आश्विन २०८२, शुक्रबार ०८:४५ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा नेपाली समुदायबीच लोकप्रिय बन्दै आएको मैत्रीपूर्ण भलिवल प्रतियोगिता “रेसुङ्गा कप” आगामी अक्टोबर ५ तारिख आइतबार हुने भएको छ। गुल्मी सम्पर्क समिति, दक्षिण कोरियाले नेपाल भलिवल संघ दक्षिण कोरियाको समन्वयमा आयोजना गर्न लागेको यस प्रतियोगिता ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, खेलले नै दिन्छ राष्ट्रलाई स्वाभिमान, राष्ट्रिय खेल भलिवल बचाउ हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सञ्चालन हुने भएको हो।
कार्यक्रम सुबिधासम्पन्न आजु युनिभर्सिटी (Ajou University) को भलिवल स्टेडियम, सुवोनमा बिहान ८ बजेदेखि सुरु हुनेछ। यस प्रतियोगितामा सहभागी हुने टिमहरुको दर्ता खुला गरिएको छ भने दर्ताको अन्तिम मिति सेप्टेम्बर २८ आइतबार दिउँसो ११ बजेसम्म तोकिएको छ। सोही दिन खेलको टाईसीट सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले २५ लाख ५५ ह...
८ आश्विन २०८२, बुधबार २१:०५८ आश्विन २०८२, बुधबार २१:०५८ आश्विन २०८२, बुधबार २१:०५ by विशाल श्रेष्ठNo Comments
जेजु, दक्षिण कोरिया – किरात याक्थुङ चुम्लुङ जेजुदो शाखाले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर दोस्रो KYC JEJU फुटसल कप २०२५ आयोजना गर्ने भएको छ। प्रतियोगिता यही सेप्टेम्बर २७ तारिख साँझ ६ बजेदेखि राति १ बजेसम्म जेजु सहरको 연삼로 ६२७ (거로풋살장) मा हुने बताइएको छ।
प्रतियोगितामा सहभागी हुने टिमहरूले सेप्टेम्बर २३ सम्म दर्ता गर्नुपर्नेछ। टिम दर्ता शुल्क २ लाख ५० हजार वोन तोकिएको आयोजक समितिले जनाएको छ। प्रत्येक टिममा ६ खेलाडी र अतिरिक्त ३ जना समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
खेललाई आकर्षक बनाउन उच्च रकमको पुरस्कार तोकिएको छ। प्रथम हुने टिमले १० लाख वोनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमलाई ५ लाख वोनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ५० हजार वोनसहित मेडल प्राप्त गर्नेछन्।
...
८ आश्विन २०८२, बुधबार २०:१८८ आश्विन २०८२, बुधबार २०:१८८ आश्विन २०८२, बुधबार २०:१८ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा रहेका नेपालीहरूको साझा संस्था कर्णाली प्रदेश समाज दक्षिण कोरिया र यस प्रदेश अन्तर्गतका सुर्खेत, दैलेख, सल्यान, कालिकोट र जाजरकोट समाज दक्षिण कोरियाले संयुक्त रूपमा विशेष दसैं कार्यक्रम आयोजना गर्ने भएका छन्।
नेपालीहरूको महान पर्व बडादशैं २०८२ को पावन अवसरमा आयोजना गरिने यो कार्यक्रममार्फत कोरियामा रहेका नेपालीबीच भाइचाराको अभिवृद्धि, एकताको सन्देश र नेपाली कला, संस्कृति तथा परम्पराको संरक्षण, संवर्द्धन गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रम विवरण:
📅 मिति : अक्टोबर ४, २०२५ (शनिबार)
🕕 समय : बेलुकी ६ बजे
📍 स्थान : 경기도 평택시 평택1로 12번길 10, 2층 (Metro Line 1, 평택역 Gate No. 1 Exit)
कार्यक्रममा दक्षिण कोरियामा रहेका उद्यमी, व्यवसायी, समाजसेवी, बुद्धिजीवी, श्रमिक, विद्यार्थी, पत्रकार, राजनीतिज्ञ तथा विभिन्न संघसंस्थामा आबद्ध प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।...
८ आश्विन २०८२, बुधबार २०:११८ आश्विन २०८२, बुधबार २०:११८ आश्विन २०८२, बुधबार २०:११ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा रहेका नेपालीहरूबीच आपसी सहयोग, एकता र संस्कृतिको संरक्षणमा सक्रिय उदयपुर सेवा समाज दक्षिण कोरियाले यस वर्षको छुसक पर्वलाई विशेष बनाउन “साईला साईली डान्स पार्टी–भाग २” आयोजना गर्ने भएको छ।
आपतकालीन राहत कोष स्थापना गर्ने उद्देश्यसहित हुने यो कार्यक्रम आगामी अक्टोबर ६ तारिख (सोमबार) का दिन सोलस्थित 서울시 동대문구 천호대로 69길 12, 콜라텍मा साँझ ६ बजेबाट सुरु भई भोलिपल्ट बिहान ५ बजेसम्म निरन्तर चल्नेछ।
कार्यक्रमलाई आकर्षक बनाउन चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ जसमा डीजे RUM ACE, र्यापर AKA MYDEV, र्यापर तथा नृत्याङ्गना दिव्या खड्का, मिस पिगलेट र डान्सर दीप मगरले प्रस्तुत गर्ने भएका छन्। छुसकको रमाइलो अवसरलाई अझ उल्लासमय बनाउन आयोजकले तयारी पूरा गरिसकेको जनाइएको छ।
नेपाली समुदायबीचको भेटघाट र मनोरञ्जनसँगै समाजसेवाको लागि सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम प्र...
८ आश्विन २०८२, बुधबार ०६:५८८ आश्विन २०८२, बुधबार ०६:५८८ आश्विन २०८२, बुधबार ०६:५८ by एलिनाNo Comments
नेपालीहरुको महान् चाड विजयादशमी र शुभ दीपावली को अवसरमा हान्वा ओसान नेपाली एकता समाज, गजेदोद्वारा आगामी २०२५ अक्टोबर ५, आइतवार विशेष कार्यक्रम आयोजना हुने भएको छ।
“हाम्रो चाहना प्रवासी एकता र आपसी सदस्यताको कामना” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रममा दशैँको रौनक झल्कने विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम रहनेछन्।
कार्यक्रमका प्रमुख आकर्षणहरू :
• टिका जमरा तथा आशीर्वाद ग्रहण
• विभिन्न स्वादिष्ट नेपाली परिकारहरूको सामूहिक पँक्तिपर्यन्त
• सगरमाथा नौमति पञ्चे बाजाको लाइभ प्रस्तुति
• The Wings Music Hanwha Ocean समूहको विशेष लाइभ प्रस्तुति
• स्थानिय स्तरका विविध प्रतिभा प्रस्तुतिहरू
• रमाइला मनोरञ्जनात्मक खेलकुद प्रतियोगिताहरू
• पञ्चे बाजासहितको उत्कृष्ठ नृत्य तथा २ जनाको खेलमा विजेतालाई पुरस्कार
कार्यक्रम बिहान १० बजे बाट सुरु हु...