Advertisement
Advertisement

Breaking News

सिन्धुलीमा ३२ वर्षीया सुशीलाको पेट्रोल छर्केर हत्या, श्रीमान् कोरियामा— सासू र नन्द पक्राउ

सिन्धुलीमा ३२ वर्षीया सुशीलाको पेट्रोल छर्केर हत्या, श्रीमान् कोरियामा— सासू र नन्द पक्राउ

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
कमलामाई नगरपालिका-४ धुराफाँटमा गत आइबार दिउँसो घरमै जलेर मृत्यु भएकी ३२ वर्षीया सुशीला घिसिङ बम्जनको हत्या भएको रहस्य खुलेको छ। आइतबार दिउँसो करिब साढे ४ बजे साँढे दुई तला घरको बीचको तलाको भान्सा कोठामा बम्जनलाई उनकै सासु ५९ वर्षकी मायारानी बम्जन र नन्द ३५ वर्ष की मीना लामा (बम्जन)ले सुशीलाको शरीरमा पेट्रोल छर्केर आगो लगाई हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरीले सासु मायारानी बम्जन र नन्द मीना लामालाई आइतबार नै नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा नन्द मीना लामाले मृतक सुशीला बम्जनलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको भनी स्वीकार गरेको प्रहरी प्रमुख सुवेदीले बताए। सुशीलाको घटनास्थलमै मृत्यु भएको थियो। घटनाअनुसार आइतबार सुशीला जलेको भान्सा कोठामा पेट्रोलसहितको दुईवटा बो...
ईपीएसअन्तर्गत सन् २०२६ मा कोरिया जाने कामदारको संख्या घट्यो, पानीजहाज क्षेत्रको छुट्टै कोटा नहुने

ईपीएसअन्तर्गत सन् २०२६ मा कोरिया जाने कामदारको संख्या घट्यो, पानीजहाज क्षेत्रको छुट्टै कोटा नहुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  दक्षिण कोरियाले सन् २०२६ मा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत विदेशी कामदार भित्र्याउने कोटा तोकेको छ। नयाँ निर्णयअनुसार सन् २०२६ मा कुल ८० हजार कामदारलाई मात्र कोरियामा रोजगारीका लागि प्रवेश अनुमति दिइनेछ, जुन सन् २०२५ को तुलनामा ३८.४६ प्रतिशतले कम हो। सरकारी तथ्यांकअनुसार सन् २०२५ का लागि १ लाख ३० हजार कोटा निर्धारण गरिएको भए पनि गत नोभेम्बरको अन्त्यसम्म ४८ हजार ६६८ जनालाई मात्र रोजगार अनुमति पत्र जारी गरिएको छ। यो संख्या कुल कोटाको ३७.४३ प्रतिशत मात्र हो। सन् २०२६ का लागि निर्धारण गरिएको कोटाअनुसार उत्पादनमूलक क्षेत्रमा ५० हजार, कृषि तथा पशुपालन क्षेत्रमा १० हजार, निर्माण क्षेत्रमा २ हजार, माछा मार्ने उद्योगमा ७ हजार, सेवा क्षेत्रमा १ हजार तथा लचिलो कोटाअन्तर्गत १० हजार कामदार भित्र्याइनेछ। यसैबीच, सन् २०२३ देखि २०२५ सम्म अस्थायी रूपमा सञ्चालनमा रहेको पानीजहाज नि...
राष्ट्रिय लोक तथा ढोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखाको चौथो कार्यसमितिको पूर्ण बैठक सम्पन्न, संरक्षक देखि विभागीय संयोजक चयन

राष्ट्रिय लोक तथा ढोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखाको चौथो कार्यसमितिको पूर्ण बैठक सम्पन्न, संरक्षक देखि विभागीय संयोजक चयन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल शाखा दक्षिण कोरियाको चौथो कार्यसमितिले आफ्नो पहिलो पुर्ण बैठक सम्पन्न गरेको छ। उक्त बैठकले आफ्नो कार्यसमितिको पद पुर्तिमा संरक्षक , सल्लाहकार , अन्य विभागीय संयोजक साथै मनोनीत सदस्य चयनको सथै विभिन्न निर्णयहरु पारित गरेको छ । जसमा संरक्षक मा जितन भाइ श्रीस , सुरज केसि र निवर्तमान अध्यक्ष खिम छन्त्याल लाई चयन गरिएको छ । त्यस्तै प्रमुख सल्लाहकार बिजय गुरुङ सहित १६ सदस्यको सल्लाहकार पनि चयन गरिएको छ। जसमा दिलिप गुरुङ ,शान्ती गुरुङ, रेबिका लामिछाने, बिदुर शर्मा,कमल बिरही थापा, मिता गुरुङ ,विष्णु पाण्डे , मेघनाथ पौडेल, कोपिला गुरुङ,हर्क बिष्ट ,नारायण पौडेल, अप्त पुन मगर, मिना थापा मगर, तुल बहादुर घर्ती मगर , रेगन तामाङ र लक्ष्मण बोगटी रहेका छन। संस्थाको प्रबक्ता मा बिकाश नेपालीलाई चयन गरिएको छ भने कार्यक्रम संयोक अमृत चापागाईंलाई चयन गरिएको छ।...
रगत बगाएर होइन, रगत दिएर इतिहास लेख्ने नेपाली: केदार अधिकारीको कोरियामा १००औँ रक्तदान 

रगत बगाएर होइन, रगत दिएर इतिहास लेख्ने नेपाली: केदार अधिकारीको कोरियामा १००औँ रक्तदान 

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
मानवता कुनै भाषामा सीमित हुँदैन, कुनै देशमा रोकिन्न। त्यही मानवताको एउटा जीवित उदाहरण हुन् -केदार अधिकारी। दक्षिण कोरियाको व्यस्त जीवन, कामको चाप र आफ्नै संघर्षबीच पनि मानवता नछोड्ने नछोड्ने एउटा नाम हो केदार अधिकारी। मकवानपुर हेटौँडामा जन्मिएर हाल काठमाडौँ हुँदै सन् २०१० देखि ख्यङ्नामनाम्दो छाङ्वन दक्षिण कोरियालाई कर्मथलो बनाएका अधिकारीले आज कोरियामा १००औँ पटक रक्तदान गर्दै एउटा प्रेरणादायी इतिहास रचेका छन्। पहिलो पटक कोरियामा २०१३ नोभेम्बर २० मा सुरु भएको उहाँको रक्तदान यात्रा आज केवल संख्या होइन, सयौँ जीवन बचाउने साहस र समर्पणको कथा बनेको छ। नेपालमा १७ पटक र कोरियामा १०० पटक गरी हालसम्म कुल ११७ पटक रक्तदान यो कुनै सामान्य उपलब्धि होइन, यो निस्वार्थ सेवाको उच्चतम उदाहरण हो। यो केवल अंक होइन, सयौँ जीवन बचाउने साहस, धैर्य र समर्पणको कहानी हो। कामको व्यस्तता, पारिवारिक जिम्मेवारी ...
एक लाख सदस्यको शक्ति: ‘Facebook Monetize सहकार्य’ ग्रुपले खोल्दै डिजिटल कमाइको बाटो

एक लाख सदस्यको शक्ति: ‘Facebook Monetize सहकार्य’ ग्रुपले खोल्दै डिजिटल कमाइको बाटो

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
नेपालमा फेसबुकले कन्टेन्ट मोनिटाइजेसन सुविधा उपलब्ध गराएसँगै सामाजिक सञ्जालमार्फत आम्दानी गर्ने प्रयोगकर्ताको संख्या तीव्र रूपमा बढ्दै गएको छ। यससँगै, लाइक, फलोअर र इङ्गेजमेन्ट बढाउने उद्देश्यले प्रयोगकर्ताबिच सहकार्यको अभ्यास पनि विस्तार हुँदै गएको छ। विशेष गरी फेसबुकमा निर्माण गरिएका विभिन्न ग्रुपहरूले कन्टेन्ट सिर्जनाकर्तालाई एक–अर्कासँग जोड्दै सहयोगात्मक वातावरण सिर्जना गरिरहेका छन्। यसै क्रममा, ‘Facebook Monetize सहकार्य’ नामक फेसबुक ग्रुप नेपालमा फेसबुक मोनिटाइजेसन क्षेत्रमा काम गर्ने सबैभन्दा ठूलो र अत्यन्त सक्रिय समूहका रूपमा स्थापित भएको छ। हाल यस ग्रुपमा एक लाख १० हजारभन्दा बढी सक्रिय सदस्य रहेका छन्। ग्रुपमार्फत धेरै सदस्यहरूले फेसबुक मोनिटाइजेसनसम्बन्धी जानकारी, अनुभव र सहयोग आदान–प्रदान गरिरहेका छन्। केही सदस्यहरूले यही ग्रुपको सहयोगबाट सफलतापूर्वक मोनिटाइजेसन हासिल गरेको द...
ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको ५औँ अधिवेशन जनवरी ११ मा गर्दै 

ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको ५औँ अधिवेशन जनवरी ११ मा गर्दै 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
ताप्लेजुङ सम्पर्क समिति, दक्षिण कोरियाले आगामी २०२६ जनवरी ११ (आइतबार) का दिन आफ्नो ५औँ अधिवेशन आयोजना गर्ने भएको छ। सउलस्थित दोङदेमुन (동대문) मा रहेको नेपाली थाइ रेस्टुरेन्टको सभाहलमा हुने अधिवेशनमा वार्षिक समीक्षा, समाजले सञ्चालन गर्दै आएका सामाजिक गतिविधिहरूको मूल्याङ्कन तथा आगामी कार्ययोजनाबारे व्यापक छलफल गरिने समितिले जनाएको छ। समितिका अनुसार अधिवेशन संस्थाको सुदृढीकरण, आपसी एकता मजबुत बनाउने तथा समुदायको सक्रिय सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो। समाजले दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण ताप्लेजुङबासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई अधिवेशनमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक आग्रह गरेको छ। ताप्लेजुङ सम्पर्क समिति, दक्षिण कोरियाको स्थापना करिब २०१५ तिर ताप्लेजुङका ८–१० जना अग्रज दाजुभाइ तथा दिदीबहिनीहरूको पहलमा भएको थियो। सुरुमा प्रदेश तथा कोरियामा रहेक...
जनवरी ४ मा तमू (गुरुङ) समुदायको महान चाड तमू ल्होसारको उपलक्ष्यमा तमू ल्होसार कार्यक्रम २०२६, सउलमा भव्य रूपमा मनाइने

जनवरी ४ मा तमू (गुरुङ) समुदायको महान चाड तमू ल्होसारको उपलक्ष्यमा तमू ल्होसार कार्यक्रम २०२६, सउलमा भव्य रूपमा मनाइने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
कोरियामा बसोबास गर्दै आएका तमू समुदायको साझा संस्था तमू धीं दक्षिण कोरिया ले तमूहरूको महान चाड तथा नेपाली राष्ट्रिय पर्व तमू ल्होसार २०२६ जनवरी ४ तारिक सौलमा भव्य रूपमा मनाउने भएको छ। सन् १९९९ मा स्थापना भएको संस्थाले कोरियामा रहेका तमू समुदायलाई आइपर्ने विविध समस्या समाधान, तमू भाषा, लिपी, भेष–भूषा, धर्म–संस्कार र संस्कृतिको संरक्षण तथा आपसी एकता र सद्भाव अभिवृद्धि गर्दै आएको छ। यस वर्षको ल्होसार कार्यक्रममा सप्री ल्हो (सर्प वर्ग) को विदाई र त ल्हो (घोडा वर्ग) को स्वागत गर्दै तमू समुदायको मौलिक परिकारसहित स्योंकै (दिवा भोज), रिपा लगाएर स्याई–स्याई, शुभकामना आदान–प्रदान तथा स्थानीय कलाकारहरूको सहभागितामा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ। केन्द्रमा आयोजना हुने यस कार्यक्रमलाई अझ भव्य र सांस्कृतिक रूपमा सम्पन्न बनाइने तयारी गरिएको छ। “तमू (सप्री) ल्होसार २०२६”...
ख्यङसाङनाम्दो तथा किम्हे बुसान बासी लाई पासपोर्ट नवीकरणका लागि सउल धाउन नपर्ने, बुसानको  सासाङमा जनवरि ४ मा घुम्ती शिविर हुँदै

ख्यङसाङनाम्दो तथा किम्हे बुसान बासी लाई पासपोर्ट नवीकरणका लागि सउल धाउन नपर्ने, बुसानको सासाङमा जनवरि ४ मा घुम्ती शिविर हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिणि भेग अर्थात ख्यङसाङनाम्दो, किम्हे बुसान बासी लाई पासपोर्ट नवीकरणका लागि सउल धाउन नपर्ने, किम्हेमै जनवरि ४ मा घुम्ती शिविर हुँदै दक्षिण कोरियाको ख्यङसाङ किम्हेबुसान आसपास काम र बसाइका कारण सियोलस्थित नेपाली दूतावास पुग्न नसक्ने नेपालीका लागि खुसीको खबर छ। आगामी २०२६ जनवरि ४ तारिक आइतबार सासाङमा राहदानी नवीकरण घुम्ती शिविर सञ्चालन हुने भएको छ। नेपाली राजदूतावास सियोलको आयोजना तथा स्याङजा समाज दक्षिण कोरिया किम्हे बुसान शाखाको पहलमा सासाङमा राहदानी नवीकरण घुम्ती सेवा संगै श्रमिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम पनि हुने भएको छ । दक्षिण कोरियामा रहेका नेपालीहरूको समस्यालाई ध्यानमा राख्दै यसपटक भने ख्यङसाङ बुसान–किम्हे आसपासमा बस्ने नेपालीलाई नेपाली राजदूतावासले आफ्नै क्षेत्रमा सहज सेवा उपलब्ध गराउने भएको हो। नवीकरण शुल्क २ लाख १० हजार वोन, हराएको वा च्यातिएको अवस्थामा ४ लाख २० ...
नुवाकोट समाज दक्षिण कोरियाद्वारा समाजसेवी माया लामा शेर्पा सम्मानित

नुवाकोट समाज दक्षिण कोरियाद्वारा समाजसेवी माया लामा शेर्पा सम्मानित

Breaking News, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा क्रियाशील नुवाकोट समाज दक्षिण कोरियाले समाजसेवी तथा काउन्सेलर माया लामा शेर्पालाई कदर पत्रसहित सम्मान गरेको छ। कोरियामा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो अमूल्य समय, श्रम र सीप प्रयोग गरी निरन्तर सहयोग, परामर्श, मार्गदर्शन तथा प्रेरणा प्रदान गर्दै आउनु भएको योगदानको उच्च कदर गर्दै समाजले उहाँलाई सम्मान गरेको हो। सम्मान कार्यक्रममा बोल्दै नुवाकोट समाज दक्षिण कोरियाका प्रतिनिधिहरूले माया लामा शेर्पाले कोरियाको विभिन्न सरकारी कार्यालयहरूमा आफ्नो नियमित कामकाजसँगै आपत–विपतमा परेका नेपालीहरूलाई निःस्वार्थ भावनाका साथ सहयोग पुर्‍याउँदै मानवीयता, परोपकार र समाजसेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै आउनु भएको उल्लेख गरे। समाजले उहाँको सेवाभाव, सहकार्य र नेतृत्वले कोरियामा रहेका नेपाली समुदायलाई ठूलो हौसला र भरोसा प्रदान गरेको भन्दै आगामी दिनमा पनि यस्ता सकारा...
म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरिया द्वारा ‘ह्याप्पी न्यू इयर पूल टुर्नामेन्ट’ आयोजना हुँदै

म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरिया द्वारा ‘ह्याप्पी न्यू इयर पूल टुर्नामेन्ट’ आयोजना हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहँदै आएका नेपालीहरुबीच आपसी सद्भाव, मनोरञ्जन र खेलकुदको प्रवर्धन गर्ने उद्देश्यसहित म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले ‘ह्याप्पी न्यू इयर पूल टुर्नामेन्ट’ आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी २०२५ डिसेम्बर २८, आइतबार, ह्वासङ नाम्याङ स्थित (जोगी रेष्टुरेण्ट) मा बिहान ९ बजे सुरु हुनेछ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले डिसेम्बर २७, राति ९ बजेभित्र दर्ता गर्नु पर्नेछ । यस्तै, टाइ–सिट प्रक्रिया सोही दिन राति १० बजे प्रकाशित गरिने आयोजकले जनाएको छ ।  आकर्षक पुरस्कार राशी यस प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो हुने खेलाडीका लागि आकर्षक पुरस्कार घोषणा गरिएको छ—  • प्रथम पुरस्कार: २०,००,००० वोन  • द्वितीय पुरस्कार: १०,००,००० वोन  • तृतिय पुरस्कार: ३००,००० / ३००,000 वोन प्रतियोगितामा सहभागिता जनाउन १००,००० वोन दर्ता शुल्क बुझाउनु ...