Advertisement
Advertisement

दक्षिण कोरियामा कार्यरत भोजपुर हतुवागढीका प्रतिक राईलाई भोजपुर परिवार र किरात राई यायोक्खाद्वारा लगभग ३४ लाख वोन उपचार सहयोग

Advertisement
Advertisement

दक्षिण कोरियामा कार्यरत भोजपुरका प्रतिक राईलाई उपचारका लागि ३३ लाख वोन सहयोग हस्तान्तरण

दक्षिण कोरियाको ख्यङ्गी–दो ह्वासङ सिटीको फारान क्षेत्रमा अवस्थित फलामको पाइप उत्पादन गर्ने एक कम्पनीमा कार्यरत नेपाल भोजपुर जिल्ला हतुवागढी गाउँपालिका निवासी प्रतिक राई गत वर्ष सन् २०२५ अक्टोबर १६ तारिखदेखि मस्तिष्कघात (Brain Stroke, 뇌졸중) बाट गम्भीर रूपमा पीडित हुनुहुन्छ।

मस्तिष्कघातका कारण उहाँको शरीरको एकपट्टिको हात–खुट्टा नचल्ने तथा बोली स्पष्ट नहुने अवस्था देखिएपछि सुरुमा फारानस्थित छुङआङ अस्पतालमा उपचार गरिएको थियो भने त्यसपछि सुवनस्थित 성빈센트병원 हुँदै हाल ‘द फष्ट अस्पताल’ मा निरन्तर उपचाररत रहनुभएको छ।

उपचार अवधि लामो हुनुका साथै खर्च अत्यधिक लाग्ने भएपछि हालसम्मको सम्पूर्ण उपचार खर्च बिरामी स्वयम्‌ले आफ्नै तलबबाट व्यहोर्दै आउनुभएको थियो। तर औद्योगिक दुर्घटना बीमामा आवेदन दिँदा अस्वीकार भएपछि अब सम्पूर्ण उपचार खर्च आफैंले धान्न नसक्ने अवस्था सिर्जना भएको छ।

यस गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै उपचार रकम अभावका कारण थप समस्या नहोस् भन्ने उद्देश्यले दक्षिण कोरियामा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सकेको आर्थिक सहयोग गरिदिन हार्दिक अनुरोध गरिएको छ।

यसैबीच, भोजपुर परिवार दक्षिण कोरिया र किरात राई यायोक्खा दक्षिण कोरियाको संयुक्त सहकार्यमा पीडित प्रतिक राईलाई उपचार सहयोग स्वरूप ३३ लाख ५९ हजार कोरियन वोन सहयोग रकम हस्तान्तरण गरिएको छ। सहयोगप्रति सम्बन्धित संस्थाहरू तथा सहयोगी सबैप्रति पीडित परिवारले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×