Advertisement
Advertisement

Breaking news 3

‘जापानका करिब  आधा युवाहरू आत्महत्या गर्ने सोचमा किन  ‘

‘जापानका करिब आधा युवाहरू आत्महत्या गर्ने सोचमा किन ‘

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, समाचार
प्रमोद गिरी हिरोसिमा। निप्पोन फाउन्डेसनले गरेको सर्वेक्षण अनुसार जापानका झण्डै आधा युवाहरूले आत्महत्या गर्ने विचार राखेका छन् । ती उत्तरदाताहरूमध्ये अधिकांशले आफूले आफ्नो भावनाको बारेमा कसैसँग कुरा नगरेको बताएका छन् । नोभेम्बरमा १८ देखि २९ वर्ष उमेर समूहका ५ लाख १ हजार १८ जनासँग प्रतिक्रिया खोजेको र १४ हजार ८१९ जनाबाट वैध प्रतिक्रिया प्राप्त गरेको सर्वेक्षणमा आधारित उक्त प्रतिवेदन गत महिना सार्वजनिक गरिएको थियो | आत्महत्या गर्ने सोच भएका मध्ये ५६ दशमलव ६ प्रतिशतले कसैसँग कुरा नगरेको पाइएको थियो । जबकि १२.४ प्रतिशत मानिसहरूले भने कि तिनीहरू साथीहरू र ११.७ प्रतिशतले आफ्ना आमाहरूलाई आफ्ना भावना खोल्ने गरेका छन् । आधाभन्दा बढी उत्तरदाताहरू आत्महत्या गर्ने विचार भएकाहरूलाई मद्दत गर्ने संस्था वा सहायता समूहहरूबारे नै अनभिज्ञ रहेको पाइएको छ ।   समग्रमा, प्रतिवेदनले देखाएको छ कि ...
पत्रकार महासंघ  जापान  शाखाद्वारा  सदस्यता  नविकरण आवेदन खुल्ला

पत्रकार महासंघ जापान शाखाद्वारा सदस्यता नविकरण आवेदन खुल्ला

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर
प्रमोद गिरी हिरोसिमा। नेपाल पत्रकार महासंघ जापान शाखाले सदस्यता नविकरण आवेदन खुल्ला गरेको छ । शाखाका सचिव राजन गौतमले दिएको जानकारी अनुसार आज में २ तारिखबाट में ११ तारिखसम्म आबेदन खुल्ला गरिएको हो ।   समयाबधि थप नगर्ने गरी ११ तारिख सम्म सदस्यता नविकरण लागि आवेदन खुल्ला गरिएको हो । नविकरण आबेदन दिनेहरुले सदस्यता शुल्क आफनै बैंक अकाउन्टबाट डिपोजिट गर्नु पर्नेछ भने संस्थाको बैंक खाता प्राविधिक कारणले डिपोजिट गर्न नमिल्ने भएको नविकरण शुल्कलाई कोषाध्यक्ष अर्जुन लामिछानेको खाता जम्मा गर्न महासंघले अनुरोध गरेको छ। सदस्यता नबिकरणका लागि आबेदन फारम र सम्बन्धित संचार संस्थाको परिचय पत्र र शुल्क जम्मा गरेको रसिद पत्रकार महासंघ जापान शाखाको आधिकारिक ईमेलमा पठाउन समेत अपिल गरेको छ ।   नेपाल पत्रकार महासंघको सदस्यता यस पटक नविकरणको लागि मात्र आवेदन खुल्ला गरिएको र नयाँ सदस्...
जापानमा शुरु भयो गोल्डन विकको चहलपहल

जापानमा शुरु भयो गोल्डन विकको चहलपहल

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ
प्रमोद गिरी हिरोसिमा। जापानमा अप्रिल २९ देखि गोल्डन विक शुरु भएको छ । यो बिदा मे ५ सम्म चल्छ । योसँगै घुमफिर अनि घरपरिवारलाई घुम्न जान निस्कनेहरुको भिडभाड चारैतिर देखिन थालेको छ ।   कोभिडका कारण लगाइएको प्रतिबन्धहरु तीन वर्षमा पहिलो पटक पूरै हटेको छ । यस्तोमा रेल स्टेशन, एक्सप्रेसवे, विमानस्थललगायत सबै सार्वजनिक सवारी साधनहरुमा शनिबार बिहानैदेखि मानिसको भिड छ । गोल्डन विक जापानमा सबैभन्दा लामो सार्वजनिक छुट्टीमा पर्दछ । गएको महीना भएको एक सर्वेक्षणमा यस पटकको गोल्डन विकको बिदामा जापानीहरुले सालाखाला ३९ हजार २९४ येन खर्च गर्ने योजना बनाएको बताएका थिए । यस पटक बिदामा २ करोड भन्दा धेरै घुमफिरमा निस्कने अनुमान गरिएको छ ।   गोल्डन विक नेपालीहरुका लागि भने कागलाई बेल सरह हुने गरेको छ । जापानमा रहेका ९९ प्रतिशत नेपालीहरु रेष्टुराँ आदिमा काम गर्छन् । अधिकांश नेपालीहरु यति ब...
जापानमा  अण्डाको भाउ  आकाशिएर खानै नसकिने भयो

जापानमा अण्डाको भाउ आकाशिएर खानै नसकिने भयो

Breaking News, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ
प्रमोद गिरी हिरोसिमा। हालैका केही महीनायता जापानमा अन्डाको भाउ निरन्तर बढिरहेको छ । हुन त अहिले जापानमा के चिज चाँहि सस्तो छ र ? भनेर तपाईको मनमा प्रश्न उठ्न सक्छ । हो, जापानमा अहिले महँगी दशकौंयताकै उच्च स्तरमा छ । तर अन्डाको मूल्य वृद्धिले अन्य सबै वस्तुको मूल्य वृद्धिलाई उछिनेको छ । चालु सिजनमा देशभरमा बर्डफ्लुको प्रकोपका कारण डेढ करोड भन्दा धेरै कुखुराहरु नष्ट गर्नु पर्यो । यसका कारण देशभरमा अन्डाको अभाव चरम देशभरमा अन्डाको अभाव चरम छ । भाउ आकाशिएर खानै नसकिने स्तरमा उक्लिएको छ । त्यसमाथि युक्रेनमा युद्धका कारण कुखुराको दाना बनाउन प्रयोग हुने अन्नको भाउ बढ्दा पनि अन्डाको भाउ झन झन बढ्दो छ   “एजेन्सी” को अनुसार टोकियोमा मझौला आकारको अण्डाको मूल्य यो महिनाको औसत प्रति किलोग्राम ३५० येन पुगेको छ । गएको वर्षको सोही अवधिको तुलनामा यो ६५ प्रतिशत धेरै हो । त्यति बेला यही आका...
नेपाल पत्रकार महासंघको ‘नयाँ सदस्यता र सदस्य नवीकरण सम्बन्धमा शुद्धीकरण मापदण्ड’-२०८०

नेपाल पत्रकार महासंघको ‘नयाँ सदस्यता र सदस्य नवीकरण सम्बन्धमा शुद्धीकरण मापदण्ड’-२०८०

Breaking News, Breaking news 3, जानकारी, समाचार
नेपाल पत्रकार महासंघको ‘नयाँ सदस्यता र सदस्य नवीकरण सम्बन्धमा शुद्धीकरण मापदण्ड’ सुर्खेतमा सम्पन्न साधारणसभाबाट गठन भएको महासचिव रोसन पुरी संयोजक र पूर्वमहासचिव उजीर मगर, पूर्वसचिव धर्मेन्द्र कर्ण र रामप्रसाद दाहाल सदस्यरहेको शुद्धीकरण समितिको निर्णय, लुम्बिनीमा सम्पन्न राष्ट्रिय मिडिया सम्मेलनको सुझाव र परासीमा सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार अन्तिमरुप दिइएको नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण मापदण्ड पूर्णरुपमा कार्यान्वयन गरौँ । १. वैशाख २५ गतेसम्म केन्द्रीय समितिले सबै सदस्यको विवरण आफ्नो वेबसाइट, फेसबुक पेज, ट्विटरलगायतबाट सार्वजनिक गर्ने, प्रदेश समितिले मातहतका सदस्यको नाम आफ्नो वेभसाइट तथा सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्ने, शाखा समिति तथा एसोसिएट संस्थाले वेभसाइट वा आफ्नो सामाजिक सञ्जालमार्फत् सदस्यता विवरण सार्वजनिक गर्ने । शुद्धीकरणका लागि प्रदेश सम...
अन्धविश्वासको पराकाष्ठाः परमेश्वर भेट्न भोकै वसेका ८३ जनाको मृत्यु

अन्धविश्वासको पराकाष्ठाः परमेश्वर भेट्न भोकै वसेका ८३ जनाको मृत्यु

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, अपराध, ट्रेन्डिङ
प्रमोद गिरी हिरोसिमा । केन्यामा परमेश्वर (भगवान) भेट्न भोकै वसेका ८३ जनाको मृत्यु भएको छ। पछिल्लो पटक १० जनाको शव फेला परेपछि परमेश्वर भेट्ने विश्वासमा भोकै वसेर मृत्यु हुनेको संख्या ८३ पुगेको हो। यसरी भोकभोकै वसेर मृत्यु हुनेमा बालवालिका पनि छन्।     पछिल्लो पटक फेला परेका तीन जना बालबालिका श्वेतवस्त्र लगाएको पाइएको छ। परमेश्वरसँग साक्षात्कार गर्ने लालसमा केही मानिस अझै रहेको बताउँदै तिनीहरूलाई पत्ता लगाएर शीघ्र उद्धार नगरेमा उनीहरू पनि माटोमा मिल्ने जनाईएको छ। प्रहरीका अनुसार सोमबार २९ जनालाई उद्धार गरेर अस्पताल पु¥याइएको छ।       भोकै बसेमा परमेश्वर भेटिने अन्धविश्वासको पराकाष्ठाले केन्यालीलाई अब यस्ता धार्मिक अन्धविश्वासविरुद्ध आन्दोलन गर्न प्रेरित गरेको छ भने राष्ट्रपति विलियम रुटोले दोषीमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गरेका छन्।       पल म्या...
दक्षिण कोरियामा ८ ,जापानमा १५ सहित १ हजार बढि नेपाली बिदेशी जेलमा, ४१ जना मृत्युदण्ड कुर्दै

दक्षिण कोरियामा ८ ,जापानमा १५ सहित १ हजार बढि नेपाली बिदेशी जेलमा, ४१ जना मृत्युदण्ड कुर्दै

Breaking News, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, अपराध
प्रमोद गिरी हिरोसिमा। बिदेशमा रोजगार, अध्ययन, व्यवसाय वा अन्य कारणले नेपालीहरु लाखौंको संख्यामा बर्षेनी जाने गरेका छन् । यसरी जाने नेपालीबाट दैनिक करोडौं रेमिट्यान्स देश भित्रने मात्र होइन हरेक महिना सयौं नेपालीको शव पनि स्वदेश फर्कन्छ । त्यो भन्दा बढि संख्यामा देश नर्फकाइएका नेपालीको शव विदेशमै सदगद हुने गर्दछ । यो बाहेक अर्को दुःखद र अँधेरो पाटो हो बिदेशी जेलमा रहने नेपालीहरु । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार तथा नागरिकमध्ये एक हजार ३० जना हाल विदेशी जेलमा छन् ।   मानव अधिकार आयोगले सार्वजनिक गरेको आप्रवासी नेपाली श्रमिकहरूको मानव अधिकार अवस्था प्रतिवेदन २०७९' मा सो संख्याका नेपाली विदेशी जेलमा रहेको तथ्यांक उल्लेख छ । आयोगले आर्थिक वर्ष ०७६२७७, ०७७२७८र ०७८२७९ को तथ्यांक संकलन गरेको थियो । आयोगको गत आवसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी युनाइटेड अरब इमिरेट्स ९युएई० मा द...
हप्ताको २० घण्टा  भन्दा कम पार्टटाइम काम गर्नेलाई बेरोजगारी सुविधा बढाउने तयारी

हप्ताको २० घण्टा भन्दा कम पार्टटाइम काम गर्नेलाई बेरोजगारी सुविधा बढाउने तयारी

Breaking News, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ
प्रमोद गिरी, हिरोसिमा। जापानले हप्तामा २० घण्टाभन्दा कम काम गर्ने पार्ट टाइमरहरूलाई केही बेरोजगारी बीमा लाभहरू विस्तार गर्ने तयारी गरेको छ । परिवारलाई सहयोग गर्ने र रोजगारी पुनः तालिमका अवसरहरू विस्तार गर्नेतर्फ सरकारले कदम चाल्न लागेको समाचारमा उल्लेख छ । २० घण्टा भन्दा कम काम गर्ने व्यक्तिहरू जापानको बेरोजगारी मा कार्यक्रमको लागि योग्य हुनेछन् । त्यस्ता कामदारहरूले बेरोजगारी भत्ताहरू, भुक्तान गरिएको अभिभावकीय बिदा र तालिम र सीप विकासका लागि लाभहरू पाउनेछन् ।   नीतिनिर्माताहरूले हप्तामा २० घण्टाभन्दा कम काम गर्नेहरूले बाल पालनपोषण र पूर्ण समय कामदारहरूको रूपमा पुनः तालिमको लागि समान सहयोग बताइन्छ ।उपलब्ध गराउन चाहिरहेको जापानमा कयौं व्यक्तिहरूले धेरै अंशकालिक कामहरू गर्दछन्, जसले हप्तामा २० घण्टा भन्दा बढी काम गर्दछ, तर तिनीहरू बेरोजगारी बीमा लाभहरूको लागि अयोग्य रहने गर...
दार्चुलाका शिक्षक अत्तरियाको एक होटलमा मृत फेला

दार्चुलाका शिक्षक अत्तरियाको एक होटलमा मृत फेला

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, राष्ट्रिय खबर
प्रमोद गिरी । कैलालीको अत्तरियास्थित होटलमा दार्चुलाका एक शिक्षक मृत भेटिएका छन । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दार्चुलाको व्याँस गाउँपालिका–३ का ४५ वर्षीय मोहनसिंह डडाल होटलमा मृत भेटिएका हुन ।  गोदावरी नगरपालिका–१ अत्तरियास्थित बसपार्कमा रहेको न्यू सत्कार होटलमा डडाल १० वैशाखमा कोठा लिएर बसेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले जानकारी दिए । उनी व्याँस गाउँपालिका–३ स्थित सिद्ध माध्यमिक विद्यालय सिनामा प्रावि शिक्षकको रुपमा कार्यरत थिए ।    उनका अनुसार होटलको कोठा नम्बर १०३ मा बसेका डडाल मृत अवस्थामा भेटिएका छन । प्रहरीका अनुसार डडालको शव शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको थियो। घटनाबारे अनुसन्धान विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    मृतक डडालको स्थायी बसोबास व्याँस गाउँपालिका–३ कै तुसारपानी हो । उनका दाइ कुन्दनसिंह कञ्चनप...
एनआरएनएको नयाँ भविष्य निर्माण गर्न खोज्दै संगिता ! 

एनआरएनएको नयाँ भविष्य निर्माण गर्न खोज्दै संगिता ! 

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, राष्ट्रिय खबर, विदेश, समाचार
प्रमोद गिरी, जापान । गैर आवासीय नेपाली संघ जापानको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।  एनआरएनए संस्थाको सबैभन्दा आकर्षक र शक्तिशाली पद भनेको अध्यक्ष नै हो र यो झन्डै झन्डै अध्यक्षात्मक प्रणालीबाटै नै चल्ने गरेको छ । त्यसकारण एनआरएनए को भावी अध्यक्ष को होला भन्ने चासो र चर्चा सर्वत्रका नेपालीहरुमा खुल्दुली छाएको छ । यस आलेखमा यसै सन्दर्भमा छोटो चर्चा र विश्लेषण गर्ने प्रयास गरिएको छ !   केही दिन अघिसम्म अध्यक्ष एक्ली दावेदार देखिएकी हाल कार्यसमितीकी उपाध्यक्ष संगिता अधिकारी सुवेदी मात्र लाग्थिन । हालको अवस्था हेर्ने हो भने : दिपक कार्की / केसी र सिद्दार्थ श्रेष्ठ ले यसअघि नै उमेद्वारी घोषणा गरिसेका छन भने संगिता अधिकारी सुवेदी , नविन न्युर...