Advertisement
Advertisement

Breaking news 1

बुद्धि गुरुङ अध्यक्ष रहेको NRNA कोरिया अधिवेशनमा मिडियाप्रति उपेक्षा, सबै क्षत्रलाई सम्मान गर्दा पत्रकार महासंघलाई बिर्सियो न त पत्राचारनै

बुद्धि गुरुङ अध्यक्ष रहेको NRNA कोरिया अधिवेशनमा मिडियाप्रति उपेक्षा, सबै क्षत्रलाई सम्मान गर्दा पत्रकार महासंघलाई बिर्सियो न त पत्राचारनै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
  बुद्धि गुरुङ अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ दक्षिण कोरिया (NRNA KOREA )को सौलमा आज सम्पन्न अधिवेशनमा सञ्चारकर्मीहरू र मिडियालाई गरिएको उपेक्षा विरुद्ध पत्रकारहरू आक्रोशित भएका छन्। अध्यक्ष बुद्धि गुरुङ नेतृत्वको NRNA समुहले आयोजना गरेको कार्यक्रममा कोरियामा कार्यरत मिडिया प्रतिनिधि र पत्रकारहरूलाई न त आमन्त्रण गरियो, न कुनै जानकारी प्रवाह न त सम्मान नै! यसरी सञ्चारकर्मीलाई पूर्ण बेवास्ता गर्नु संगठनको पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाउने विषय बनेको छ। कोरियास्थित पत्रकारहरू भन्छन् “हामी प्रवासी नेपालीको आवाज बन्ने प्रयास गरिरहेका छौं, तर NRNA जस्तो संस्था उल्टै हामीलाई बहिष्कार गर्दैछ।” NRNA को मूल उद्देश्य भनेको विदेशमा रहेका नेपालीको हक–हितको रक्षासँगै, नेपाली पहिचान र सम्मान बचाउने हो। तर त्यो उद्देश्य पूर्ति गर्न सञ्चार माध्यमको भूमिका अत्यावश्यक हुन्...
कोरियाको गर्मीमा काम गर्दै गर्दा एक नेपालीको दु:खद निधन 

कोरियाको गर्मीमा काम गर्दै गर्दा एक नेपालीको दु:खद निधन 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
कोरियामा गर्मी बढ्दो छ। यस्तै गर्मीमा काम गरिरहेका एक नेपालीको 포헝시. मा दुखद निधन भएको छ। २४ जुलाई को दिन, दिउँसो १२ बजेर २३ मिनेटतिर 경북 포항시 북구 (पोङ्ग सिटी, उत्तर जिल्ला) स्थित एक डाँडामा घाँस काट्ने काम गर्दै गर्दा ४० वर्ष उमेरका नेपाली पुरुष A씨 अचानक ढलेका थिए। साथीहरूले तत्कालै आपतकालीन सेवामा खबर गरेपछि ११९ एम्बुलेन्स टोली घटनास्थलमा पुग्दा A씨 बेहोस अवस्थामा रही नाडीमा चाल नदेखिएको बताइएको छ। तुरुन्तै अस्पताल लगिए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका बताइको छ।   अनुसन्धान अनुसार A씨 बिहान ६ बजेदेखि घाँस काट्ने काममा संलग्न थिए। त्यो दिन पोङ्गमा अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस मापन गरिएको थियो। मौसम विभागका अनुसार जुलाई २२ देखि पोङ्ग क्षेत्रमा ‘폭염경보’ (गर्मी सर्तकता उच्चतम तह) जारी गरिएको थियो। साथै चार दिनदेखि रातको न्यूनतम तापक्रम २५ डिग्रीभन्दा नघटेको ‘ताप रात’ (तातो रात) क...
“चार वर्ष NRNA को यात्रा गरें, अब केही समय मौन बस्ने निर्णय गरेँ” — सुनिल कन्दङगवा

“चार वर्ष NRNA को यात्रा गरें, अब केही समय मौन बस्ने निर्णय गरेँ” — सुनिल कन्दङगवा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
चार वर्षसम्म गैर–आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरियामा लगातार दुई कार्यकाल समर्पित भूमिका निर्वाह गरेका सुनिल कन्दङगवाले अबको नेतृत्व दौडबाट आफूलाई अलग राख्ने निर्णय गरेका छन्। उपाध्यक्ष (२०२३–२०२५) र सह–कोषाध्यक्ष (२०२१–२०२३) को जिम्मेवारीमा रहेर काम गरेका कन्दङगवाले सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश दिँदै भनेका छन्, “नेतृत्व लिन सुझाव धेरै आए, तर आत्माले मानेन। त्यसैले अब केही समय विश्राममा बस्ने निर्णयमा पुगेको छु।” चार वर्षको यात्रामा उनले समुदाय, संस्था, व्यवहार र राजनीति — सबैलाई नजिकबाट बुझ्ने मौका पाएको अनुभव साटेका छन्।   “यहाँ काम गर्दा प्रशंसा कम, आलोचना बढी पाइन्छ। त्यो आलोचनाले नै मलाई अझ गम्भीर बनायो।” उनले NRNA को मूल मुद्दा र उद्देश्य बिस्तारै गुम्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्। “कोरिया अब बिबादको लाल किल्ला बनिसकेको छ,” भनेर उनले त्यो असन्तो...
संस्थाको मर्यादाका लागि एक पाइला पछाडि — बुद्धि गुरुङ “संस्थाभन्दा माथि गुट र व्यक्तिवाद हावी भएकोमा गहिरो चिन्ता”

संस्थाको मर्यादाका लागि एक पाइला पछाडि — बुद्धि गुरुङ “संस्थाभन्दा माथि गुट र व्यक्तिवाद हावी भएकोमा गहिरो चिन्ता”

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरिया २०२३–२०२५ कार्यकालका अध्यक्ष बुद्धि गुरुङले संस्थाको आगामी कार्यकालका लागि दिएको अध्यक्ष पदको उम्मेदवारी स्वेच्छाले फिर्ता लिएको घोषणा गरेका छन्। सार्वजनिक वक्तव्यमार्फत उनले संस्थामा आफ्नो भूमिका सफलतापूर्वक पूरा गर्न सघाउनुहुने सम्पूर्ण सदस्य, शुभेच्छुक, र सहयोगीहरूप्रति हृदयदेखि धन्यवाद प्रकट गरेका छन्। “सधैं संस्थालाई पहिलो प्राथमिकता दिएँ,” गुरुङले लेखेका छन्, “सकेजति काम गरेँ — सानो वा ठूलो भन्ने भेद कहिल्यै राखिनँ।” गुरुङले आपतकालीन अवस्था, विपद्का बेला र आप्रवासी नेपालीहरूको आवश्यकतामा सधैं फ्रन्टलाइनमा रहेर सेवा दिने प्रतिबद्धता निभाएको दाबी गरेका छन्। यद्यपि, हाल संस्थामा गुटगत सोच, आन्तरिक द्वन्द्व र व्यक्तिवाद हावी हुन थालेको भन्दै उनले गहिरो चिन्ता व्यक्त गरेका छन्। “संस्थाको गरिमा, एकता र साझा उद्देश्यलाई सर्वोपरि ठानी, मै...
बिदेशी कामदारलाई इट्टामा बाँधेर छिगेछाले उचालेपछि भयो राष्ट्रपतिको ध्यानाकर्षण 

बिदेशी कामदारलाई इट्टामा बाँधेर छिगेछाले उचालेपछि भयो राष्ट्रपतिको ध्यानाकर्षण 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युंगले आप्रवासी श्रमिकहरूमाथि राम्रो मानवअधिकार सुनिश्चित गर्न आह्वान गरेका छन्।  केही दिन यता एक श्रीलंकाली आप्रवासी श्रमिकमाथि भएको  दुर्व्यवहारको भिडियो सार्वजनिक भएपछि विवाद चुलिएको छ। उक्त घटना छल्लानाम्दोको नाजुमा रहेको एउटा इँटा कारखानामा भएको हो। ती श्रीलंकाली आप्रवासी श्रमिक (३० वर्षको हाराहारी) माथि उनका सहकर्मीहरूले दु!र्व्यवहार गरेका थिए। ५८ सेकेन्डको भिडियोमा उनलाई इँटामा टेपले बाँधी फोर्कलिफ्टमा कसेर राखिएको देखिन्छ, जहाँ सहकर्मीहरू उनलाई हाँसी-ठट्टा गर्दै अपमान गरिरहेका छन्। पीडित श्रमिकले ग्वाङ्जु–जोल्लानाम आप्रवासी श्रमिक नेटवर्कसँग सहयोग मागेका थिए। उक्त संस्थाले घटनाको अनुसन्धानको माग गर्दै वक्तव्य जारी गरेको छ। यस विषयमा अहिले दक्षिण कोरियाली राष्ट्रपति स्वयंले पनि टिप्पणी गर्दै यो कार्यलाई "बर्बर" भनेका छन्। कोरियाली इन्टर...
एनआरएनए कोरिया अध्यक्ष पदमा मात्र मतदान हुने, बुद्धि गुरुङसहित तीन उम्मेदवारले उम्मेदवारी फिर्ता लिए

एनआरएनए कोरिया अध्यक्ष पदमा मात्र मतदान हुने, बुद्धि गुरुङसहित तीन उम्मेदवारले उम्मेदवारी फिर्ता लिए

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज :गैर–आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको नयाँ कार्यसमिति चयनको प्रक्रियाअन्तर्गत अध्यक्ष पदमा मात्र निर्वाचन हुने पक्का भएको छ। आगामी कार्यकाल (२०२५–२०२७) का लागि नेतृत्व चयन गर्न लागिएको एनआरएनए कोरियाको १०औं महाधिवेशनमा अधिकांश पदमा उम्मेदवार निर्विरोध चयन भएका छन्। अध्यक्ष पदका लागि प्रारम्भमा उम्मेदवारी दिएका बुद्धि गुरुङले उम्मेदवारी फिर्ता लिएपछि अब पार्वती मोक्तान र हरि भट्टराई बीच प्रतिस्पर्धा हुने भएको छ। त्यस्तै, वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार सुनिल कान्दाङवा लिम्बु र महासचिव पदका उम्मेदवार दिपक के.सी. ले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ। त्यसअनुसार अन्य सबै पदमा उम्मेदवारहरू निर्विरोध चयन भएका छन्। एनआरएनए कोरियाको नेतृत्व चयनलाई लक्षित गर्दै उम्मेदवारहरूबीच भएको प्रचारप्रसार, दौडधुप र अन्तिम समयमा आएका उम्मेदवारी फिर्ताले चुनावी...
NRNA कोरिया नेतृत्वमा पारदर्शिता र एकताका लागि पार्वती मोक्तानको उम्मेदवारी

NRNA कोरिया नेतृत्वमा पारदर्शिता र एकताका लागि पार्वती मोक्तानको उम्मेदवारी

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
सिओल, दक्षिण कोरिया – आगामी गैरआवासीय नेपाली संघ (NRNA) कोरिया २०२५–२०२७ कार्यकालको निर्वाचनलाई लक्षित गर्दै समाजसेवी पार्वती मोक्तानले अध्यक्ष पदको लागी उम्मेद्वारी दिसक्नुभएको छ्। उहाँले कोरियामा रहनु भएका सम्पूर्ण नेपाली समुदायसँग भावनात्मक अपील गर्दै भन्नुभयो:  “सानो निर्णयले ठूलो परिवर्तन सम्भव हुन्छ। अब गहिरिएर सोच्ने समय आएको छ। तपाईंको अमूल्य मत समाज परिवर्तनको कोसेढुंगा बन्न सक्छ।” पार्वती मोक्तानले आफू एकता, पारदर्शिता र सेवामूलक नेतृत्व प्रदान गर्न प्रतिबद्ध रहेको बताउँदै, NRNA कोरियालाई सबै प्रवासी नेपालीहरूको साझा संस्था बनाउने संकल्प व्यक्त गरेकी छन्। उहाँको भनाइमा: “अवसर खोज्ने र भाषण गर्ने धेरै छन्, तर इमानदारीपूर्वक काम गर्ने नेतृत्वको खाँचो अझै छ। त्यसैले म तपाईंहरूको साथ र समर्थनको अपेक्षा गर्छु।” मतदाताहरूलाई आह्वान गर्दै उहाँले आग्रह गर्नुभयो कि: “आफ्नो वि...
११ साइज फुटबल टुर्नामेन्टका लागि एंट्री खुला — Sinbuk NFC पोछनको आयोजनामा प्रतियोगिता हुँदै

११ साइज फुटबल टुर्नामेन्टका लागि एंट्री खुला — Sinbuk NFC पोछनको आयोजनामा प्रतियोगिता हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
पोछन, दक्षिण कोरिया – दक्षिण कोरियामा रहेका नेपाली युवाहरूबीच आपसी सद्भाव, अनुशासन र खेलकुदको प्रवर्द्धन साथै स्वास्थ्यप्रति सचेतना फैलाउने उद्देश्यले Sinbuk United NFC को आयोजनामा ११ साइजको नकआउट फुटबल टुर्नामेन्ट यही आउँदो ३ अगस्ट २०२५, आईतबारका दिन सिनबुक, पोछन फुटबल मैदानमा आयोजना हुने भएको छ। प्रतियोगितामा २० टिमसम्मको सहभागिता रहनेछ, र टिम चयन पहिले आउनेलाई प्राथमिकता (first come, first served) को आधारमा गरिनेछ। यस सन्दर्भमा आयोजकले आजैदेखि एंट्री फारम खुला गरेको जानकारी दिएको छ। एंट्री विवरण:  • एंट्री शुल्क: ₩ ३,००,०००/-  • एंट्री बन्द मिति: ३० जुलाई २०२५, बुधबारसम्म        • खेल सञ्चालन प्रणाली: नकआउट(Knockout) खेल संयोजक श्री युगल थेगिम ज्यू भन्नुहुन्छ: “खेल मैदान, रेफ्री, नियमावली र सम्पूर्ण तयारीहरू अन्तिम चरणमा छन्। निष्पक्ष खेल र रमाइलो माहोलका लागि सबैको सा...
“अवसर आउदैन घरि घरि,यस पटक अध्यक्षमा चुनौ हरि” भन्दै एनआरएनए दक्षिण कोरियाको दशौ महाधिवेशनमा अध्यक्ष पदमा मा हरि भट्टराईको बलियो उम्मेदवारी

“अवसर आउदैन घरि घरि,यस पटक अध्यक्षमा चुनौ हरि” भन्दै एनआरएनए दक्षिण कोरियाको दशौ महाधिवेशनमा अध्यक्ष पदमा मा हरि भट्टराईको बलियो उम्मेदवारी

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२५-२०२७)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ २६/२७ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को दशौ महाअधिवेशनको लागि “अवसर आउदैन घरि घरि,यस पटक अध्यक्षमा चुनौ हरि” भन्दै अध्यक्ष पदमा मा हालका उपाध्यक्ष हरि भट्टराईले उम्मेदवारी दिएका छन्। गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२५-२०२७) का लागि सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक ब्यक्तित्व हरि प्रसाद भट्टराईले अध्यक्ष पदको लागि उम्मेदवारी दिएपछि दक्षिण कोरियामा एकदमै महत्वपूर्ण साथ हेरिएको छ।कुनै पनि गुटबन्दीको पछि नलागी स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका भट्टरा...
नेपाली ‘पेम्बा शेर्पा’ बनेर कोरियाली ह्याकरले अमेरिकी कम्पनी लुटे 

नेपाली ‘पेम्बा शेर्पा’ बनेर कोरियाली ह्याकरले अमेरिकी कम्पनी लुटे 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
एक उत्तर कोरियाली नागरिकले आफूलाई नेपाली “पेम्बा शेर्पा” भनेर चिनाउँदै ठूलो रकम हत्याएका छन। अमेरिकी ब्लकचेन कम्पनी Starter Labs मा CTO को पदमा पुगेर करिब २८ करोड नेपाली रुपैयाँभन्दा बढी बराबरको ठ, गी गरेको पाइएको हो।  उनले २० महिनासम्म झूटो परिचयमा काम गरेर कम्पनीको डिजिटल वालेट नियन्त्रणमा लिएर रकम निकालेका थिए।  एफबीआईले उनलाई उत्तर कोरियाली साइबर समूहसँग सम्बन्धित मानेको छ। 𝐄𝐏𝐒 𝐍𝐄𝐏𝐀𝐋 𝐅𝐀𝐌𝐈𝐋𝐘...