Advertisement
Advertisement

“चार वर्ष NRNA को यात्रा गरें, अब केही समय मौन बस्ने निर्णय गरेँ” — सुनिल कन्दङगवा

Advertisement
Advertisement

चार वर्षसम्म गैर–आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरियामा लगातार दुई कार्यकाल समर्पित भूमिका निर्वाह गरेका सुनिल कन्दङगवाले अबको नेतृत्व दौडबाट आफूलाई अलग राख्ने निर्णय गरेका छन्।

उपाध्यक्ष (२०२३–२०२५) र सह–कोषाध्यक्ष (२०२१–२०२३) को जिम्मेवारीमा रहेर काम गरेका कन्दङगवाले सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश दिँदै भनेका छन्,

नेतृत्व लिन सुझाव धेरै आए, तर आत्माले मानेन। त्यसैले अब केही समय विश्राममा बस्ने निर्णयमा पुगेको छु।”

चार वर्षको यात्रामा उनले समुदाय, संस्था, व्यवहार र राजनीति — सबैलाई नजिकबाट बुझ्ने मौका पाएको अनुभव साटेका छन्।

 

यहाँ काम गर्दा प्रशंसा कम, आलोचना बढी पाइन्छ। त्यो आलोचनाले नै मलाई अझ गम्भीर बनायो।

उनले NRNA को मूल मुद्दा र उद्देश्य बिस्तारै गुम्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्।

“कोरिया अब बिबादको लाल किल्ला बनिसकेको छ,” भनेर उनले त्यो असन्तोष प्रकट गरेका छन्, जुन नेतृत्वमा रहेको व्यक्तिको ईमानदार गुनासो लाग्छ।

 

संस्थाभन्दा पद ठूलो बनाइएको अवस्थामा मनले साथ दिएन”

“NRNA को विधानले राजनीति निषेध गर्छ, तर व्यवहारमा त्यो लागू हुन सकेन,” सुनिल भन्छन्,

“पद खोज्नेहरूको भीड बढ्दै जाँदा संस्था बिर्सिएको देख्दा चित्त दुख्यो।”

उनले नयाँ आउने नेतृत्वलाई केवल चुनाव जित्ने होडमा होइन, संस्थालाई पुनः विश्वासको केन्द्र बनाउन आग्रह गरेका छन्।

“अब म पदमा छैन, तर जिम्मेवारीबाट टाढा छैन” भन्दै सन्देशको अन्त्यमा उनले आफूसँग काम गर्ने सम्पूर्ण सदस्य, पंजीकृत मतदाता, शुभेच्छुक र सहकर्मीहरूलाई धन्यवाद दिएका छन्।

मेरो अभियान टुंगिएको होइन, अहिले केवल केही समयका लागि मौन बस्दैछु। बाटो बिराएकाहरूलाई समेट्ने काम आगामी नेतृत्वले गरोस् भन्ने शुभकामना छ।”

 

NRNA अझै मुद्दा बोकेको संस्था हो? कि कुर्सीको केन्द्र बनेको?”

यो प्रश्नको उत्तर आज होइन, भोलिको इतिहास ले दिनेछ।

सुनिल कन्दङगवा यस्तो लेख्छन्

४ वर्ष लामो मेरो NRNA को यात्रा बाट यो पटक बिश्राम लिने निर्णयमा पुगेको छु l धेरै साथीहरु र शुभेच्छुकहरु ले नेतृत्वनै हाक्न सल्लाह दिए पनि आत्माले मानेन l मैले ४ वर्षको दौरानमा कोरियाको नेपाली समुदायलाई राम्ररी चिन्ने मौका पाए l यहाँ प्रसंसा भन्दा पनि आलोचना बढी हुने गर्दछ l

NRNA को मुद्दालाइ उठाउन कति सफल भए भईन यो जनताले मुल्यांकन गर्नु भयो होला l पछिलो पटक NRNA को केन्द्रको बिबादले NCC सम्म लाई बिबादित बनायो l अझ भनौ कोरिया त यस्तो बन्यो कि बिबादको लाल किल्ला नै l

पुराना NRNA अभियन्ताले NRNA को वास्तविक मुद्दा लाई उठान गरेको र बिधि बिधानलाइ राम्रो सग बुझेको मैले पाए l कोरियाको NRNA तिनै पुराना अभियन्ताको निहित स्वार्थमा फस्दा छिन्न भिन्न भयो ।

NRNA को बिधानमा राजनितीलाई पूर्ण रुपले निषेध गरिएको छ तर वास्तविक व्यवहारमा त्यो लागु भएन ।

तर पछिलो दिनमा NRNA एउटा सिमित कुर्सि , मान , मर्यादा र पदिय हैसियत भन्दा माथि उठ्न सकेन l कतिपय जिम्मेवारी सम्हाल्छु भनेर आउने साथी हरुले NRNA को मुद्दा नै बिर्सिए , बिधानको ब्याख्या नै गर्न सकेनन l

यस्तैमा अल्मलिएको NRNA को भविष्य झनै अन्योल छ l मेरो यो अभियानमा मलाई यहाँ सम्म जिम्मेवारी दिनुहुने सम्पूर्ण पंजीकृत सदस्यहरु र मेरा सहकर्मि साथीलाई धन्यवाद दिन चाहन्छु l आगामी नेतृत्वले बाटो बिराएका साथीहरु लाइ पनि समेट्न सकोस शुभकामना 🙏🏽😇

सुनिल कन्दङगवा
उपाध्यक्ष (२०२३-२०२५)
सहकोषाध्यक्ष (२०२१-२०२३)

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtip

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtipV tomto článku se podělím o své zkušenosti s online kasinem Merku...

Aplicația Stake pentru Android se instalează direct fără Magazin Play românesc

În ultimele luni, tot mai mulți jucători din România caută să instaleze aplicația Stake pe dispozitivele Android, ocolind comple...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×