Advertisement
Advertisement

संस्थाको मर्यादाका लागि एक पाइला पछाडि — बुद्धि गुरुङ “संस्थाभन्दा माथि गुट र व्यक्तिवाद हावी भएकोमा गहिरो चिन्ता”

Advertisement
Advertisement

गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरिया २०२३–२०२५ कार्यकालका अध्यक्ष बुद्धि गुरुङले संस्थाको आगामी कार्यकालका लागि दिएको अध्यक्ष पदको उम्मेदवारी स्वेच्छाले फिर्ता लिएको घोषणा गरेका छन्।

सार्वजनिक वक्तव्यमार्फत उनले संस्थामा आफ्नो भूमिका सफलतापूर्वक पूरा गर्न सघाउनुहुने सम्पूर्ण सदस्य, शुभेच्छुक, र सहयोगीहरूप्रति हृदयदेखि धन्यवाद प्रकट गरेका छन्।

सधैं संस्थालाई पहिलो प्राथमिकता दिएँ,” गुरुङले लेखेका छन्, “सकेजति काम गरेँ — सानो वा ठूलो भन्ने भेद कहिल्यै राखिनँ।”

गुरुङले आपतकालीन अवस्था, विपद्का बेला र आप्रवासी नेपालीहरूको आवश्यकतामा सधैं फ्रन्टलाइनमा रहेर सेवा दिने प्रतिबद्धता निभाएको दाबी गरेका छन्।

यद्यपि, हाल संस्थामा गुटगत सोच, आन्तरिक द्वन्द्व र व्यक्तिवाद हावी हुन थालेको भन्दै उनले गहिरो चिन्ता व्यक्त गरेका छन्।

“संस्थाको गरिमा, एकता र साझा उद्देश्यलाई सर्वोपरि ठानी, मैले उम्मेदवारी फिर्ता लिएको निर्णय गरेको हुँ,” गुरुङले प्रष्ट पारेका छन्।

उनी पदबाट होइन, “जिम्मेवारीबाट बाँधिएको मान्छे” भएको उल्लेख गर्दै, भविष्यमा पनि संस्थाको समृद्धि, स्थायित्व र साझा सपनाको यात्रामा आफ्नो समर्थन र साथ निरन्तर रहने प्रतिबद्धता जनाएका छन्।

बुद्धि गुरुङको यस निर्णयले एनआरएनए कोरियाको वर्तमान आन्तरिक राजनीतिमा एउटा छुट्टै सन्देश दिएको छ — जहाँ पदभन्दा माथि संगठनको प्रतिष्ठा र उद्देश्यलाई राख्ने सोच झल्किएको देखिन्छ।

यस्तो छ बुद्धि गुरुङको वक्तव्य

म बुद्धि गुरुङ, एनआरएनए दक्षिण कोरिया 2023–2025 कार्यकालमा अध्यक्षको
भूमिकामा रहेर तपाईंहरूको निरन्तर साथ, सद्भाव र विश्वासका कारणले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गर्न सकेकोमा हृदयदेखि आभार प्रकट गर्न चाहन्छु।

सधैं संस्थालाई पहिलो प्राथमिकता दिएँ।
सकेजति काम गरेँ — सानो वा ठूलो भन्ने भेद कहिल्यै राखिनँ। संस्थाका कार्यक्रम, अभियान, पहल र प्रत्येक आव्हानमा सक्दो सहभागिता जनाएँ।
आपतकालीन अवस्था होस् वा विपद्का बेला दिन होस् या रात जहाँ आवश्यकता देखियो, त्यहीँ पुग्ने प्रयास गरेँ।

संस्थाको निरन्तरता, एकता र स्थायित्वको पक्षमा उभिँदै, मैले फेरि अध्यक्ष पदमा उम्मेदवारी दिने निणर्य लिएको थिएँ। तर पछिल्लो समय संस्था भन्दा व्यक्तिवाद, गुटगत सोच र आन्तरिक द्वन्द्व हावी हुन थालेको देख्दा म अत्यन्त दुःखी भएँ।

त्यसैले, संस्थाको गरिमा, एकता र साझा उद्देश्यलाई सर्वोपरि ठान्दै, मैले आफ्नो उम्मेदवारी स्वेच्छाले फिर्ता लिएको जानकारी गराउन चाहन्छु।

म पदबाट होइन, जिम्मेवारीबाट बाँधिएको मान्छे हुँ। संस्थाको समृद्धि, स्थायित्व र साझा सपना जोगाउन, मेरो साथ, समर्थन र योगदान सधैं रहनेछ। यहाँहरु सम्पुर्णमा हार्दिक धन्यवाद ब्यक्त गर्दै तपाईंहरूको विश्वास, माया, आलोचना र आशीर्वाद सबैप्रति आभारी छु🙏

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×