गोविन्द बानिया:कोरियाको ख्यङ्गिदोस्थित ओसान शहरमा नयाँ नेपाली रेष्टुरेन्टको आरम्भ भएको छ । ओसान स्टेशनबाट करिब ५ मिनेटको दुरिमा कामना नेपाली रेष्टुरेन्ट संचालनमा आएको हो ! खासगरी ओसान वरीपरी रहेका नेपाली खानाका पारखीहरुलाइ मध्यनजर गर्दै सो रेष्टुरेन्ट संचालन गरिएको संचालक दिपक केसीले बताउनुभयो ।
गत शनिवार देखी औपचारिक रुपमा संचालनमा आएको रेष्टुरेन्टमा सम्पूर्ण नेपाली परिकारहरुको स्वाद लिन सकिनेछ । औपचारिक उद्घाटन कार्यक्रमममा संचालक केसीलाइ व्यवसायिक सफलताको कामना गर्न कोरियास्थित बिभिन्न संघसंस्थाका पदाधिकारी तथा ओसान वरपर रहेका नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
यसअघि नै कामना रेष्टुरेन्टका २ वटा शाखा रहेको र यो तेस्रो शाखाका रुपमा ओसानमा आरम्भ भएको हो । पछिल्लो समय कोरियामा नेपालीहरुको संख्यामा वृद्धी भएसंगै नेपाली रेष्टुरेन्टको संख्या पनि बढ्दै गएका छन् ।...
२२ पुष २०८०, आईतवार १४:१६२२ पुष २०८०, आईतवार १४:१६२२ पुष २०८०, आईतवार १४:१६ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज्:स्याङ्जा परिवार दक्षिण कोरियाले यहि आउँदो जनवरी २१ तारिख आइतबारका दिन नेपाल थाइ रेष्टुरेन्टको सभाहल देङ्देमुनमा आफ्नो २६औ वार्षिक साधारणसभा गर्ने भएको छ।
“स्याङजाली एकता उपकारी मन, सद्भाव संगै बिताऔ परदेशी जीवन " भन्ने मुल नारा लिएर सन् १९९७ मा स्थापित स्याङ्जा परिवार दक्षिण कोरियाले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै कोरिया लगायत नेपालमाआपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ।
नेपाल थाइ रेष्टुरेन्टको सभा हल, देङ्देमुन सउलमा जनवरी २१ आइतबारका दिन ११ बजे वाट सुरु हुने २६औ वार्षिक साधारणसभा कार्यक्रमलाइ भव्य र सभ्य रुपमा सफल पार्न कोरिया स्थित सम्पूर्ण संघसंस्था एवं नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थिति हुन आयोजक स्याङ्जा परिवारले हार्दिक अनुरोध गरेको छ ।...
२२ पुष २०८०, आईतवार ०५:०३२२ पुष २०८०, आईतवार ०५:०३२२ पुष २०८०, आईतवार ०५:०३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:हार्मोनि भाइब्जको प्रस्तुतिमा सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिख बेलुकि ८ बजेबाट सुवनमा हुन लागेको सलनाल नेपहप नाइट मा लिजेन्डरि पप गायक अनिल सिंह लगायत अहिलेको प्रख्यात र्यापर टुकिले माहोल तताउने भएको छ।
शनिबार आनसानमा रहेको फल्चा रेष्टुरेन्टमा कलाकार सहितको पोस्टर सार्बजनिक गर्दै आयोजकले कलाकार हरु सार्वजनिक गरेको हो।मेरो यो प्रेम पत्र,इन्जिन गाडिमा हो इन्जिन गाडिमा,किन रोए म आज,डुब्न देउ मलाइ,माया मा यस्तै हुन्छ, रिसाएनि ठिकै,सक्छौ भने बिष देउ लगायतका दर्जनौ हिट गित दिन सफल नेपाली म्युजिक इन्डस्ट्रीमा लगातार २० वर्ष योगदान दिन सफल चर्चित लेखक,कम्पोजर,गायक अनिल सिंह सहित हालको युवा पुस्तामा राम्रो छाप छोड्न सफल कस्तो छ तिम्लाई, सम्झना,गुनासो, आइदेउन,भाभिस्ता,सलाम ठोक,बागमारा, चेतावनी लगायतका हिट गित दिन सफल र्यापर टुकि AKA निरज मल्ल ठकुरी कोरिया आउने पक्का भएको हो।
विशाल ...
२१ पुष २०८०, शनिबार १०:४७२१ पुष २०८०, शनिबार १०:४७२१ पुष २०८०, शनिबार १०:४७ by विशाल श्रेष्ठNo Comments
यतिखेर दक्षिण कोरियामा अत्याधिक चिसो छ,चिसोले जनजिवन कष्टकर बन्दै गएको हामी देख्न सक्छौ,यो चिसो मौसमको सुरुवात संगै हामिले ६ जना नेपाली दाजुभाइ दक्षिण कोरियामा गुमाइसकेका छौ,यी अकल्पनीय घटानाले हामिलाई अहिले पनि पिरोलिरहेको छ ,मर्न कसैलाई रहर हुदैन,त्यो पनि विदेशमा तर कहिलेकाही हामी जे चाहदैनौ,त्यहि नै भैदिन्छ,थुप्रै बाध्यता र अभावले पिरोलिएर यहाँ आएका हामी नचाहँदा नचाहँदै यतै हराउन पुग्छौ,यतै अस्ताउन पुग्छौ !!
विभिन्न अस्वस्थ असहज र अप्ठारा काम,त्यसैमाथिको अव्यवस्थित वसाई तथा कतिपय आफ्नै लापरबाहीले पनि हामी मृत्युको नजिक पुगिरहेका हुन्छौ र साथै कतिपय कामको ज्ञान नहुनु, ब्यस्तता र समय अभावका कारण स्वस्थ्य चेकअप र त्यस सम्बन्धि अभिमुखिकरण तालिम नपाउदा पनि हामी दिनदिनै आफुलाई अस्वस्थ र मृत्युको नजिक पुराइरहेका छौ,तर हामि यो अवस्थामा पुग्नुमा रहर त हुँदै होइनन कैयौ बाध्यताका उपज हुन,जुन नच...
२० पुष २०८०, शुक्रबार १२:२५२० पुष २०८०, शुक्रबार १२:२५२० पुष २०८०, शुक्रबार १२:२५ by विशाल श्रेष्ठNo Comments
रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाको निर्देशकमा मैयाँ कँडेल नियुक्त भएकी छन् ।
श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले शुक्रबार कँडेललाई ईपीएस कोरिया शाखाको निर्देशकको जिम्मेवारी दिएको हो । उनले शुक्रबारदेखि नै निर्देशको जिम्मेवारी सम्हालेकी छन् । यसअघि गुरुदत्त सुवेदीले निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
गत १३ पुसमा ललितपुरको बालकुमारी क्षेत्रमा भएको घटनापछि सुवेदीलाई जिम्मेवारीबाट हटाइएको थियो । घटनाको एक सातापछि कँडेलले जिमेवार सम्हालेकी हुन् ।
यसअघि उपसचिव कँडेल श्रम तथा रोजगार मन्त्रालयको सीप विकास तथा तालिम शाखा प्रमुख भएर एक वर्ष काम गरेकी थिइन् । त्यसअघि उनले वैदेशिक रोजगार बोर्डको सचिवालयमा निर्देशकको रुपमा साढे दुई वर्ष जिम्मेवारी सम्हालेकी थिइन् ।...
२० पुष २०८०, शुक्रबार १२:०४२० पुष २०८०, शुक्रबार १२:०४२० पुष २०८०, शुक्रबार १२:०४ by विशाल श्रेष्ठNo Comments
नेकपा माओवादी केन्द्रको प्रवाश कमिटी अन्तर्गतको नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘इन्छन-खिम्पो’ क्षेत्रीय दोश्रो अधिबेशन जनवरी ७ आइतबार का दिन 인천 서구 완정 स्थित नमस्ते रेस्टुरेन्टमा ११ बजे हुने भएको छ।
इन्छन-खिम्पो क्षेत्रीय कमिटीको डिसेम्बर २४ मा बसेको तेस्रो पूर्ण बैठकको निर्णय अनुसार सो क्षेत्रको दोस्रो क्षेत्रीय अधिवेशन जनवरी ७ मा गर्ने निर्णय गरेको अध्यक्ष निर्मल राइले बताउनुभयो।
दक्षिण कोरिया विशेष गरि इन्छन्-खिम्पो बासि सम्पुर्ण नेपाली हरु लाइ उपस्थित भएर अधिवेशन लाइ सभ्य र भब्यताका साथ सफल पार्नु हुन आयोजकले विशाल आवाज मार्फत निमन्त्रणा गर्दै आह्वान समेत गरेको छ ।
तपसिल:-
मिति: ७ जनवरी , २०२४।
स्थान: 인천 광역시 서구 완정로 148 정수 빌딩 지하 1 층 (검단 사거리 역 )
나마스테 아시아 인도 🇮🇳 네팔 🇳🇵 음식점
148,wanjeong-ro,Seo-gu,Incheon
( Namaste Asia Restaurant )
समय: दिनको ठीक ११ बजे।
...
२० पुष २०८०, शुक्रबार १०:०८२० पुष २०८०, शुक्रबार १०:०८२० पुष २०८०, शुक्रबार १०:०८ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा परिवार समेत ल्याएर लामो समय बस्न सकिने भिसा अर्थात (दक्ष कामदार भिसा E7-4) का लागी २०२४ का लागी ३५ हजार जनाका कोटा तोकिएको छ ।
कोरियाको न्याय मन्त्रालयको वेवसाइटमा बिहीबार प्रकाशित सूचना अनुसार हालसम्म (E7 अन्तर्गतका e7-1 2 3 र 4 गरी E-7 भिसामा ४० हजार ९ सय ३४ जना कार्यरत छन् ! तर नयाँ खुल्ने ३५ हजार कोटा E-74 को मात्रै हो । सन् २०२३ को शुरुमा ५ हजार जनाको कोटा तोकिएपनी बर्षको अन्तिममा कोटा थप गरी ३५ हजार जना पुर्याइएको थियो ।
यो भिसाका लागी २०२३ को अन्त्यतिर K Point भनिने नयाँ अंक प्रणाली शुरु भएको थियो ।
जसमा न्युनतम बार्षिक तलब २ करोड ६० लाख भन्दा माथी हुनुपर्ने र कोरियन भाषाको दक्षतामा KIIP वा टपिकमा ३ लेभल भन्दा माथी पास हुनुपर्ने वा केआइआइपीको लेभल टेस्टमा ३ भन्दा माथी ल्याउनुपर्ने शर्त थियो ।
अहिले प्रकाशित भएको सूचनामा २०२४ मा कुन अंकप्रणाली लागु हुने नखुलाइ...
१९ पुष २०८०, बिहीबार १२:४२१९ पुष २०८०, बिहीबार १२:४२१९ पुष २०८०, बिहीबार १२:४२ by विशाल श्रेष्ठNo Comments
“अति आवश्यक पर्ने स्वास्थ्य उपकरण स्थानीय स्वास्थ्य निकायहरुमा वितरण गरौ, आफन्तको ज्यान बचाऔ” भन्ने नाराका साथ सिन्धुपाल्चोक अन्तराष्ट्र्रिय समाजको संयोजनमा जिल्लाका २४ वटा वडाका स्वास्थ्य स्वयसेविकाहरुलाई १ सय ५० थान ब्लड प्रेसर नाप्ने उपकरण स्फिग्मोम्यानोमिटर वितरण गरिएको छ ।
“हाम्रो सिन्धुपाल्चोक हाम्रो शान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान” भन्ने मूल नाराका साथ स्थापित संस्थाले सिन्धुपाल्चोक जिल्लाका ग्रामीण भेगका महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई प्रेसर नाप्ने उपकरण सहयोगको लागी अभियान सुरु गरेको थियों । सो अभियानमा सिन्धुपाल्चोक समाज दक्षिण कोरिया,सिन्धुपाल्चोक सेवा समाज यूएई, सिन्धुपाल्चोक अन्तराष्ट्र्रिय सेवा समाज कुवेत , सिन्धुपाल्चोक प्रवासी सेवा समाज कतार लगायत विभिन्न देशमा रहेका सिन्धुवासी प्रवासीहरुले सहयोग गरि आएको रकम बाट स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराइएको सिन्धुप...
१८ पुष २०८०, बुधबार १४:५९१८ पुष २०८०, बुधबार १४:५९१८ पुष २०८०, बुधबार १४:५९ by विशाल श्रेष्ठNo Comments
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरियाले कोरियमा कोरियनसंग बिवाह गरेर आउनु भएका महिला तथा आश्रित (Dependent) भिषामा रहनु भएका महिला दिदीबहिनीहरुलाई लक्षित गरि "कोरियामा विवाहित तथा आश्रित भिषावाहक महिलाहरुको शक्ति र साहस " बिषयक सेमिनार -२०२४ जनवरी १४ ,सउलमा गर्ने भएको छ।
कार्यक्रममा विज्ञहरुबाट कोरियामा कोरियनसंग विवाहित तथा आश्रित भिषा वाहक महिलाहरुको कानुनी पक्ष बारे जानकारी ,अधिकारहरु,भाषिक अधिग्रहण, संस्कृतिक भिन्नता तथा पारिवारिक गतिशिलता र आत्मियताका रणनीतिहरु बारे जानकारी ,कोरियामा नेपाली महिलाहरुको आर्थिक, रोजगारी र सुन्दर भविष्यका चुनौतिहरू बारे जानकारी र सफलताका कथाहरु प्रेरणादायी यात्राहरु बारे कुराकानी गर्ने जस्ता शिर्षक आयोजकले छुट्याएको छ।
बेग्लै परिवेश: एउटै क्षितिज “कोरियामा विवाहित तथा आश्रित भिसावाहक महिलाहरूको शक्ति र साहस” बिषयक सेमिनार बिशेषत...
१७ पुष २०८०, मंगलवार १४:०४१७ पुष २०८०, मंगलवार १४:०४१७ पुष २०८०, मंगलवार १४:०४ by विशाल श्रेष्ठNo Comments
तमू धीं दक्षिण कोरियाको आयोजनामा डिसेम्बर ३१ तारिख आइतबार का दिन SW컨벤션센터예식장 ११ 층 मा गायिका शर्मिला गुरुङ, तमू चलचित्रकी नायिका/मोडल अस्मि गुरुङ, गायक तथा म्युजिक एरेन्ज तेजेन्द्र गुरुङ लगायत स्थानीय कलाकारहरुको साथमा “तमू ल्होसार कार्यक्रम-२०८०” भब्यताका साथ सम्पन्न गरेको छ ।
तमु धिँ दक्षिण कोरियाद्वारा कोरियाको राजधानी सउलमा आयोजित कार्यक्रममा कोरियाका बिभिन्न स्थानमा छरिएर रहेको गुरुङ समुदायको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रममा गैर गुरुङ हरुको पनि उत्तिकै उपस्थिती रहेको थियो !
नेपाली पात्रो अनुसार पुष १५ गतेलाइ तमु ल्होसारको रुपमा मनाइने गरिन्छ ! नेपाली राजदुतावास दक्षिण कोरियाकी राजदुत डां ज्योति प्याकुरेलको प्रमुख आतिथ्यता रहेका कार्यक्रममा कोरियास्थित बिभिन्न संघसंस्था सम्बद्ध ब्यक्तीहरुको पनि उपस्थिती थियो ।
कार्यक्रममा बरिष्ठ लोकदोहोरी गायिक शर्मिला गुरुङको ...