Advertisement
Advertisement

‘महाजात्रा’को पहिलो गीत ‘आहा क्या राम्रो’ सार्वजनिक भिडियो सहित

Advertisement
Advertisement

पछिल्लो समयको सफल फिल्म ‘जात्रा’ ‘जात्रै जात्रा’ पछी तेस्रो श्रृंखला ‘महाजात्रा’को पहिलो गीत सार्वजनिक गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर OSR को युट्युबमा सार्वजनिक गरिएको ‘आहा क्या राम्रो’ बोलको लोक शैलीको गीतमा मोडल आश्मा विश्वकर्मा र अभिनेता अरुण क्षेत्रीको आकर्षक नृत्य छ भने फिल्मका मुख्य अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउत पनि रोमान्टिक भावमा नृत्य गर्दै प्रस्तुत छन् ।

एकनारायण भण्डारीको शब्द रचना, आशिष अविरलको संगीत तथा आशिष र अस्मिता अधिकारीको युगल गायन छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा रविन्द्र झा र रविन्द्र सिंह बानियाँ पनि नृत्य गर्दै देखिएका छन् । गीतको अडियो र भिडियो दुवै सशक्त छ । खुलामञ्चमा आकर्षक सेट बनाएर खिचिएको यो गीतको छायांकनमा मात्रै ५ दिन लागेको कविराज बताउँछन् ।

प्रदीप भट्टराईको निर्देशन रहेको फिल्ममा हरिवंश आचार्य पनि मुख्य भूमिकामा छन् । राजाराम पौडेल, अर्जुनजंग शाही, शिशिर वाङ्देल, मोहन निरौला, पुष्कर गुरुङ, दिव्य देव, गौमाया गुरुङ, प्रकाश घिमिरे, सुमन कार्की, रजनी गुरुङ लगायतको पनि फिल्ममा अभिनय छ । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्म आगामी चैत ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको ‘महाजात्रा’को निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन् । पुरुषोत्तम प्रधानको छायांकन र मित्र डि गुरुङको सम्पादन रहेको फिल्ममा निर्देशक भट्टराई स्वयंको लेखन छ । ‘जात्रा’को अघिल्ला दुई सिरिज पैसा र सुनमा केन्द्रित भएर बनेका थिए । ‘महाजात्रा’मा भने सुन र पैसासँगै राष्ट्रिय मुद्दा (राजनीति)लाई पनि समेटिएको बताइएको छ ।विदेश प्रर्दशन अधिकार सेट बाट नै MSM ले रु 2 करोड मा लिएर नेपाली चलचित्र क्षत्रमा नया इतिहास रचेको चलचित्र “महाजात्रा” दक्षिण कोरियाको प्रर्दशन अधिकार भने बिशाल आवाज मल्टिमिडिया प्रा.लि ले लिसकेको छ। 

भिडियो

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Skuteczne strategie zarządzania kapitałem w online kasynie w Polsce

Skuteczne strategie zarządzania kapitałem w online kasynie w PolsceWitajcie! Nazywam się Paweł Nowak i jako ekspert w dziedzinie g...

Historique de connexion Instant Casino : Consultez vos sessions passées

SommairePourquoi Consulter Votre Historique de Connexion ?Étapes pour Accéder à l'Historique des SessionsRésolution des Problèmes ...

Les thèmes de machines à sous les plus rentables en casino online France

Les thèmes de machines à sous les plus rentables en casino online FranceJe m'appelle Lucas Moreau, expert en jeux d'argent en lign...

Co dělat, když dojde k přerušení internetu během bonusového kola?

Co dělat, když dojde k přerušení internetu během bonusového kola?Jmenuji se Jan Novák a jako expert na online hry a technologie vá...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×