जनता समाजवादी पार्टी नेपाल प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाले आउदो सलनालको अवसर पारेर फेब्रुअरी १२ तारिखका दिन ११ वजे ऐतिहासिक दोस्रो अधिबेशन तोङदेमुन तीन नंबर गेट नजिकै रहेको निक ट्राभल को सभाहलमा हुने भएको छ।
अधिबेशन मा वक्ता हरुको रूपमा भर्चुअल लाइभ मार्फत जसपा नेपालको केन्द्रीय सल्लाहकार अमेरिका मिचेल युनिभर्सिटी को प्रोफेसर महेन्द्र लावति तथा जसपा नेपाल राजनीति समिति सदस्य तथा प्रवास ईन्चार्ज आङकाजी शेर्पा ,पहिचानवादि प्रखर बिस्लेशक तथा सामन नेपालको संयोजक बुद्ध छिरिङ मोक्तान, नेपाल बैज्ञानिक समाजवादि पार्टी संयोजक आहुती को उपस्थिति रहने (जसपा)नेपाली समाजको अध्यक्ष पिएन शेर्पाले जानकारी दिनु भयो।बक्ता हरूले नेपालको मुलभुत अन्तरद्वन्द ,पहिचान को आन्दोलन र चुनौति बारे बिचार व्यक्त गर्नु आयोजकले जनाएको छ।
राष्ट्रिय स्वाधिनता भौगोलिक अखन्डताको रक्षा गर्दै हिमाल पहाड मधेस बहुराष्ट्र बिचको भावनात्मक एकीकरण गरि सबैको स्वामित्व र प्रतिनिधित्व सहितको पहिचानमा आधारित राज्य संरचना निर्माण गर्दै समृद्ध राष्ट्र निर्माणको संकल्प पूरा गर्नुको निम्ति सम्पूर्ण राष्ट्र प्रेमि न्याय प्रेमि जनसमुदाय एक ढिक्का भयर जुटन आह्वान गर्र्दै दक्षिण कोरियामा रहनु हुने सम्पूर्ण राष्ट्र प्रेमि प्रगतिशील, न्याय प्रेमि, जनसमुदायलाई गरिमामय उपस्थिति भएर अधिवेशन लाइ सभ्य र भब्यताका साथ सफल पार्नु हुन आयोजकले विशाल आवाज मार्फत निमन्त्रणा गर्दै आह्वान समेत गरेको छ ।