Advertisement
Advertisement

Breaking news 1

अब कुमारी बैंकको सम्पूर्ण सेवाहरू सेन्ट-वी मार्फत

अब कुमारी बैंकको सम्पूर्ण सेवाहरू सेन्ट-वी मार्फत

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपालीहरूको मन जित्न सफल सेन्ट-वी रेमिट्यान्सबाट कुमारी बैंकको सम्पूर्ण सेवाहरू पाउने भएको छ। सेन्ट-वी रेमिट्यान्सबाट नेपालमा सुरक्षित साथ रकम भुक्तानी गर्न मात्र नभई अब कुमारी बैंकको सम्पूर्ण सेवाहरू समेत पाउने भएको छ। कोरियाबाट नेपाल पैसा पठाउने प्रक्रिया झन् सहज बनाउन सेन्ट-वी र कुमारी बैंक लिमिटेडको सहकार्यमा सेन्ट-वीमा कुमारी बैंकको सम्पूर्ण सेवाहरू सुचारु भएको हो। दक्षिण कोरियाका लागि सुग्रिव खड्का आधिकारिक प्रतिनिधि रहेको कुमारी बैंकको (रेमिट खाता, बचत खाता) खाता खोल्न र कुमारी बैंक सम्बन्धी समस्याहरू समाधान गर्न सकिनेछ। यसैगरी कुमारी क्यापिटल‌ अन्तर्गतका सम्पूर्ण सेवाहरू डिम्याट,मेरो सेयर र कुमारी सेकुरिटीज लिमिटेड (KBL‌ ,securities broker number 94) को सम्पूर्ण सेवाहरू ब्रोकर खोल्न सकिनेछ। कोरियामा विभिन्न रेमिट्यान्स कम्पनीहरूको ...
चरित्रमा शङ्का गरेको भन्दै एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेद मुद्दा

चरित्रमा शङ्का गरेको भन्दै एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेद मुद्दा

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन् । उनले शुक्रबार वारेसमार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी हुन् । गत ५ वैशाखमा एलिनाले र अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग बिहे गरेकी थिइन् । सापकोटा र चौहानबीच लामो समय प्रेम सम्बन्धपछि बिहे भएको थियो । तर, बिहेपछि अस्ट्रेलिया गएकी चौहान काठमाडौं फर्किएपछि उनीहरूबीच राम्रो सम्बन्ध नरहेको चर्चा थियो । सम्बन्धविच्छेदको मुद्दामा चौहानले आफूमाथि सापकोटाले शङ्काउपशङ्का गरेको, काममा बाधा दिएको, चरित्रमाथि शङ्का गरेको आरोप लगाएकी छिन् । उनले मानाचामल नलिने गरी मुद्दा दायर गरेकी छिन् । तर, बिहे गर्दाका गरगहना भने फिर्ता नगर्ने उनको दाबी छ ।...
नेपाल मुक्तक प्रतिष्ठान, दक्षिण कोरिया शाखाको आयोजनामा बृहत् साहित्य मेला सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठान, दक्षिण कोरिया शाखाको आयोजनामा बृहत् साहित्य मेला सम्पन्न

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, भर्खरै, समाचार
द. कोरिया सउल – नेपाल मुक्तक प्रतिष्ठानले कोरियामा बृहत साहित्य मेला सम्पन्न गरेको छ । शनिबार दोङ्देमुनमा कविता, गजल, मुक्तक र हाइकुलाई बिशेष वाचन सहित कार्यक्रम गरेको हो । बिशेष कविको रूपमा उपस्थित सिद्धान्त गौतम (कलमकार) ले आफ्ना ४ वटा कविता सुनाए । बिशेष गजलकारहरू राधेश आचार्य र सुधाकर दाहालले आ-आफ्ना आधा/आधा दर्जन गजलहरू प्रस्तुत गरे । मुक्तक लागि पनि कविता र गजलजस्तै ह्यारी बोण्ड र तिल्ता मगरले आफ्ना एक एक दर्जन मुक्तकहरू सुनाए । त्यस्तै कवि डिइबी सिकारुले पनि आफ्ना दर्जनभन्दा बढी हाइकुहरू सुनाए ।   कार्यक्रममा प्रचण्ड सापकोटा, दीपक स्पन्दन, रुसन सुवेदी, सञ्जय, जीवन भण्डारी, रुद्र कँडेल लगायतले पनि आआफ्ना कविता, गजल, मुक्तकहरू सुनाए । नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष निर्दोष सभापति रहेको यस कार्यक्रममा नेपाली दुतावासका द्वितीय सचिव जेनिम अधिकारी प्रमुख अतिथिका रूपमा थिए ...
“पाँच-स” दक्षिण कोरियाको आठौँ अधिवेशन तथा साधारण सभा सम्पन्न,अध्यक्षमा श्याम अर्याल

“पाँच-स” दक्षिण कोरियाको आठौँ अधिवेशन तथा साधारण सभा सम्पन्न,अध्यक्षमा श्याम अर्याल

Breaking News, Breaking news 1, जानकारी, धर्म सस्कृति, भर्खरै
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह 'पाँच-स’ को आठौं अधिवेशन तथा साधारण सभा‌ सम्पन्न भएको छ। आनसानमा सम्पन्न अधिवेशनबाट श्याम अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। पूर्वीय कला संस्कार, संस्कृति ,भेषभुषा ,चाडपर्व आदिले नेपाल राष्ट्रलाई विश्वभरि नै परिचय दिने कुरालाई आत्मसात गरी सन् २०१७ मा स्थापित संस्थाको आनसान स्थित आफ्नै नेपाली सास्कृतीक घर (साझा मन्दिर) तथा पुस्तकालयको हलमा सम्पन्न आठौँ अधिवेशन बाट श्याम अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो। नयाँ कार्यसमितिको संरक्षकमा नरेश मेहता , विष्णु थापा चयन भएको छ । यसैगरी नया कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा महेन्द्र सापकोटा ,उपाध्यक्षमा अर्जुन थापा, बाबू भुवन, शोभा अर्याल,महिला उपाध्यक्षमा जयन्ती शर्मा, महासचिवमा मनोज भुसाल,सचिवमा रुपक केसि, दुर्गा कुवँर ऋषि,...
जनवरी २९ तारिख बुसानमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” का लागि कलाकार कोरिया आइपुगे

जनवरी २९ तारिख बुसानमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” का लागि कलाकार कोरिया आइपुगे

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज:मञ्जुश्री संम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प) वर्ष सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया, ख्याङसाङ बुसान साखाको आयोजनामा जनवरी २९ तारिखका दिन किम्हेमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम”‌का लागि तिन कलाकार दक्षिण कोरियामा आइपुगेका छन्। भाषा, कला,संस्कार र संस्कृति हाम्रो शान, विश्वभरिको तामाङ एकता हाम्रो अभियान भन्ने मूल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङसाङ् बुसान शाखाको आयोजनामा जनवरी २९ तारिख बुधबारका दिन किम्हे बुसान स्थित 김해시 활청로 294 (사단법인 운석 문화회) मा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५ का लागि नेपालबाट ख्याति प्राप्त राष्ट्रिय कलाकारहरू विश्व दोङ,सुरेश लामा, आस्मान लोप्चन दक्षिण कोरिया आइपुगेका हुन्। मञ्जुश्री संम्वत २८६१ “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम”‌ सफल पार्नको लागि इन्छन् विमानस्थलमा आइपुग...
जनवरी २८ तारिख सउलमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” का लागि कलाकार कोरिया आइपुगे

जनवरी २८ तारिख सउलमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” का लागि कलाकार कोरिया आइपुगे

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:मञ्जुश्री संम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प) वर्ष सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा जनवरी २८ तारिखका दिन सउलमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम”‌का लागि मुख्य तिन कलाकार दक्षिण कोरियामा आइपुगेका छन्।  दीर्घकालीन शैक्षिक कल्याणकारीको सहयोगार्थ नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा जनवरी २८ तारिख मङ्गलबारका दिन सउलको HW convention hall 컨벤션센터 서울특별시 종로구 지하문로 255(부암동 165-3) मा हुने सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५ का लागि नेपालबाट ख्याति प्राप्त राष्ट्रिय कलाकारहरू विश्व दोङ,सुरेश लामा, आस्मान लोप्चन दक्षिण कोरिया आइपुगेका हुन्। मञ्जुश्री संम्वत २८६१ “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम”‌ सफल पार्नको लागि इन्छन् विमानस्थलमा आइपुगेका कलाकारहरूलाई तामाङ घेदुङ दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्याङताङ लगायत पद...
दक्षिण कोरियामा खिचिएको गीति नाटक “अमर प्रेम” आउँदो जनवरी २९ तारिक सार्वजनिक हुने

दक्षिण कोरियामा खिचिएको गीति नाटक “अमर प्रेम” आउँदो जनवरी २९ तारिक सार्वजनिक हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिण कोरियामा खिचिएको गीति नाटक "अमर प्रेम" आउँदो जनवरी २९ तारिक सार्वजनिक हुँदैछ । कोरियामा कार्यरत नेपाली हरु र केही कोरियन हरुको मिलेर यो गीत नाटक बनाइएको हो । नेपालबाट कोरियन सङ्ग बिहे गरेर कोरिया आएकी महिला पात्र को प्रेम कथामा आधारित छ । कोरियन सङ्ग बिहे गरेर आएको कथा छ भन्ने बितिकै भिडियोमा महिला पात्रलाई नकारात्मक भूमिकामा देखाएको होला भन्ने गलत अनुमान गर्नेहरूलाई पूरा भिडियो आएपछि हेरेर मात्र आफ्नो धारणा बनाउन निर्माण टिमले आग्रह गरेको छ ।भिडियोमा महिला पात्र लाई नकारात्मक देखाइएको छैन । लोक माया चेम्जोङ को लगानीमा बनेको यस गीति नाटक मा विनोद बान्तावा राई को लेखन निर्देशन रहेको छ । मुख्य भूमिकामा गायक मैकाश राई मिनु लामा , आकाश राई , ऋतु थापा मगर छन् भने सहायक भूमिकामा कोरियन हरु र नेपाली हरु रहेका छन् । यो भिडियो आउँदो सालनाल २०२५ को जनवरी २९ तारिक दक्षिण कोरियाको राजधा...
राष्ट्रिय कलाकारहरूको साथमा जेजुमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५” को तयारी अन्तिम चरणमा

राष्ट्रिय कलाकारहरूको साथमा जेजुमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५” को तयारी अन्तिम चरणमा

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
विशाल आवाज:मञ्जुश्री संम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प) वर्ष सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया,जेजु शाखाको आयोजनामा जनवरी ३० तारिखका दिन जेजुदोमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। “भाषा, कला,संस्कार र संस्कृति हाम्रो शान, विश्वभरिको तामाङ एकता हाम्रो अभियान भन्ने मूल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजु शाखाको आयोजनामा जनवरी ३० तारिख बिहिबारका दिन जेजुदो स्थित Astar Hotel मा “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५” आयोजना हुने भएको हो। नेपालबाट आमन्त्रित चर्चित राष्ट्रिय कलाकारहरु विश्व दोङ, सुरेश लामा, आस्मान लोप्चनको साथमा कोरियामा रहेका स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति सँगै हुने कार्यक्रम दिउँसो १२:३० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। “तामाङ भाषा, धर्म, संस्कार, सं...
विपिन कुमार गुरुङ अध्यक्ष रहेको एनआरएनए कोरिया द्वारा राजदूत सँग शिष्टाचार भेटघाट सहित ज्ञापनपत्र हस्तान्तरण

विपिन कुमार गुरुङ अध्यक्ष रहेको एनआरएनए कोरिया द्वारा राजदूत सँग शिष्टाचार भेटघाट सहित ज्ञापनपत्र हस्तान्तरण

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
हालै मात्र आउनुभएको कोरियाका लागि नेपाली राजदूत डा.शिवमाया तुम्बाहाम्फे सँग शिष्टाचार भेटघाट गरी विपिन कुमार गुरुङ अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले नेपाली राजदूतावास, दक्षिण कोरियालाई विभिन्न महत्वपूर्ण विषयमा सचेत गराउँदै ज्ञापनपत्र हस्तान्तरण गरेको छ । महामहिम राजदूत डा. शिवमाया तुम्बाहाम्फे सचिव पुष्पराज भट्टराई र नवनियुक्त द्वितीय सचिवको उपस्थितिमा गैर आवासीय नेपाली सङ्घ दक्षिण कोरियाका तर्फबाट समग्र नेपाली समुदायको समस्या र समाधानका सम्बन्धमा रही ज्ञापनपत्र हस्तान्तरण भएको हो। NRNA र नेपाली राजदूतावासबीच आपसी सम्बन्ध सहकार्यमा राजदूतसँगको भेटले थप ऊर्जा थपेको अध्यक्ष विपिन कुमार गुरुङले बताउनुभएको छ। एनआरएनएको तर्फबाट एनआरएनए आईसीसी केन्द्रीय सचिव जुनु गुरुङ, एनआरएनए–एनसीसी दक्षिण कोरियाका अध्यक्ष विपिन कुमार गुरुङ, महासचिव प्रशान्तराज...
जनवरी २५ तारिख नोनसानमा हुने संयुक्त ल्होसार/ल्होछार/माघी साथै डान्स पार्टीको सम्पूर्ण तयारी पूरा

जनवरी २५ तारिख नोनसानमा हुने संयुक्त ल्होसार/ल्होछार/माघी साथै डान्स पार्टीको सम्पूर्ण तयारी पूरा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज: कोरियन नयाँ वर्ष सलनाल तथा नेपालको राष्ट्रिय चाड तामाङ, गुरुङ र शेर्पा समुदायको मौलिक चाड ल्होछार/ल्होसार र माघीको अवसरमा नोनसानमा जनवरी २५ मा हुने शुभकामना आदानप्रदान साथै डान्स पार्टीको सम्पूर्ण तयारी पुरा भएको छ।  कोरियन नयाँ वर्ष सलनालको अवसरमा नोनसान स्थित नोन्सान नेपाली समाज दक्षिण कोरियाले स्थानीय कलाकारहरूको प्रस्तुतिका साथमा जनवरी २५ तारिख शनिबार सलनाल, नेपाली चाड ल्होसार/ल्होछार/माघी लगायत विभिन्न सांस्कृतिक चाडहरूको शुभकामना आदानप्रदान साथै डान्स पार्टी कार्यक्रम आयोजना गर्नेभएको हो। कार्यक्रम पहिले छुसक डान्स पार्टी भएको हल 충남도 논산시 중앙로 480번길 5 मा हुने आयोजकले जनाएको छ। बेलुकी ७ बजेदेखि बिहान ४ बजेसम्म ननस्टप डिजेको साथमा हुने डान्स पार्टी को प्रवेश शुल्क २० हजार कोरियन वन तोकिएको छ ‌। कार्यक्रममा उपस्थित हुनेलाई खाप्से, अचार कोदोको छङ्गुल साथै एउटा ड्रिंक...