Advertisement
Advertisement

SONSIK र नेपाली राजदुत बिच औपचारिक भेटघाट सम्पन्न 

Advertisement
Advertisement

नेपाली विद्यार्थीहरूको हकहित र न्यायको लागि २ दशक देखी लड्दै आएको संस्था Society of Nepalese Students in Korea-SONSIK ले दक्षिण कोरिया नेपाली राजदूत महामहिम डा. शिवमाया तुम्बाहाम्फेसँग आइतबारका दिन फलदायी र महत्त्वपूर्ण छलफल गरेको छ। 

दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावासमा सम्पन्न भएको बैठकमा डेपुटी चिफ अफ मिसन श्री जिनिम अधिकारीको पनि विशेष सहभागिता रहेको थियो। बैठक बाट SONSIK र नेपाली दूतावासबिचको सम्बन्धलाई थप मजबुत बनाउने दिशामा एक महत्त्वपूर्ण कदम चालेको बताइको छ। दुवै पक्षले कोरियामा रहेका नेपाली विद्यार्थीहरूलाई आगामी दिनमा अझ कसरी सशक्त बनाउने तथा उनीहरूले भोग्दै आएका समस्याहरूलाई कसरी सक्दो छिटो समाधान दिने भन्ने उपायहरूबारे विस्तृत छलफल भएको संस्थाका सचिव किरण सुवालले बताउनु भएको छ।

 

मुख्य छलफल भएका विषयहरु:
Consultancy सम्बन्धी समस्या:

बैठकमा नेपालका केही परामर्श दातृ (Consultancy) संस्थाहरूको अनैतिक अभ्यासलाई गम्भीर रूपमा उठाइएको थियो। यी संस्थाहरूले विद्यार्थीहरूसँग अत्यधिक शुल्क असुल्ने, भ्रमपूर्ण जानकारी जस्तै, कोरिया टेके पछि अर्को दिनबाट काम गर्न पाइने, १ दिन class गए हुने, भाषा नभएपनी मनग्य पैसा नेपाल पठाउन मिल्ने जस्ता भ्रामक सूचना विद्यार्थी लगायत अभिभावकलाई ललाई फकाइ गरी university को कुनै अध्ययन बिना जस्तो मन लाग्यो त्यस्तै university मा भर्ना गरिदिने, जुन बाट कमिसन बढी आउँछ त्यही subject मा भर्ना गरिदिने अझ केही विद्यार्थीलाई नेपालमा एउटा subject भनेर झुकाएर यहाँ आउँदा अर्कै subject रहेको र यहाँ आउँदा आकाश पातालको फरक पाउँदा विद्यार्थी मानसिक यातना भोग्नु परेकोले यस्ता संस्था छनोट गरी छिटो भन्दा छिटो कडा कारबाहीको दायरामा ल्याउने।

छात्रवृत्ति प्रमाणीकरण प्रक्रियाको सरलीकरण:

छात्रवृत्ति प्राप्त गर्ने जेहेन्दार विद्यार्थीहरूको Document verification गर्न नपाउँदा पाएको अवसर पनि गुमाउनु परेको SONSIK ले यो प्रक्रिया सरल र सहज बनाउन दूतावासलाई आग्रह गरेको छ। दूतावासले पनि यसको सुधारका लागि आवश्यक पहल गर्ने आश्वासन दिनु भएको छ।

भेटघाट तथा अपोइन्टमेन्ट प्रणाली सुधार:

विद्यार्थीहरूको सहजताका लागि नेपाली दूतावासको appointment system अझ व्यवस्थित बनाउन आवश्यक रहेको चर्चा बैठकमा भयो। SONSIK ले यो प्रणालीलाई अझ प्रभावकारी, विद्यार्थीमैत्री, र छरितो बनाउन सुझाव दिएको छ।

कोरियामा रहेका नेपाली विद्यार्थीहरूको सहयोग तथा समर्थन:

SONSIK ले नेपाली विद्यार्थीहरूले सामना गरिरहेका शैक्षिक, आर्थिक, र सांस्कृतिक चुनौतीहरूबारे प्रकाश पार्दै दूतावास र SONSIK बिच सहकार्य गरेर विद्यार्थीहरूको हितका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना तय गरेको छ।

आगामी योजनामा सहकार्य:

SONSIK र नेपाली दूतावासले कोरियामा रहेका नेपाली विद्यार्थीहरूलाई सचेतना कार्यक्रम, छात्रवृत्ति जानकारी, तथा विभिन्न अवसरहरूको जानकारी प्रदान गर्न सहकार्य गर्ने निर्णय गरेको छ। नेपाली दूतावासले SONSIK द्वारा सञ्चालित सचेतना अभियानहरूमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त तय गरेको छ।

सल्लाहकारहरूको महत्त्वपूर्ण भूमिका:

SONSIK ले बैठकमा उपस्थित सल्लाहकारहरू डा. सिर्जना थापा, डा. कपिल गुरुङ, डा. केशव थापा, र डा. देवी बस्नेतलाई धन्यवाद प्रकट गर्दै उहाहरुको बैठकमा बहुमूल्य सुझाव तथा मार्गदर्शन प्रदान गर्दै नेपाली विद्यार्थीहरूको हितका लागि आवश्यक उपायहरूको बारेमा आफ्नो विचार राख्नु भएकोमा हार्दिक आभार प्रकट समेत गरेको थियो

SONSIK को सक्रिय नेतृत्व:

बैठकमा SONSIK का प्रमुख सदस्यहरू – अध्यक्ष सौरभ चन्द्र, सचिव किरण सुवाल, उपाध्यक्ष सोनाम शेर्पा, उपाध्यक्ष मानसिंह चौधरी, कोषाध्यक्ष शिवकुमार भण्डारी, तथा कार्यसमिति सदस्य अंकित बेलबासे सहभागी हुनु भएको थियो। उहाँहरूको सक्रिय सहभागिताले कोरियामा रहेका नेपाली विद्यार्थीहरूको हितका लागि SONSIK को प्रतिबद्धता स्पष्ट रूपमा देख्न सकिन्थ्यो।

भविष्यका लागि साझा दृष्टिकोण:
बैठक सकारात्मक रूपमा सम्पन्न भयो, जहाँ SONSIK र नेपाली दूतावास दुवैले निरन्तर सहकार्य गर्दै विद्यार्थीहरूको हितमा काम गर्न प्रतिज्ञा गरेका छन्। दुवै पक्षले नेपाली विद्यार्थी समुदायका समस्याहरू समाधान गर्न र व्यावहारिक समाधानहरू खोज्न प्रतिबद्धता जनाए पनि जनाएका छन्।

SONSIK का अध्यक्ष सौरभ चन्द्रले भन्नु भयो, “हामी कोरियामा रहेका नेपाली विद्यार्थीहरूको अधिकार र कल्याणका लागि निरन्तर प्रतिबद्ध छौँ। यो सुरुवात मात्र हो, हामी नेपाली दूतावाससँग सहकार्य गर्दै विद्यार्थीहरूको अनुभव सुधार्न लागिरहनेछौँ।”

SONSIK र नेपाली दूतावासको निरन्तर सहयोग तथा संवादमार्फत, कोरियामा रहेका नेपाली विद्यार्थीहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखिएको छ।

 

SONSIK को बारेमा:

कोरियामा रहेका नेपाली विद्यार्थीहरूको संस्था (SONSIK) एक विद्यार्थी-नेतृत्वमा आधारित संस्था हो, जसले कोरियामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको प्रतिनिधित्व गर्दछ। SONSIK विद्यार्थीहरूका समस्याहरू समाधान गर्न, समुदायको भावना विकसित गर्न, र विभिन्न कार्यक्रम तथा पहलहरू मार्फत आवश्यक सहयोग प्रदान गर्न कार्यरत छ। यो संस्था नेपाली विद्यार्थीहरूलाई कोरियामा समृद्ध र सफल बनाउन आवश्यक स्रोतसाधन तथा समर्थन उपलब्ध गराउने दिशामा निरन्तर क्रियाशील रहेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×