Advertisement
Advertisement

दक्षिण कोरियाको आदिवासी जनजाति महासङ्घ र आबद्ध संस्थाले भन्यो मुक्कुमलुङ(पाथीभरा)मा “नो केवलकार”, प्रेस विज्ञप्ति सहित

Advertisement
Advertisement

विशाल आवाज: ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल मुक्कुमलुङ (पाथिभरा)मा केवलकार निर्माण गर्ने विषयको विवाद चर्किँदै गइरहेको छ। जसका कारण केवलकार निर्माण गर्ने व्यवसायी समूह र पाथिभरालाई मुकुम्लुङका नाममा विशेष आशा राख्ने स्थानीय समूहबीच पर्ने विवादले स्थानीय जनजीवन आक्रान्त बनिरहेको छ। 

ऐतिहासिक महत्त्व बोकेको पवित्र धार्मिक तीर्थस्थललाई प्रभावित पार्ने गरी निजी क्षेत्रले निजी व्यापारिक स्वार्थका लागि सार्वजनिक सम्पत्तिको दुरुपयोग गरी विकासका नाममा विनाशका योजना ल्याउन नहुने स्थानीयको माग छ। तर पाथिभरामा केवलकार बनाएरै छाड्ने पाथिभरा दर्शन केवलकार प्रालीको अडान कायम छ। जसले गर्दा पाथिभरा क्षेत्र तनावग्रस्त बनेको छ। व्यापारिक प्रायोजनको लागि निजी कम्पनीलाई प्राकृतिक सम्पदाको दोहन गराउनु राज्य संयन्त्रको मिलेमतोमा नीतिगत भ्रष्टाचार भएको भन्दै सरकारको नीति नै आफ्नो निकट व्यापारी पोस्ने र नागरिक ठोक्ने भएको स्थानीयको भनाइ छ। 

केवलकार निर्माण गर्न नहुने पक्षमा आन्दोलनरत “नो केवलकार” पक्षसँग एक्यबद्धता जनाउँदै  दक्षिण कोरियामा रहेको आदिवासी जनजाति महासङ्घ दक्षिण कोरिया र सम्बन्ध संस्थाहरूले घोर निन्दा र  भत्सर्ना गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। 

याक्थुङ ( लिम्बु ) समुदायको मुन्धुमी स्थल, किरॉतीहरूको आस्थाको केन्द्र तथा अन्य समुदायहरूले समेत आस्थाको केन्द्रका रूपमा मान्दै आएको ताप्लेजुङको मुक्कुमलुङ पाथीभरामा केवलकार निर्माण गर्न नहुने पक्षमा आन्दोलनरत “नो केवलकार” पक्षको शान्तिपूर्ण आन्दोलनमा राज्यले प्रहरी परिचालन गरी गरेको बर्बर दमनको नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरिया, कोरियामा कृयाशिल सम्पूर्ण जातीय संस्था तथा आदिवासी सम्बद्ध संस्थाहरू घोर निन्दा तथा भर्त्सना गर्दछ भन्दै महासंघले विज्ञप्ति जारी गरेको छ।

विज्ञप्तिमा सरकार एक विशेष व्यवसायीको पक्षमा लागेको देखिनु, स्थानीय आदिवासीहरूको मागलाई वेवास्ता गरि प्रकृतिमाथि दोहन हुनु गम्भीर विषय  भएको र यसप्रति महासंघ गहिरो खेद प्रकट गर्दछ भनी जनाइएको छ। स्थानीय आदिवासी समुदाय तथा “नो केवलकार” पक्षधरमाथि राज्यले गरिरहेको दमन तत्काल रोक्न आदिवासी जनजाति महासंघ दक्षिण कोरिया र आबद्ध सङ्घसंस्थाहरूले जोडदार माग गरेको विज्ञप्तिमा बताइएको छ। साथै, हाल चलिरहेको आन्दोलनप्रति नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरिया, कोरियामा’कृयाशिल सम्पूर्ण जातीय संस्था तथा आदिवासी सम्बद्ध संस्थाहरू ऐक्यबद्ध रहेको समेत विज्ञप्तिमा जानकारी दिइएको छ। विज्ञप्तिमा तत्काल केवलकार निर्माण कार्य स्थगन गरी वार्ताको माध्यमबाट समाधान निकाल्न आग्रह गर्दै आदिवासीहरूको पहिचान,सभ्यता, इतिहास तथा आस्थामा खलल पुर्‍याउने कार्य तत्काल बन्द गर्न अपिल  पनि गरिएको छ। राज्य र केही स्वार्थ समूहहरूले ताप्लेजुङमा शान्तिपूर्ण आन्दोलनमा सहभागी अभियन्ताहरूविरुद्ध गरिरहेको बर्बर तथा अमानवीय कार्य तत्काल रोक्न अनुरोध गर्दै आन्दोलनका क्रममा राज्य र राज्यद्वारा संरक्षित समूहहरूको आक्रमणबाट घाइते भएका योद्धाहरूको शीघ्र‌ स्वास्थ्यलाभको कामना गर्दै, यस अभियानप्रति नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरिया, कोरियामा कृयाशिल सम्पर्ण जातीय संस्था तथा आदिवासी सम्बद्ध संस्थाहरूको गहिरो समर्थन रहेको समेत जानकारी गराइएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×