Advertisement
Advertisement

आदिवासी जनजाति महासङ्घ द्वारा राजदूत तुम्बाहाम्फे समक्ष ज्ञापन पत्र र ध्यानाकर्षण पत्र बुझाए

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेको नेपाल आदिवासी जनजाति महासंघको अगुवाइमा महासङ्घ सँग आबद्ध जातीय संस्थाहरू तथा सम्बन्ध सङ्घ संगठनहरूले नेपालमा भइरहेको मुक्कुमलुङ केवलकार परियोजना सम्बन्धी विवाद र त्यसै क्रममा भएको हस्तक्षेप तथा दमनको विरोधमा आइतबारका दिन दक्षिण कोरियाका लागि नेपाली राजदूत समक्ष ज्ञापनपत्र बुझाएका छन्। 

आइतबारका दिन नेपाली राजदूतावास, दक्षिण कोरियाका महामहिम राजदूत डा. शिवमाया तुम्वाहाम्फे समक्ष, ताप्लेजुङको मुक्कुमलुङ(पाथिभरा)मा निर्माणाधीन केवलकार परियोजनासँग सम्बन्धित विवाद र शान्तिपूर्ण आन्दोलनमा राज्यपक्षद्वारा गरिएको दमन विरुद्ध नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको अगुवाइमा, महासंघ आबद्ध जातीय संस्थाहरू तथा सम्बद्ध संस्थाहरूले संयुक्त रूपमा दूतावास पुगेर ज्ञापन पत्र बुझाएका हुन्। साथै, सोही अवसरमा केही समयअघि आत्महत्याद्वारा मृत्यु भएका तुलसी पुन मगरको प्रकरणमा पनि सो घटनाको छानबिन र न्याय सुनिश्चित गर्न माग गर्दै ध्यानाकर्षण पत्र पनि बुझाएको हो। 

महासंघका संरक्षक लोचन राई र बरिष्ठ उपाध्यक्ष शुभराज भोम्जनको नेतृत्वमा जातीय संस्थाका अध्यक्षहरु, सल्लाहकारहरु तथा अन्य सरोकारवालाहरू समेत उपस्थित थिए। राजदूतले ज्ञापन पत्र बुझ्दै उठाएका विषयहरूलाई नेपाल सरकार समक्ष यथोचित रुपमा प्रस्तुत गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ। 

ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल मुक्कुमलुङ (पाथिभरा)मा केवलकार निर्माण गर्ने विषयको विवाद चर्किँदै गइरहेको छ। जसका कारण केवलकार निर्माण गर्ने व्यवसायी समूह र पाथिभरालाई मुकुम्लुङका नाममा विशेष आशा राख्ने स्थानीय समूहबीच पर्ने विवादले स्थानीय जनजीवन आक्रान्त बनिरहेको छ। 

ऐतिहासिक महत्त्व बोकेको पवित्र धार्मिक तीर्थस्थललाई प्रभावित पार्ने गरी निजी क्षेत्रले निजी व्यापारिक स्वार्थका लागि सार्वजनिक सम्पत्तिको दुरुपयोग गरी विकासका नाममा विनाशका योजना ल्याउन नहुने स्थानीयको माग छ। तर पाथिभरामा केवलकार बनाएरै छाड्ने व्यवसायी चन्द्र ढकालको आइएमइ ग्रुप अन्तर्गत रहेको पाथिभरा दर्शन केवलकार प्रालीको अडान कायम छ। जसले गर्दा पाथिभरा क्षेत्र तनावग्रस्त बनेको छ। व्यापारिक प्रायोजनको लागि निजी कम्पनीलाई प्राकृतिक सम्पदाको दोहन गराउनु राज्य संयन्त्रको मिलेमतोमा नीतिगत भ्रष्टाचार भएको भन्दै सरकारको नीति नै आफ्नो निकट व्यापारी पोस्ने र नागरिक ठोक्ने भएको स्थानीयको भनाइ छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×