Advertisement
Advertisement

Breaking news 1

कोरियाको जेजु एयर दुर्घटनामा एक खर्ब ३९ अर्बको दावी, इतिहासकै महंगो बीमा दावीको सामना गर्दै पुनर्बीमा कम्पनी

कोरियाको जेजु एयर दुर्घटनामा एक खर्ब ३९ अर्बको दावी, इतिहासकै महंगो बीमा दावीको सामना गर्दै पुनर्बीमा कम्पनी

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, भर्खरै, समाचार
  हवाई बीमाको इतिहासमा सर्वाधिक महंगो बीमा दावी भुक्तानी बोईङ ७८७ इथोपियन एयरलाइन्स (२०१९ को दुर्घटना) घट्नालाई लिईन्छ । त्यसपछिको सर्वाधिक महंगो बीमा दावी भुक्तानीको रुपमा हालै कोरियाको मुहान अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो दुर्घट्नामा परेको घट्नालाई हेरिएको छ । वित्तीय अधिकारीहरूले मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जेजु एयरको यात्रुवाहक विमान दुर्घटनाका पीडितहरूको सुरक्षाका लागि बीमाको क्षतिपूर्ति सीमा एक अर्ब डलर नेपाली रुपैयाँ एक खर्ब ३५ अर्ब (करिब १.४७२ ट्रिलियन वोन) तोकिएको बताएका छन् । सो बाहेक जहाजको मूल्य समेतको आधारमा एक खर्ब ३९ अर्ब भन्दा बढि नेपाली रुपैयाँको बीमा दावी पर्ने प्रारम्भिक रुपमा देखिएको छ । यद्यपि दुर्घटनामा निधन भएका पीडित यात्रुका आफन्तहरुको एक्चुरी भ्यालुएशन गराउनु परेमा थप अर्बौ रुपैयाँ बढ्नेछ । कोरियाको चर्चित आर्थिक मिडिया मेल बिजनेस न्यूजपे...
भट्टको नेतृत्वमा सुदूरपश्चिम् समाज कोरियाको नयाँ कार्यसमिति गठन

भट्टको नेतृत्वमा सुदूरपश्चिम् समाज कोरियाको नयाँ कार्यसमिति गठन

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
महेश भट्टको नेतृत्वमा सुदूरपश्चिम् समाज दक्षिण कोरियाको कोरियाको नयाँ कार्यसमिति गठन भएको छ। आइतबार भएको समाजको अठारौं साधारणसभा एवं अधिवेशन मार्फत भट्टको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति गठन भएको हो। कोरियाको राजधानी सौलमा बिहान ११ बजेदेखि कार्यसमितिको १८औ अधिवेशन भएको थियो। अधिवेशनले भट्टलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्दा वरिष्ठ उपाध्यक्षमा गणेश खड्का, उपाध्यक्षद्वयमा डम्बर न्यौपाने, प्रकाश कार्की र रमेश भट्ट, महासचिवमा नवराज तिमिल्सिना, सचीवद्वयमा तिर्थराज पनेरू र कमल बिष्ट कोषाध्यक्षमा झलक बिष्ट, सह-कोषाध्यक्षमा मनोज बोहरा निर्वाचित भएका छन्। जिल्ला संयोजकहरुमा बझाङका लागि भोजराज भट्ट, दार्चुलाका लागि ललित लोथ्याल र बाजुराका लागि जिवित सुनार रहेका छन्।सस्थामा एकदमै सकृय निबर्तमान उपाध्यक्ष बिकास बोहोराले बरिष्ठ  उपाध्यक्षमा उम्मेद्बारी  दिएतापनी सुपको कार्यसमितिमा भने पर्न सकेनन...
दक्षिण कोरियामा १४ दिनमा ३ राष्ट्रपति

दक्षिण कोरियामा १४ दिनमा ३ राष्ट्रपति

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  दक्षिण कोरियाको संसदमा शुक्रबार प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति हान डक-सूविरुद्ध विपक्षी दलले संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताव पारित भएको छ । योसँगै उनी पनि पदमुक्त हुने भएका छन् । यसलाई कार्यवाहक राष्ट्रपति भएको बेला महाअभियोग सामना गर्नुपरेको पहिलो घटना भनिएको छ । तीब्र राजनीतिक उथलपुथलले दक्षिण कोरियाले दुई सातामा तीन राष्ट्रपति पाएको छ । गत मंसिर २९ गते राष्ट्रपति यून सुक योलविरुद्ध महाअभियोग प्रस्ताव पारित भएसँगै डक-सू कार्यवाहक राष्ट्रपति बनेका थिए । महाअभियोगको पक्षमा १९२ मत परेको थियो जुन आवश्यकभन्दा ५१ मत बढी थियो। महाअभियोग प्रस्तावमाथि मतदान हुँदा संसदमा ठूलो हंगामा भएको थियो। सत्ता पक्ष र विपक्षको बीचमा धकेलाधकेलको अवस्था बनेको थियो । सत्तापक्षले मतदान बहिस्कार गरेसँगै कार्यवाहक राष्ट्रपतिविरुद्धको महाअभियोग प्रस्तावको विपक्षमा कुनै मत परेन । अ...
प्रवासी भूतपूर्व विद्यार्थीहरूको सहयोगमा शिवशंकेश्वरका ५१ विद्यार्थीलाई न्यानो वितरण

प्रवासी भूतपूर्व विद्यार्थीहरूको सहयोगमा शिवशंकेश्वरका ५१ विद्यार्थीलाई न्यानो वितरण

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  नेपालमा पछिल्लो समय जाडो बढेसँगै विद्यार्थीहरूलाइ जीवनयापन गर्न कठिनाइ बढ्दै गइरहेको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १२ मा रहेको श्री शिवशंकेश्वर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको जाडो लाइ केहि टेवा पुर्‍याउने उद्देश्यका साथ  हाल विभिन्न देशमा बस्दै आएका भूतपूर्व विद्यार्थीहरूको सहयोगमा न्यानो वितरण गरेको छ।  वडाध्यक्ष गणेशबहादुर तामाङको प्रमुख आतिथ्यतामा विद्यालयमा अध्ययनरत ५१ जना विद्यार्थीलाई न्यानो कपडाका साथ टिसर्ट जुत्ता मोजा वितरण गरेको हो। यसै विद्यालयमा अध्ययनरत हाल विभिन्न देशमा रहेका १६ जना भूतपूर्व विद्यार्थीहरूको आर्थिक सहयोगमा चिसोबाट विद्यार्थीको पठनपाठनमा परेको असरलाई न्यूनीकरण गर्नलाई न्यानो वितरण गरिएको हो।  अध्ययन साथै रोजगारीको सिलसिलामा  हाल दक्षिण कोरिया लगायत विभिन्न देशमा रहेका भूतपूर्व विद्यार्थीहरूको सहयोगमा न्यानो वितर...
फेसबुके नक्कली कोरियन लाहुरेले डिपेन्डेन्टमा लैजान्छु भन्दै २ युवतीबाट ठगे २१ लाख बढी

फेसबुके नक्कली कोरियन लाहुरेले डिपेन्डेन्टमा लैजान्छु भन्दै २ युवतीबाट ठगे २१ लाख बढी

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  आफूलाई कोरियन लाहुरे भन्दै डिपेन्डेन्ट भिसामा लैजाने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप घर भई हाल भक्तपुर बस्दै आएका ३५ वर्षीय साजन मगर भन्ने होमबहादुर मगर रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मगरलाई शुक्रबार भक्तपुरबाट नियन्त्रणमा लिएको हो । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार दुई महिलाले ठगीमा परेको उजुरी दिएका थिए । पीडितका अनुसार साजन मगर सबैभन्दा पहिले सामाजिक सञ्जाल फेसबुकमार्फत महिलाहरूसँग जोडिएका थिए । उनले आफूलाई कोरियन लाहुरे भन्दै बिदामा नेपाल आएको बताउँथे । त्यसपछि प्रेम सम्बन्ध अगाडि बढाई बिहे गरेर डिपेन्डेन्टमा लैजाने भनी विभिन्न बहानामा रकम जम्मा गर्न लगाए । रकम पाएर फरार भएको थाहा पाएपछि पीडित युवतीहरू कार्यालयमा उजुरी दिन पुगेका थिए । यसपछि अनुसन्ध...
कोरियाका कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्रीलाई पनि महाभियोग पारीत

कोरियाका कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्रीलाई पनि महाभियोग पारीत

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री हान देओक सुलाई महाभियोग लगाउने विधेयक राष्ट्रिय सभाको पूर्ण बैठकले पारित गरेको हो । संवैधानिक इतिहासमा राष्ट्रिय सभाबाट महाभियोग लगाएर कार्यवाहक विरुद्धको महाभियोग विधेयक पारित भएपछि वर्तमान राष्ट्रपति पदबाट निलम्बित भएको यो पहिलो पटक हो । प्रधानमन्त्री लाई लगाइएको महाभियोग विधेयक आज दिउँसो भएको पूर्ण बैठकमा ३०० मध्ये १९२ सांसदको उपस्थितिमा १९२ मतले पारित भएको हो । मतदान अघि, राष्ट्रिय सभाका अध्यक्ष वू वोन-सिकले भने कार्यवाहक राष्ट्रपतिलाई महाभियोग लगाउन प्रस्तावको लागि कोरम "राष्ट्रपतिलाई महाभियोग लगाउने जस्तै "दुई तिहाई (२०० सिट)" भन्दा बढी नभै प्रधानमन्त्रीलाई महाभियोग लगाउने जस्तै बहुमत (१५१ सीट) मात्र भए पुग्ने बताएका थिए । सोही अनुसार बिहान बसेको साधारणसभाले मत अस्वीकृत गर्ने निर्णय गरेको सत्ताधरी पार्टीका अधिकांश सदस्य मतदानमा सहभागी भएनन् ।...
कोरियन वन १५ वर्ष यताकै कमजोर

कोरियन वन १५ वर्ष यताकै कमजोर

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
कोरियन वन 2009 को विश्वव्यापी वित्तीय संकट पछि पहिलो पटक सबैभन्दा तल्लो स्तरमा पुगेको छ ।  डलर अझै वलियो हुनु,देशको आर्थिक वृद्धि न्युन र पछिल्लो राजनीतिक घटनाक्रमले यो समस्या आएको हुन सक्ने विज्ञहरुले बताएका छन । बिहान ११ बजेसम्म, कोरियाली वोन प्रति डलर १,४४९.५ मा व्यापार भइरहेको थियो र ३:३० बजे सम्म कोरियन वोन प्रति डलर १,४६४.८ मा मापन गरिएको थियो । यो मार्च 16, 2009 मा रेकर्ड गरिएको 1,488 वोन पछिको सबैभन्दा कम स्तर हो। डिसेम्बर 3 मा राष्ट्रपति युन सुक येओलले अल्पकालीन मार्शल ल घोषणा गरेपछि स्थानीय मुद्रा ग्रीनब्याकको बिरूद्ध विशेष रूपमा कमजोर भएको थियो। त्यसबेलादेखि 1,430 स्तरको वरिपरि रहेको थियो। फेडरल ओपन मार्केट कमिटी (FOMC) ले बुधबार (अमेरिकी समय अनुसार) आफ्नो बेन्चमार्क ब्याजदर एक चौथाई प्रतिशतले घटाएर ४.२५ देखि ४.५० प्रतिशतको दायरामा ल्याएको छ । अर्थमन्त्री चोई सा...
दक्षिण कोरियाका लागि नेपाली महामहिम राजदूत शनिबार दक्षिण कोरिया आइपुग्नुहुँदै

दक्षिण कोरियाका लागि नेपाली महामहिम राजदूत शनिबार दक्षिण कोरिया आइपुग्नुहुँदै

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
विशाल आवाजःदक्षिण कोरियाका लागि नवनियुक्त महामहिम राजदूत डा.शिवमाया तुम्बाहाङ्फे यही शनिबार अथवा डिसेम्बर २८ तारिखका दिन बिहान ‌१०:३० बजे दक्षिण कोरिया आइपुग्नुहुने भएको छ।  नेपाल सरकारका पूर्वमन्त्री तथा पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे नेपाल सरकारद्वारा दक्षिण कोरियाका लागि महामहिम राजदूतमा नियुक्त भई आफ्नो कार्यभार सम्हाल्न ३ सदस्य टोली सहित शनिबार इन्छन् अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुहुने भएको हो।  महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेले  पुस ८ गते औपचारिक रूपमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रपतिको कार्यालय महाराजगंजमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको  हो।  महामहिम राजदुतको स्वागत स्वरुप आइतबार संयुक्त राजनीतिक दलको तर्फबाट स्वागत कार्यक्रम समेत राखिएको छ। तेह्रथुम जिल्लामा सन १९६४ मा जन्मनुभएर झाप...
दक्षिण कोरिया सरकार नै जोडी खोजिदिने डेटिङ’ कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरिया सरकार नै जोडी खोजिदिने डेटिङ’ कार्यक्रम आयोजना गर्दै

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
विश्वका अन्य देशहरूजस्तै दक्षिण कोरियामा पनि विवाहका लागि जोडी खोजिदिने निजी कम्पनीहरू सञ्चालनमा रहेको धेरै भइसक्यो। अब भने त्यहाँको सरकारले नै युवायुवतीलाई भेट गराई विवाहतर्फ अगाडि बढाउने उद्देश्यले ‘डेटिङ’ कार्यक्रम आयोजना गर्न थालेको छ। अत्यधिक न्यून प्रजनन र विवाहदरसँग जुधिरहेको दक्षिण कोरियामा जोडीहरूबीच हुने भेटवार्ताले नयाँ बाटो अपनाएको छ। दक्षिण कोरिया हाल ‘विवाह र जन्मदर’ संकटको सामना गर्दैछ। विश्वमै सबैभन्दा कम प्रजनन दर रहेको यस देशमा महिलाको औसत प्रजनन दर ०.७२ मात्र छ। विवाह दर घट्दै गएपछि सरकारले यो समस्यालाई समाधान गर्न कदम चालेको छ।बीबीसीका अनुसार दक्षिण कोरियामा विवाह दर ऐतिहासिक रूपमा न्यून बिन्दुमा पुगेको छ। सन् २०२३ मा एक दशकअघिको तुलनामा विवाह ४० प्रतिशतले घटेको देखियो। त्यहाँका युवा पुस्तामा विवाह ढिला गर्ने वा विवाह नगर्ने प्रवृत्ति बढिरहेको छ। साथै, प्रजनन ...
सलनालमा हुने ओखलढुङ्गा सेवा  समाजको “ओखलढुङ्गा नाइट म्युजिकल इभेन्ट”  को पोस्टर सार्बजनिक

सलनालमा हुने ओखलढुङ्गा सेवा समाजको “ओखलढुङ्गा नाइट म्युजिकल इभेन्ट” को पोस्टर सार्बजनिक

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरञ्जन, समाचार
  विशाल श्रेष्ठ/दक्षिण कोरिया: कोरियन नयाँ वर्ष सलनालको अवसरमा ओखलढुङ्गा सेवा समाज दक्षिण कोरियाद्वारा जनवरी २९  तारिख  आयोजना हुन लागेको “ओखलढुङ्गा नाइट म्युजिकल इभेन्ट” को पोस्टर आइतबारका दिन सौलमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ। पूर्वी नेपाल समाज दक्षिण कोरियाको समन्वय तथा पूर्वी नेपाल समाज अन्तर्गतका संस्था हरूको सहकार्यमा सलनालको दोस्रो दिन जनवरी २९ तारिख बुधबारका  हुने “ओखलढुङ्गा नाइट म्युजिकल इभेन्ट” को पोस्टर आइतबारका दिन दोङ्देमुन स्थित  पूर्वी नेपाल समाज दक्षिण कोरियाको  हलमा विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थितिमा सार्बजनिक गरेको हो।   आयोजकले नेपालका चर्चित ख्याति प्राप्त राष्ट्रिय कलाकार गायिका आस्था राउतको  साथमा कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। सउल स्थित 성동 나이트클럽 मा नेपालबाट आमन्त्रित कलाकार आस्था राउतसँगै डिजे रमेश र स्थानीय कलाकारह...