Advertisement
Advertisement

भिसा लागेर पनि कोरिया उड्न नपाएको भन्दै युवाहरूले गरे इपिएस कार्यालय घेराउ

Advertisement
Advertisement

 

युवाहरूले दक्षिण कोरिया जान नपाएको भन्दै ललितपुर ग्वार्कोस्थित रोजगार अनुमति प्रणाली (इपिएस) कार्यालय घेराउ गरेका छन्।

सोमबार उनीहरूले कार्यालय घेराउ गरेका हुन्।

भिसा लागेर पनि टिकट अभावमा कोरिया जान नपाएको तथा भाषा उत्तीर्ण गरेको लामो समय भइसक्दा पनि कोरिया जान नपाएको लगायत गुनासो लिएर उनीहरू इपिएस कार्यालय घेराउ गर्न पुगेका हुन्। 

कार्यालय अगाडि भेटिएका इपिएस पासर प्रकाश शर्माले भिसा अवधि सकिन लागिसक्दा पनि टिकटको टुंगो नलागेकाले आफूहरू बाध्य भएर कार्यालयलाई घच्घच्याउन आएको बताए। ‘मैले २०२४ मा उत्पादनमूलक क्षेत्र तर्फ भाषा परीक्षा पास गरेको हुँ। २०२४ सेप्टेम्बरमा इस्यु भएर अक्टोबरमा सिसिबिआई आइसकेको छ। भिसा लागेको पनि तीन महिना बित्न लागिसक्यो तर टिकटको टुंगो लागेको छैन,’ उनले भने। 

एक पटकमा २५ देखि ३० जनाको मात्रै टिकट भइरहेको भिसा अवधि सकिन लागेका १५ सयभन्दा बढी युवाहरू रहेको उनले बताए।

‘तीन महिनामा हामी जान सकिएन भने हाम्रो नाम रोस्टरबाट हट्छ। त्यसपछि एक वर्ष हामी कोरिया छिर्न पाउँदैनौं हाम्रो एक वर्ष बर्बाद हुन्छ,’ उनले भने।

इपिएस कार्यालयका शाखा अधिकृत कमलराज श्रेष्ठले भिसा लागेर पनि जान नपाउने समसस्या रहेको स्वीकार गरे।
‘भिसा लागेर पनि जान नपाउने समस्या विगतका दिनमा कम थियो। अहिले कोरिया जाने कामदार पठाउने एयरलाइन्सको पहिलाको टेन्डर सकिएको र नयाँ प्रक्रिया सुरू भएको कारणले गर्दा त्यसको प्रभाव परेको हो,’ उनले भने।

समस्या समाधानका लागि कार्यालयले पहल गरिरहेको पनि उनले बताए। शाखाअधिकृत श्रेष्ठका अनुसार १५ सयभन्दा बढी युवाहरू अहिले भिसा लागेर पनि उड्न पाएका छैनन्। 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Wincrown Caribbean Stud Poker Strategy

ContentsUnderstanding the Basic Rules of Caribbean Stud PokerAchieving the Perfect Caribbean Stud Poker StrategyWhen to Consider t...

Google Pay Deposits on Kingia: Supported Countries

Contents1. What is Google Pay and Why Use It at Kingia?2. Step-by-Step Guide to Making a Google Pay Deposit3. Supported Countries ...

VipLuck Bonus de Bienvenue Expiration: Ne le Perdez Pas à Cause du Temps

SommaireComprendre les Conditions de Délai du Bonus VipLuckLes Étapes pour Utiliser Votre Bonus Avant ExpirationStratégies pour Re...

Desktop versus mobile experience at maxwin casino online for live dealer blackjack tables

Live dealer blackjack has become the gold standard for online casino realism, but the platform you choose to play it on can dr...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×