Advertisement
Advertisement

Breaking news 1

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव्य सुवनमा आइतबारका दिन रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट कमान सिंह राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो। नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा कमान सिंह राई चयन हुँदा वरिष्ठ उपाध्यक्षमा खिम केसी, उपाध्यक्षमा निकेस आले मगर र स्वीकार राई चयन भएका छन्। त्यसैगरी, महासचिवमा मौसम सोमारे मगर, सचिवमा सुमन रोका र भला तामाङ, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ तथा सह-कोषाध्यक्षमा रबिन भट्टराई चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा रोहित लामा, हरि टमाटा, माधव अर्याल, मोहन बिक्रम शाही, सुरेन्द्र ढकाल, देथ थकुरी, राजन थापा, जीवन मगर, हरि आचार्य, सिद्धार्थ केसी, बैकुण्ठ अर्याल र लोकेन्द्र फौजा मगर चयन भएका छन्। संगठनको सल्लाहकार समितिमा वरिष्ठ सल्लाहकारका रूपमा ...
रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो मिति २०२६ अप्रिल २६ तारिखका दिन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो। नयाँ कार्यसमितिको उपप्रमुखमा चन्द्रकान्त भुसाल चयन हुनुभएको छ भने सचिवको जिम्मेवारी प्रवेश पाण्डेले सम्हाल्नुहुनेछ। त्यसैगरी कोषाध्यक्ष पदमा अर्जुन खनाल चयन हुनुभएको छ। सदस्यहरूमा दुर्गा मगर, रामकृष्ण राई, शंकर मगर, जनक पंगेनी तथा कालुराम कुश्मी चयन हुनुभएको छ। नवगठित कार्यसमितिले फाजु क्षेत्रमा रहेका नेपाली समुदायको हकहित संरक्षण, आपसी एकता अभिवृद्धि तथा सामाजिक, सांस्कृतिक र सेवामूलक गतिविधिहरूलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। अधिवेशन सम्पन्न भएसँगै फाजु क्षेत्रमा रहेका नेपालीहरूबीच सहकार्य, सद्भाव र एकताको भावना अझ...
मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। पूर्वी नेपाल समाज दक्षिण कोरियाको आयोजना तथा सुवन नेपाली समाजको बिशेष सहयोग र पूर्वी नेपाल समाज अनर्गतका सस्था हरुको सह आयोजनामा हुन लागेको उक्त कार्यक्रम मे २ सुवनमा सञ्चालन गरिने आयोजकले जनाएको छ। कार्यक्रममा चर्चित गायक तथा कलाकारहरूको प्रस्तुति रहनेछ। मन्दिरा नेम्बाङ, सुनिल गुरुङ, प्रदीप राई, मनोज चाम्लिङ, जितेन्द्र सुनुवार,रबिन रेगम, भूपेन लिम्बु,सुजन कार्कि लगायतका गायकहरूको सांगीतिक प्रस्तुति रहनेछ भने प्रिन्स चौहान, आयुष उप्रेती, दिया खड्का र गोपिका नेपालजस्ता कलाकारहरूले नृत्य प्रस्तुत गर्नेछन्। साथै DJ NWEEEN ले पनि विशेष प्रस्तुति दिनेछन्। यस कार्यक्रममार्फत प्रवासमा रहेका नेपालीहरूबीच आपसी एकता, संस्कृति र पहिचानलाई अझ मजबुत बनाउने उद्देश्य...
दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा नेपाली समुदायबीच भलिबलको उत्साह बढ्दै जाँदा यस वर्षको पहिलो ठुलो प्रतियोगिता “पाथीभरा भलिबल कप २०२६” हुने भएको छ।कोशी प्रदेशको धार्मिक आस्थाको केन्द्र पाथीभरा माई को नामबाट स्थापित पाथीभरा भलिबल क्लबले प्रतियोगिता आगामी मे ३ तारिखका दिन Ajou University मा सञ्चालन गर्ने भएको हो। प्रतियोगितामा प्रथम हुनेले २२ लाख वन (ट्रफी, मेडल र प्रमाणपत्र ) द्वितीय हुनेले १२ लाख वन (ट्रफी, मेडल र प्रमाणपत्र) तथा तृतीय हुनेले ८ लाख वन सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई १ लाख वन (मेडल र प्रमाणपत्र) प्रदान गरिनेछ। उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर र उत्कृष्ट लिबेरोलाई जनही ५० हजार वन सहित मेडल र प्रमाणपत्र सहित प्रदान गरिने आयोजकले जनाएको छ। टिम दर्ता शुल्क ३ लाख ५० हजार वन तोकिएको छ भने टिम दर्ताको अन्तिम मिति ...
फेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली कमिटिद्वारा नयाँ वर्ष २०८३ विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

फेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली कमिटिद्वारा नयाँ वर्ष २०८३ विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको फ्यङ्गन्थेक क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले नेपाली नयाँ वर्ष २०८३ लाई उत्साह, उमंग र सांस्कृतिक झल्कोसहित भव्य रूपमा स्वागत गरेका छन्। फेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टरको नेपाली समितिको आयोजनामा अप्रिल १८ तारिख शनिबार आयोजित “शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको हो। “प्रवासमा रहेर पनि आफ्नो भाषा, धर्म र संस्कृतिलाई बिर्सनु हुँदैन” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा फ्यङ्गन्थेक तथा आसपासका क्षेत्रबाट उल्लेखनीय संख्यामा नेपालीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले एकअर्काबीच नयाँ वर्षको शुभकामना साटासाट गर्दै आत्मीयतापूर्ण वातावरणमा पर्व मनाएका थिए। कार्यक्रमको मुख्य आकर्षणका रूपमा लोकप्रिय गायक सन्जिभ सेन, नारायण पौडेल, समीर तामाङ र केशव राज अर्याललगायत कलाकारहरूले आफ्नो सुमधुर सांगीतिक प्रस्तुति दिएका थिए। उनीहरूको प्रस्तुतिले...
मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरियाको ८ औं अधिवेशन सफलतापूर्वक सम्पन्न,  बिक्रम गिरिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरियाको ८ औं अधिवेशन सफलतापूर्वक सम्पन्न, बिक्रम गिरिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
मोक्पो साम्हो साझा चौतारीको ८ औं अधिवेशन सम्पन्न भएसँगै नयाँ कार्यसमिति चयन गरिएको छ। सन् २०२६ अप्रिल १९ मा सम्पन्न अधिवेशनबाट संस्थाको नेतृत्वमा बिक्रम गिरि अध्यक्षमा निर्वाचित भएका छन्। नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा भुपेन्द्र फागो चयन हुँदा उपाध्यक्षहरूमा विजय घिसिङ, मनसुन खड्का र नवीन गैरे निर्वाचित भएका छन्। त्यसैगरी महासचिवको जिम्मेवारी कुशल गुरागाइले पाएका छन् भने सचिवमा सन्जु तामाङ चयन भएका छन्। सह–सचिवमा राकेश कार्की, कोषाध्यक्षमा मिलन बगाले र सह–कोषाध्यक्षमा जीवन मगर निर्वाचित भएका छन्। यसैगरी, अधिवेशनबाट १७ सदस्यीय कार्यसमिति पनि चयन गरिएको छ। सदस्यहरूमा प्रकाश बिष्ट, अभिसेक नागरी, मोहन सिंह भाट, शसिधर भण्डारी, अनुश तामाङ, कमान सिंह तामाङ, रबि पौडेल, ओमकार थापा, युवराज पाण्डे, शिवराज फुयाल, आशोक कुमार सिंह, सृजना महर्जन, गोपाल लिम्बु, प्रवास गौतम, नारायण शर्मा, अभिषे...
सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको छैठौं अधिवेशन सम्पन्न, उद्धव नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको छैठौं अधिवेशन सम्पन्न, उद्धव नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
आपसी सद्भाव, सहयोग र सदाचार सिन्धुपाल्चोक बासी मिलनको आधार भन्ने मुल नारा लिएर सन् २०१४ मा स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको छैठौं अधिवेशन आइतबार सौलको दोङ्देमुनस्थित नेपाली थाई रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ। 𝐍𝐑𝐍𝐀 𝐊𝐎𝐑𝐄𝐀 का अध्यक्ष पार्वती मोक्तानको प्रमुख आतिथ्यतामा सस्थाका अध्यक्ष राजु लामाको सभाध्यक्ष र कोरियामा रहेका बिभिन्न संघ सस्थाको प्रतिनिधि लगायतको उल्लेख्य उपस्थितिमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनबाट अध्यक्षमा उद्धव नेपाल खत्री चयन भएका छन्। यसैगरी, वरिष्ठ उपाध्यक्षमा सोनाम शेर्पा, उपाध्यक्षमा वसन्त थापा र सन्तोष लुइँटेल चयन भएका छन्। महासचिवको जिम्मेवारी भुवन दाहालले पाएका छन् भने कोषाध्यक्षमा सुरज श्रेष्ठ र सह-कोषाध्यक्षमा गणेश श्रेष्ठ चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा सन्तोष आचार्य, अविनाश तिमल्सिना, स्याङ्बो शेर्पा...
नयाँ वर्ष २०८३ मा ‘दिल बस्यो’ सार्वजनिक, गायक अमृत विश्वकर्माको सांगीतिक पुनरागमन

नयाँ वर्ष २०८३ मा ‘दिल बस्यो’ सार्वजनिक, गायक अमृत विश्वकर्माको सांगीतिक पुनरागमन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
नयाँ वर्ष २०८३ को अवसर पारेर गायक तथा सर्जक अमृत विश्वकर्माले आफ्नो नयाँ गीत ‘दिल बस्यो’ सार्वजनिक गर्दै सांगीतिक क्षेत्रमा पुनरागमन गरेका छन्। करिब १२ वर्षपछि संगीतमा फर्किएका विश्वकर्माले दर्शक–श्रोतामाझ नयाँ सांगीतिक उपहार प्रस्तुत गरेका हुन्। पर्वत जिल्लामा जन्मिएका विश्वकर्माले आफ्नै रचना र संगीतमा तयार पारिएको ‘दिल बस्यो’ गीत बजारमा ल्याएका हुन्। गीतमा चर्चित संगीत संयोजक HBN KISMAT (एच.बि.एन. किस्मत) को संयोजन रहेको छ। उक्त गीत ONE DB HD (The Next Level) स्टुडियोमा रेकर्ड गरिएको हो। रेकर्डिङमा राज खड्काको भूमिका रहेको छ भने व्यवस्थापन कुमार विश्वकर्माले गरेका छन्। मिक्सिङ तथा मास्टरिङ स्वयं किस्मतले गरेका हुन्। गीतमा गायिका देवी घर्ति मगरले अमृत विश्वकर्मालाई स्वरमा साथ दिएकी छन्। गीतको भिडियो पनि दर्शकले मन पराइरहेका छन्। सार्वजनिक भएको छोटो समयमै, एक हप्ताभित्रै, भिडियोले एक...
मे २ तारिख सउलमा जितु लोप्चनको धमाकेदार प्रस्तुतिको साथमा SELO NIGHT -2 हुदै

मे २ तारिख सउलमा जितु लोप्चनको धमाकेदार प्रस्तुतिको साथमा SELO NIGHT -2 हुदै

Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको राजधानी सौलमा यही मे २ तारिखका दिन चर्चित गायिका जितु लोप्चनको धमाकेदार प्रस्तुति रहने गरी ‘सेलो नाइट–२’ आयोजना हुने भएको छ। ‘दि आगानी ब्यान्ड’को प्रस्तुतिमा आयोजना हुन लागेको यस सांगीतिक कार्यक्रममा नेपाली दर्शकहरूका लागि विशेष मनोरञ्जनको तयारी गरिएको आयोजकले जनाएको छ। मे २ तारिक शनिबार राति ८ बजेदेखि बिहान ४ बजेसम्म डिजे रमेशको ननस्टप डिजे म्युजिकको साथमा चल्ने सेलो नाइट २ कार्यक्रममा जितु लोप्चनको लाइभ प्रस्तुति मुख्य आकर्षण रहनेछ। साथ स्थानिय कलाकार हरु र डीजे रमेसको संगीत मार्फत माहोल थप उत्साहित बनाउनेछन्। कार्यक्रम सैलको दोङदेमुन बाटै नजिकै रहेको र दोङदेमुन बाट बसको समेत ब्यबस्था गरेको हुदा नेपाली समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार कार्यक्रममा सेलो ,आधुनिक तथा लोक–संस्कृतिको मिश्रण प्रस्तुत गरिनेछ, जसले दर्शकलाई रातभर झुमाउने विश्व...
दक्षिण कोरियाको जेजु टापुमा मे ३ तारिख किरात समुदायको महान पर्व उभौली साकेला ५०८६ भव्य रूपमा मनाइने

दक्षिण कोरियाको जेजु टापुमा मे ३ तारिख किरात समुदायको महान पर्व उभौली साकेला ५०८६ भव्य रूपमा मनाइने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको जेजु टापु मा किरात समुदायको महान पर्व उभौली साकेला भव्य रूपमा मनाइने भएको छ। किरात राई यायोक्खा गणतन्त्र कोरिया, जेजु शाखाको आयोजनामा “यलेदुङ ५०८६ उभौली साकेला नाच तथा शुभकामना आदान–प्रदान कार्यक्रम–२०२६” मे ३ तारिखका दिन आयोजना हुने जानकारी दिइएको छ। कार्यक्रम जेजु 명신 1길 11 (KCTU हल) मा बिहान ११ बजेदेखि बेलुका ५:३० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रममा किरात राई समुदायको मौलिक सांस्कृतिक नाच साकेला प्रस्तुत गरिनुका साथै आपसी भेटघाट, शुभकामना आदान–प्रदान र सांस्कृतिक पहिचान प्रवर्द्धनमा जोड दिइनेछ। आयोजक संस्थाले दक्षिण कोरियामा रहेका सम्पूर्ण किराँती तथा गैर–किराँती नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक निमन्त्रणा दिएको छ। उभौली साकेला किरात समुदायको महत्वपूर्ण पर्व हो, जसले प्रकृति, भूमि र कृषि चक...