Advertisement
Advertisement

Breaking news 1

कोरियाको इपिएस प्रणाली धरापमा पर्दै छ – राजु श्री

कोरियाको इपिएस प्रणाली धरापमा पर्दै छ – राजु श्री

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
राजु श्री /कोरिया  :सबै नेपाली हरुको ध्यान दशै तिहार जस्ता ठुला चाडबाडमा केन्द्रित हुदा बर्तमान सरकार र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि २०८० को पहिलो संशोधन गरेर ई–७ भिसामा म्यानपावर मार्फत श्रमिक कोरिया पठाउन दिने व्यवस्था ल्याएका छन् । यो ब्यबस्था ल्याए सगै निष्पक्ष रुपमा हुँदै आएको इपिएस प्रणाली लगभग धरापमा पर्ने निश्चित भएको छ । मेहनत गरेर भाषा पास गरेर कोरिया जाने धेरै नेपाली युबा बर्गको सपनामा तुषारापात आउने देखिदै छ । अब केही समय भित्रै भाषा पास गर्ने भन्दा दलाल लाई २०/२५ लाख रुपैया बुझाउन सक्ने हरु छिटो कोरिया भित्रिने सम्भबना बढेर गएको छ । अब कोरियाका ठुला तथा मझौला कम्पनी हरु ले सिधै म्यानपावर मार्फत आफुलाइ आबश्यक परेका नेपाली कामदार लैजान पाउनेछन् । त्यसो हुदा नेपाली युबाहरुले दलाल र बिचौलियाल...
बागलुङ समाज दक्षिण कोरियाको एघारौँ अधिवेशन डिसेम्बर ८ तारिखमा

बागलुङ समाज दक्षिण कोरियाको एघारौँ अधिवेशन डिसेम्बर ८ तारिखमा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था बागलुङ समाज दक्षिण कोरियाले आफ्नो एघारौँ अधिवेशन डिसेम्बर ८ तारिखका दिन सउलमा गर्ने भएको छ। “प्रवासी भूमिमा बाग्लुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता आपत्कालीन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भने मुल नारा लिएर सन् २००१ मा कोरियामा रहेका बाग्लुङ्गे हरु मिलेर स्थापना भएको बाग्लुङ समाज दक्षिण कोरियाको दशौ कार्यसमिति, संरक्षक, सल्लाहकार सहित सुवनमा बसेको भौतिक बैठकबाट समाजको एघारौँ अधिवेशन डिसेम्बर ८ तारिख आइतबारका दिन सउलमा ११ बजे गर्ने निर्णय गरेको हो। ११ औं अधिवेशनमा उम्मेदवारी दिन र अधिवेशन प्रतिनिधि बन्नका लागि समाजको आजीवन तथा साधारण सदस्य अनिवार्य रूपमा लिनुपर्ने भएकोले डिसेम्बर १ तारिख भित्रमा दक्षिण कोरियामा रहनुभएका बाग्लुङबासी दाजुभाई तथा दिदीबहिनीहरू सम्पूर्णमा समाजको सदस्यता लिनुहुनका लागि समाजले हार्दिक अनुरोध समेत ग...
सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको दशौ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको दशौ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय संस्था सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले आफ्नो दशौँ वार्षिक उत्सव आइतबारका दिन दोङ्देमुनमा भव्यताका साथ सम्पन्न गरेको छ। “आपसी सहयोग, सद्भाव र सदाचार सिन्धुपाल्चोकबासी मिलनको आधार” भन्ने मूल नाराका साथ सन् २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले आइतबारका दिन सउलको दोङ्देमुन स्थित नेपाली थाइ रेस्टुरेन्टको सभाहलमा आफ्नो संस्थाको दशौं वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो। नेपाली राजदूतावास दक्षिण कोरियाका द्वितीय सचिव सूर्य थापाको प्रमुख आतिथ्यतामा सम्पन्न १० औ वार्षिक उत्सव कार्यक्रममा MTU - Migrants' Trade Unionअध्यक्ष उदय राई, NRNA दक्षिण कोरियाको उपाध्यक्ष तारा पुन मगर, बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको अध्यक्ष बीपी पौडेल, जनजाति महासंघ अध्यक्ष बिसन राई, नेपाली सम्पर्क समिति कोरियाको वरिष्ठ उपाध्यक्ष हर्क बिष्ट, नेपाल...
तमू धीं दक्षिण कोरियाले नोभेम्बर १० मा रजत जयन्ती समापन समारोह गर्ने

तमू धीं दक्षिण कोरियाले नोभेम्बर १० मा रजत जयन्ती समापन समारोह गर्ने

Breaking News, Breaking news 1, जानकारी, धर्म सस्कृति, भर्खरै
विशाल आवाजःकोरियास्थित सक्रिय जातीय संस्था तमू धीं दक्षिण कोरियाले नोभेम्बर १० तारिख सउलमा  आइटिसीको संस्थापक अध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यतामा रजत जयन्ती समापन समारोह गर्ने भएको छ। आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा गत अगष्ट ३ र ४ तारिकमा सउलमा भव्य कार्यक्रम गरि संस्थाले रजत जयन्ती मनाएको थियो। अन्तर्राष्ट्रिय तमु परिषद् आइटिसीको संस्थापक अध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यतामा नोभेम्बर १० तारिखका दिन दोङ्म्यो आफ स्टेशन ३ नम्बर गेट बाट ३०० मिटर अगाडि रहेको 진형 भवनको दशौँ तल्लामा दिउसो १२ बजेबाट रजत जयन्ती समापन समारोह कार्यक्रम आयोजना गर्ने भएको हो।  तमू भाषा, लिपि,भेषभुषा संस्कार र संस्कृतिको संरक्षण गर्दै आपसी सद्भाव र एकताको साथै कोरियाबासी तमुहरूलाई आइपर्ने विभिन्न समस्याहरू समाधान गर्ने उद्देश्यले स्थापित कोरियाबासी तमुहरूको साझा र स्वायत्त संस्था तमू धीं दक्षि...
किरात याक्थुङचुम्लुङ दक्षिण कोरियाको १३औ महाधिवेशन सम्पन्न, अध्यक्षमा विनोद सौदेन

किरात याक्थुङचुम्लुङ दक्षिण कोरियाको १३औ महाधिवेशन सम्पन्न, अध्यक्षमा विनोद सौदेन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:दक्षिण कोरियामा सक्रिय जातीय संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १३ औ महाधिवेशन दोङ्देमुन स्थित पूर्वी नेपाल को सभाहलमा सम्पन्न भएको छ। १३औं महाधिवेशनबाट बिनोद सौदेनको नेतृत्वमा २८ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।  दक्षिण कोरियामा सक्रिय रूपमा क्रियाशील सामुदायिक जातीय समाजिक उत्तरदायित्वको हिसाबले अब्बल ठहरिएको आफ्नो अलग्गै २४ वर्षे इतिहास बनाउन सफल लिम्बु जातिहरूको सर्वोच्च संस्था किरात याक्थुम चुम्लुङ दक्षिण कोरियाको आइतबार भएको १३औं ऐतिहासिक महाधिवेशनबाट विनोद सौदेन लिम्बुलाइ अध्यक्ष चयन गर्दै २८ सदस्य नयाँ कार्यसमिति गठन गरिएको हो।सन्तोष मादेनको संयोजकत्वमा शुन्दरदिप आङ्देम्बे, मिराक पन्दाक(अग्नी), र पबित्रा थेबे सदस्य रहेको निर्वाचन मण्डलले‌ नयाँ कार्यसमितिमा विनोद सौदेनको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा मनोज मादेम्बा,उपाध्यक्षमा बिरेन लिङदेन ,माङ्सालुङमा तुम्ब...
कास्की परिवार दक्षिण कोरियाले सलनालमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने

कास्की परिवार दक्षिण कोरियाले सलनालमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियाको नयाँ वर्ष सलनालको अवसरमा गण्डकी प्रदेश समाज अन्तर्गतको कोरियामा सक्रिय कास्की परिवार दक्षिण कोरियाले बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। आइतबारका दिन  दोङ्देमुनमा रहेको शुभेच्छा रेस्टुरेन्टको सभाहलमा भएको गण्डकी प्रदेशमा दक्षिण कोरियाको पूर्ण भौतिक बैठकबाट सर्वसम्मत रूपमा  कास्की परिवार दक्षिण कोरियाले सलनालको पावन अवसरमा कार्यक्रम गर्ने अनुमति पाएको हो। गण्डकी प्रदेश समाज दक्षिण कोरियाको सल्लाहकार,संस्थापक र पूर्व जिल्ला अध्यक्ष हरु समेतको उपस्थितिमा सम्पन्न गरिएको बैठकमा गण्डकी प्रदेश अन्तर्गतका सबै जिल्लाहरूको सर्वसम्मत निर्णयमा कास्की परिवार दक्षिण कोरियालाइ सलनालमा कार्यक्रम गर्ने अनुमति दिइएको कास्की समाजका अध्यक्ष सन्तोष पौडेलले विशाल आवाज लाइ बताउनुभएको छ। बैठकमा सलनालमा हुने कार्यक्रम बाँडफाँडसँगै लमजुङ परिवार दक्षिण कोरियाले आयोजना गरे...
नोन्सानको सुविधा सम्पन्न हल मेगाबक्समा नोवेम्बर २ तारिक प्रदर्शन हुदै ‘१२ गाउँ’

नोन्सानको सुविधा सम्पन्न हल मेगाबक्समा नोवेम्बर २ तारिक प्रदर्शन हुदै ‘१२ गाउँ’

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
  विशाल आवाज: हाल नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको नोन्सानमा रहेको सुविधा सम्पन्न हल मेगाबक्समा पनि नोवेम्बर २ तारिख शनिबारका दिन प्रदर्शन हुने भएको छ। नेपालमा प्रदर्शनको दश दिनमै १० करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको नोन्सानमा पनि शुभ दीपावली-२०८१ को पावन अवसर पारि नोन्सान नेपाली समाज दक्षिण कोरियाले नेपालमा बाढी पिडितहरुको सहयोगार्थको निम्ति प्रदर्शन गर्न लागेको हो। 충남 논산시 중앙로 255 [메가박스 논산] नोन्सानमा रहेको सुविधा सम्पन्न हल मेगाबक्समा नोवेम्बर २ तारिख शनिबारका दिन साँझ ७ बजे प्रदर्शन हुनेछ । यसैगरी चलचित्र ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप २५ ००० वन दिनुपर्ने आयोजकले जनाएको छ। नोन्सानमा विभिन्न कार्यक्रमहरू गरिसकेको संस्थाले आफ्नो स्थापना कालदेखि नै विभिन्न...
सुवनको मेगाबक्समा प्रदर्शन हुने ‘१२ गाउँ’ को टिकट सबै सोल्ड आउट

सुवनको मेगाबक्समा प्रदर्शन हुने ‘१२ गाउँ’ को टिकट सबै सोल्ड आउट

Breaking News, Breaking news 1, जानकारी, ट्रेन्डिङ, भर्खरै, समाचार
विशाल आवाज: यहि अक्टोबर २७ तारिखका दिन सुवनको मेगाबक्समा प्रदर्शन हुन लागेको चलचित्र ‘१२ गाउँ’ को टिकट सबै प्रदर्शन हुनुभन्दा तीन दिन अगाडि नै सोल्ड आउट भइसकेको छ। नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ सुवन सो को अनलाइन टिकटको बुकिङ अक्टोबर १८ देखि खुला गरिएको थियो । अक्टोबर २३ मा प्रदर्शन हुने चलचित्रको प्रदर्शन हुनु तीन दिन अगाडि नै सबै टिकट अनलाइन मार्फत अग्रिम बुकिङ भइसकेको हुनाले चलचित्रको अनलाइन र अफलाइन टिकट सबै बन्द गरेको आयोजकले जनाएको छ । यसैगरी टिकट बुकिङ गरिसक्नुभएकाहरूले २७ तारिख बिहान ११ बजेदेखि ११:३० बजे भित्र हलमा उपस्थित भइदिनुहुन अनुरोध गर्दै आयोजकले चलचित्र प्रदर्शन स्थलमा आएर टिकट लिएर फिल्म हेर्ने सोच बनाउनुभएको दर्शकहरु प्रति पर्न गएको असुविधा प्रति माफी समेत मागेको छ। नेपालमा प्रदर्शनको दुइ हप्तामै १...
रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
कास्की । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । अदालतले यसअघि दिएको ६ दिनको म्याद सकिएसँगै आज प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।  सूर्यदर्शन सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि प्रहरीले उनलाई काठमाडौँबाट पक्राउ परेर पोखरा ल्याएको थियो ।  रवि पक्राउ परेसँगै सरकारले षड्यन्त्र गरेर फसाउन खोजेको भन्दै रास्वपाका नेता कार्यकर्ताले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।   ...
छङ्ऊपको को सुविधा सम्पन्न हल सिजिभिमा दुइ दिन प्रदर्शन हुदै ‘१२ गाउँ’

छङ्ऊपको को सुविधा सम्पन्न हल सिजिभिमा दुइ दिन प्रदर्शन हुदै ‘१२ गाउँ’

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: हाल नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको छङ्उपमा रहेको सुविधा सम्पन्न सिजिभि हलमा पनि नोभेम्बर २ र ३ तारिख गरि दुई दिन प्रदर्शन हुने भएको छ। नेपालमा प्रदर्शनको दश दिनमै १० करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको छङ्उपमा पनि शुभ दीपावली तथा तिहारको पावन अवसर पारि छङ्ऊप नेपाली एकता समाज र JNFC को संयुक्त आयोजनामा प्रदर्शन हुने भएको हो। 전북특별자치도 정읍시 중앙 1길 1 수성동 छङ्उपमा रहेको सुविधा सम्पन्न सिजिभि हलमा पहिलो सो नोभेम्बर २ तारिख शनिबारका दिन राति ८ बजे देखि र दोस्रो सो नोभेम्बर ३ तारिख आइतबारका दिन दिउँसो २ बजेदेखि प्रदर्शन हुनेछ । यसैगरी चलचित्र ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप ३०००० वन दिनुपर्ने आयोजकले जनाएको छ। छङ्ऊपमा विभिन्न कार्यक्रमहरू गरिसकेको संस्थाले आफ्नो स्थ...