सलनालमा सोलुखुम्बु सेवा समाज र किरात राई यायोक्खाले पायो कार्यक्रमको अनुमति, पूर्वी नेपाल समाजको देउसीभैलोबाट २६ लाख ६५ हजार वन संकलन
दक्षिण कोरियामा सक्रिय पूर्वी नेपाल समाजले आगामी सलनाल पर्वलाई लक्षित गर्दै सांस्कृतिक कार्यक्रमको तयारी अघि बढाएको छ। समाजको बैठकले सलनालको पहिलो र दोस्रो दिनका कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी मातहतका दुई संस्थालाई प्रदान गर्ने निर्णय गरेको हो।
समाजका अध्यक्ष केदार निरौलाका अनुसार फेब्रुअरी ६ तारिख सलनालको पहिलो दिन साँझ सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले सांस्कृतिक कार्यक्रम आयोजना गर्नेछ। त्यस्तै, फेब्रुअरी ७ तारिख दोस्रो दिन साँझ किरात राई यायोक्खा दक्षिण कोरियाले कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ।
यससँगै समाजले गत तिहारमा सञ्चालन गरेको देउसीभैलो कार्यक्रमको आर्थिक विवरणसमेत सार्वजनिक गरेको छ। देउसीभैलोबाट कुल २६ लाख ६५ हजार वन दक्षिणा संकलन भएको समाजले जनाएको छ।
संकलित रकम समाजको सभाहल व्यवस्थापन तथा आवश्यक भौतिक पूर्वाधारलाई थप व्यवस्थित र सुदृढ बनाउन खर्च गरिने बताइएको...









