दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। पूर्वी नेपाल समाज दक्षिण कोरियाको आयोजना तथा सुवन नेपाली समाजको बिशेष सहयोग र पूर्वी नेपाल समाज अनर्गतका सस्था हरुको सह आयोजनामा हुन लागेको उक्त कार्यक्रम मे २ सुवनमा सञ्चालन गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा चर्चित गायक तथा कलाकारहरूको प्रस्तुति रहनेछ। मन्दिरा नेम्बाङ, सुनिल गुरुङ, प्रदीप राई, मनोज चाम्लिङ, जितेन्द्र सुनुवार,रबिन रेगम, भूपेन लिम्बु,सुजन कार्कि लगायतका गायकहरूको सांगीतिक प्रस्तुति रहनेछ भने प्रिन्स चौहान, आयुष उप्रेती, दिया खड्का र गोपिका नेपालजस्ता कलाकारहरूले नृत्य प्रस्तुत गर्नेछन्। साथै DJ NWEEEN ले पनि विशेष प्रस्तुति दिनेछन्।
यस कार्यक्रममार्फत प्रवासमा रहेका नेपालीहरूबीच आपसी एकता, संस्कृति र पहिचानलाई अझ मजबुत बनाउने उद्देश्य...
७ बैशाख २०८३, सोमबार ११:५८७ बैशाख २०८३, सोमबार ११:५८७ बैशाख २०८३, सोमबार ११:५८ by एलिनाNo Comments
दक्षिण कोरियामा नेपाली समुदायबीच भलिबलको उत्साह बढ्दै जाँदा यस वर्षको पहिलो ठुलो प्रतियोगिता “पाथीभरा भलिबल कप २०२६” हुने भएको छ।कोशी प्रदेशको धार्मिक आस्थाको केन्द्र पाथीभरा माई को नामबाट स्थापित पाथीभरा भलिबल क्लबले प्रतियोगिता आगामी मे ३ तारिखका दिन Ajou University मा सञ्चालन गर्ने भएको हो।
प्रतियोगितामा प्रथम हुनेले २२ लाख वन (ट्रफी, मेडल र प्रमाणपत्र ) द्वितीय हुनेले १२ लाख वन (ट्रफी, मेडल र प्रमाणपत्र) तथा तृतीय हुनेले ८ लाख वन सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई १ लाख वन (मेडल र प्रमाणपत्र) प्रदान गरिनेछ। उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर र उत्कृष्ट लिबेरोलाई जनही ५० हजार वन सहित मेडल र प्रमाणपत्र सहित प्रदान गरिने आयोजकले जनाएको छ।
टिम दर्ता शुल्क ३ लाख ५० हजार वन तोकिएको छ भने टिम दर्ताको अन्तिम मिति ...
६ बैशाख २०८३, आईतवार १५:०३६ बैशाख २०८३, आईतवार १५:०३६ बैशाख २०८३, आईतवार १५:०३ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको फ्यङ्गन्थेक क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले नेपाली नयाँ वर्ष २०८३ लाई उत्साह, उमंग र सांस्कृतिक झल्कोसहित भव्य रूपमा स्वागत गरेका छन्। फेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टरको नेपाली समितिको आयोजनामा अप्रिल १८ तारिख शनिबार आयोजित “शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको हो।
“प्रवासमा रहेर पनि आफ्नो भाषा, धर्म र संस्कृतिलाई बिर्सनु हुँदैन” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा फ्यङ्गन्थेक तथा आसपासका क्षेत्रबाट उल्लेखनीय संख्यामा नेपालीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले एकअर्काबीच नयाँ वर्षको शुभकामना साटासाट गर्दै आत्मीयतापूर्ण वातावरणमा पर्व मनाएका थिए।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा लोकप्रिय गायक सन्जिभ सेन, नारायण पौडेल, समीर तामाङ र केशव राज अर्याललगायत कलाकारहरूले आफ्नो सुमधुर सांगीतिक प्रस्तुति दिएका थिए। उनीहरूको प्रस्तुतिले...
६ बैशाख २०८३, आईतवार १३:३३६ बैशाख २०८३, आईतवार १३:३३६ बैशाख २०८३, आईतवार १३:३३ by एलिनाNo Comments
मोक्पो साम्हो साझा चौतारीको ८ औं अधिवेशन सम्पन्न भएसँगै नयाँ कार्यसमिति चयन गरिएको छ। सन् २०२६ अप्रिल १९ मा सम्पन्न अधिवेशनबाट संस्थाको नेतृत्वमा बिक्रम गिरि अध्यक्षमा निर्वाचित भएका छन्।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा भुपेन्द्र फागो चयन हुँदा उपाध्यक्षहरूमा विजय घिसिङ, मनसुन खड्का र नवीन गैरे निर्वाचित भएका छन्। त्यसैगरी महासचिवको जिम्मेवारी कुशल गुरागाइले पाएका छन् भने सचिवमा सन्जु तामाङ चयन भएका छन्। सह–सचिवमा राकेश कार्की, कोषाध्यक्षमा मिलन बगाले र सह–कोषाध्यक्षमा जीवन मगर निर्वाचित भएका छन्।
यसैगरी, अधिवेशनबाट १७ सदस्यीय कार्यसमिति पनि चयन गरिएको छ। सदस्यहरूमा प्रकाश बिष्ट, अभिसेक नागरी, मोहन सिंह भाट, शसिधर भण्डारी, अनुश तामाङ, कमान सिंह तामाङ, रबि पौडेल, ओमकार थापा, युवराज पाण्डे, शिवराज फुयाल, आशोक कुमार सिंह, सृजना महर्जन, गोपाल लिम्बु, प्रवास गौतम, नारायण शर्मा, अभिषे...
६ बैशाख २०८३, आईतवार ०९:३२६ बैशाख २०८३, आईतवार ०९:३२६ बैशाख २०८३, आईतवार ०९:३२ by एलिनाNo Comments
आपसी सद्भाव, सहयोग र सदाचार सिन्धुपाल्चोक बासी मिलनको आधार भन्ने मुल नारा लिएर सन् २०१४ मा स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको छैठौं अधिवेशन आइतबार सौलको दोङ्देमुनस्थित नेपाली थाई रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ।
𝐍𝐑𝐍𝐀 𝐊𝐎𝐑𝐄𝐀 का अध्यक्ष पार्वती मोक्तानको प्रमुख आतिथ्यतामा सस्थाका अध्यक्ष राजु लामाको सभाध्यक्ष र कोरियामा रहेका बिभिन्न संघ सस्थाको प्रतिनिधि लगायतको उल्लेख्य उपस्थितिमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनबाट अध्यक्षमा उद्धव नेपाल खत्री चयन भएका छन्।
यसैगरी, वरिष्ठ उपाध्यक्षमा सोनाम शेर्पा, उपाध्यक्षमा वसन्त थापा र सन्तोष लुइँटेल चयन भएका छन्। महासचिवको जिम्मेवारी भुवन दाहालले पाएका छन् भने कोषाध्यक्षमा सुरज श्रेष्ठ र सह-कोषाध्यक्षमा गणेश श्रेष्ठ चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा सन्तोष आचार्य, अविनाश तिमल्सिना, स्याङ्बो शेर्पा...
५ बैशाख २०८३, शनिबार ११:३०५ बैशाख २०८३, शनिबार ११:३०५ बैशाख २०८३, शनिबार ११:३० by एलिनाNo Comments
नयाँ वर्ष २०८३ को अवसर पारेर गायक तथा सर्जक अमृत विश्वकर्माले आफ्नो नयाँ गीत ‘दिल बस्यो’ सार्वजनिक गर्दै सांगीतिक क्षेत्रमा पुनरागमन गरेका छन्। करिब १२ वर्षपछि संगीतमा फर्किएका विश्वकर्माले दर्शक–श्रोतामाझ नयाँ सांगीतिक उपहार प्रस्तुत गरेका हुन्।
पर्वत जिल्लामा जन्मिएका विश्वकर्माले आफ्नै रचना र संगीतमा तयार पारिएको ‘दिल बस्यो’ गीत बजारमा ल्याएका हुन्। गीतमा चर्चित संगीत संयोजक HBN KISMAT (एच.बि.एन. किस्मत) को संयोजन रहेको छ। उक्त गीत ONE DB HD (The Next Level) स्टुडियोमा रेकर्ड गरिएको हो। रेकर्डिङमा राज खड्काको भूमिका रहेको छ भने व्यवस्थापन कुमार विश्वकर्माले गरेका छन्। मिक्सिङ तथा मास्टरिङ स्वयं किस्मतले गरेका हुन्।
गीतमा गायिका देवी घर्ति मगरले अमृत विश्वकर्मालाई स्वरमा साथ दिएकी छन्। गीतको भिडियो पनि दर्शकले मन पराइरहेका छन्। सार्वजनिक भएको छोटो समयमै, एक हप्ताभित्रै, भिडियोले एक...
५ बैशाख २०८३, शनिबार ०१:०३५ बैशाख २०८३, शनिबार ०१:०३५ बैशाख २०८३, शनिबार ०१:०३ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको राजधानी सौलमा यही मे २ तारिखका दिन चर्चित गायिका जितु लोप्चनको धमाकेदार प्रस्तुति रहने गरी ‘सेलो नाइट–२’ आयोजना हुने भएको छ। ‘दि आगानी ब्यान्ड’को प्रस्तुतिमा आयोजना हुन लागेको यस सांगीतिक कार्यक्रममा नेपाली दर्शकहरूका लागि विशेष मनोरञ्जनको तयारी गरिएको आयोजकले जनाएको छ।
मे २ तारिक शनिबार राति ८ बजेदेखि बिहान ४ बजेसम्म डिजे रमेशको ननस्टप डिजे म्युजिकको साथमा चल्ने सेलो नाइट २ कार्यक्रममा जितु लोप्चनको लाइभ प्रस्तुति मुख्य आकर्षण रहनेछ। साथ स्थानिय कलाकार हरु र डीजे रमेसको संगीत मार्फत माहोल थप उत्साहित बनाउनेछन्।
कार्यक्रम सैलको दोङदेमुन बाटै नजिकै रहेको र दोङदेमुन बाट बसको समेत ब्यबस्था गरेको हुदा नेपाली समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार कार्यक्रममा सेलो ,आधुनिक तथा लोक–संस्कृतिको मिश्रण प्रस्तुत गरिनेछ, जसले दर्शकलाई रातभर झुमाउने विश्व...
४ बैशाख २०८३, शुक्रबार ०९:१५४ बैशाख २०८३, शुक्रबार ०९:१५४ बैशाख २०८३, शुक्रबार ०९:१५ by एलिनाNo Comments
दक्षिण कोरियाको जेजु टापु मा किरात समुदायको महान पर्व उभौली साकेला भव्य रूपमा मनाइने भएको छ।
किरात राई यायोक्खा गणतन्त्र कोरिया, जेजु शाखाको आयोजनामा “यलेदुङ ५०८६ उभौली साकेला नाच तथा शुभकामना आदान–प्रदान कार्यक्रम–२०२६” मे ३ तारिखका दिन आयोजना हुने जानकारी दिइएको छ।
कार्यक्रम जेजु 명신 1길 11 (KCTU हल) मा बिहान ११ बजेदेखि बेलुका ५:३० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रममा किरात राई समुदायको मौलिक सांस्कृतिक नाच साकेला प्रस्तुत गरिनुका साथै आपसी भेटघाट, शुभकामना आदान–प्रदान र सांस्कृतिक पहिचान प्रवर्द्धनमा जोड दिइनेछ।
आयोजक संस्थाले दक्षिण कोरियामा रहेका सम्पूर्ण किराँती तथा गैर–किराँती नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक निमन्त्रणा दिएको छ।
उभौली साकेला किरात समुदायको महत्वपूर्ण पर्व हो, जसले प्रकृति, भूमि र कृषि चक...
३ बैशाख २०८३, बिहीबार १५:११३ बैशाख २०८३, बिहीबार १५:११३ बैशाख २०८३, बिहीबार १५:११ by एलिनाNo Comments
दक्षिण कोरियामा रहेका नेपाली दर्शकहरूका लागि चर्चित र्यापर Jamsey पहिलोपटक स्टेजमा उत्रिने भएका छन्। “Dharane Events Korea” को आयोजनामा आगामी मे २३, २०२६ मा सउलमा उनको लाइभ कन्सर्ट हुने भएको हो।
कार्यक्रम सउलको दोङ्देमुन स्थित 현대 코아 Hyundai Koa) मा आयोजना गरिनेछ। साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म ननस्टप डिजे म्युजिकको साथमा चल्ने उक्त कार्यक्रमले कोरियामा रहेका नेपाली युवामाझ विशेष उत्साह थप्ने अपेक्षा गरिएको छ। कार्यक्रममा होस्टका रूपमा रेश्मा राई रहनेछिन् भने DJ RX ले संगीतलाई अझ रोमाञ्चक बनाउनेछन्। साथै र्यापर बिक्रम लामा तथा डान्सरहरू शर्लिन तामाङ, शोभा तामाङ र आइसा पुरीले पनि प्रस्तुति दिनेछन्।
टिकट मूल्य ४०,००० वोन तोकिएको छ भने दोङ्देमुन स्टेशनको एक्जिट नम्बर २ र ३ बाट सटल बसको व्यवस्था समेत गरिने आयोजकले जनाएको छ।
नेपाली र्याप संगीतलाई नयाँ उचाइमा पुर्याउँदै आएका जेम्सिको...
३ बैशाख २०८३, बिहीबार १०:३३३ बैशाख २०८३, बिहीबार १०:३३३ बैशाख २०८३, बिहीबार १०:३३ by एलिनाNo Comments
दक्षिण कोरियामा रहेका नेपाली खेलप्रेमीहरूबीच एकता, मनोरञ्जन तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको “2nd HWASEONG NFC FUTSAL CUP 2026” को सम्पूर्ण तयारी पूरा भएको आयोजक ह्वासङ NFC ले जनाएको छ। प्रतियोगिता आउँदो अप्रिल १९ तारिखका दिन छनानस्थित फुटसल मैदानमा सञ्चालन हुँदैछ।
आयोजकका अनुसार प्रतियोगिताका लागि टिम विभाजन (टाई–सिट), खेल तालिका (टाइम शेड्युल) तथा खेल सञ्चालनसम्बन्धी नियमावली आधिकारिक रूपमा सार्वजनिक गरिसकिएको छ। सहभागी सम्पूर्ण टिमहरूलाई तोकिएको समयमा अनिवार्य उपस्थित भई खेललाई व्यवस्थित, अनुशासित र सफल बनाउन सहयोग गर्न अनुरोध गरिएको छ।
प्रतियोगितामा आकर्षक पुरस्कार राशिको व्यवस्था गरिएको छ। विजेता टिमले ३५ लाख वोन प्राप्त गर्नेछ भने उपविजेतालाई २० लाख वोन प्रदान गरिनेछ। सेमिफाइनल पुग्ने टिमलाई ४ लाख वोन दिइनेछ। त्यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट ग...