दक्षिण कोरियामा सुरु भयो २०२६–२७ को स्की सिजन, जलवायु परिवर्तनका कारण रिसोर्टहरू चुनौतीमा
Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, खेल, खेलकुद, जानकारी, भर्खरै, मनोरञ्जन
दक्षिण कोरियामा २०२६–२७ को हिउँदे स्की सिजन सुरु भएको छ। गाङ्वन प्रान्तका स्की रिसोर्टहरूले नोभेम्बर २२ देखि औपचारिक रूपमा सेवा सञ्चालनमा ल्याएसँगै स्की, स्नोबोर्डिङ तथा हिउँमा खेलिने विभिन्न गतिविधिको आनन्द लिन पर्यटकहरू पुग्न थालेका छन्।
सिजनको पहिलो दिन गाङ्वन प्रान्तका दुई स्की रिसोर्टमा करिब ३ हजार ३०० जना पुगेका थिए। विशेषगरी प्योङचाङ क्षेत्रमा बिहानको तापक्रम माइनस १३ डिग्री सेल्सियससम्म झरेपछि कृत्रिम हिउँ उत्पादन गर्न सहज भएको थियो। रिसोर्टहरूले थप स्की स्लोपहरू सञ्चालनमा ल्याउने तयारीस्वरूप हिउँ उत्पादन गर्ने मेसिनमार्फत निरन्तर कृत्रिम हिउँ बनाइरहेका छन्।
स्की सिजन सुरु भएसँगै पर्यटकको चहलपहल बढे पनि यस क्षेत्रका व्यवसायीहरू भने जलवायु परिवर्तनका कारण बढ्दो चुनौतीमा छन्। तापक्रममा निरन्तर वृद्धि हुँदा विगतको तुलनामा स्की रिसोर्टहरू ढिलो खुल्ने र छिट्टै बन्द गर्नुपर्ने अवस्था स...









