Advertisement
Advertisement

Breaking news 1

दक्षिण कोरियामा सुरु भयो २०२६–२७ को स्की सिजन, जलवायु परिवर्तनका कारण रिसोर्टहरू चुनौतीमा

दक्षिण कोरियामा सुरु भयो २०२६–२७ को स्की सिजन, जलवायु परिवर्तनका कारण रिसोर्टहरू चुनौतीमा

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, खेल, खेलकुद, जानकारी, भर्खरै, मनोरञ्जन
दक्षिण कोरियामा २०२६–२७ को हिउँदे स्की सिजन सुरु भएको छ। गाङ्वन प्रान्तका स्की रिसोर्टहरूले नोभेम्बर २२ देखि औपचारिक रूपमा सेवा सञ्चालनमा ल्याएसँगै स्की, स्नोबोर्डिङ तथा हिउँमा खेलिने विभिन्न गतिविधिको आनन्द लिन पर्यटकहरू पुग्न थालेका छन्। सिजनको पहिलो दिन गाङ्वन प्रान्तका दुई स्की रिसोर्टमा करिब ३ हजार ३०० जना पुगेका थिए। विशेषगरी प्योङचाङ क्षेत्रमा बिहानको तापक्रम माइनस १३ डिग्री सेल्सियससम्म झरेपछि कृत्रिम हिउँ उत्पादन गर्न सहज भएको थियो। रिसोर्टहरूले थप स्की स्लोपहरू सञ्चालनमा ल्याउने तयारीस्वरूप हिउँ उत्पादन गर्ने मेसिनमार्फत निरन्तर कृत्रिम हिउँ बनाइरहेका छन्। स्की सिजन सुरु भएसँगै पर्यटकको चहलपहल बढे पनि यस क्षेत्रका व्यवसायीहरू भने जलवायु परिवर्तनका कारण बढ्दो चुनौतीमा छन्। तापक्रममा निरन्तर वृद्धि हुँदा विगतको तुलनामा स्की रिसोर्टहरू ढिलो खुल्ने र छिट्टै बन्द गर्नुपर्ने अवस्था स...
CSAT परीक्षाको नक्कल नियन्त्रणमा कमजोरी देखिएपछि दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

CSAT परीक्षाको नक्कल नियन्त्रणमा कमजोरी देखिएपछि दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, विदेश, समाचार
दक्षिण कोरियाका शिक्षामन्त्री चोई क्यो-जिनले सन् २०२७ को विश्वविद्यालय प्रवेश परीक्षा (CSAT) मा नक्कल नियन्त्रणका लागि अपनाइएका उपायमा देखिएको अन्योल र अव्यवस्थाको जिम्मेवारी लिँदै आइतबार राजीनामा दिएका छन्। राष्ट्रपति ली जे-म्युङले उनको राजीनामा एक घण्टाभित्रै स्वीकृत गरेका छन्। कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर परीक्षामा नक्कल हुन सक्ने आशंकापछि शिक्षा मन्त्रालयले परीक्षाको केही दिनअघि मात्रै नियमहरू पटक–पटक परिवर्तन गरेको थियो। सुरुमा स्मार्ट चस्मामाथि केन्द्रित सुरक्षा व्यवस्था पछि अन्य आधुनिक विद्युतीय उपकरणसम्म विस्तार गरिएको थियो। परीक्षा हुन दुई दिनअघि थप ८ हजार ४०० कर्मचारी परिचालन गर्ने निर्णय गरिएको थियो भने परीक्षा सुरु हुन एक दिनअघि आफ्नै मार्किङ पेन, इरेजर र करेक्सन टेपजस्ता सामग्री लैजानसमेत प्रतिबन्ध लगाइएको थियो। अन्तिम समयमा भएका नियम परिवर्तनले विद्यार्थी, परीक्षा न...
दक्षिण कोरियाको किम्हेको CGV CINEMA HALL र बुसानमा डिसेम्बर ६ र ८ तारिख नेपाली चलचित्र ‘बाटुलो जुन’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको किम्हेको CGV CINEMA HALL र बुसानमा डिसेम्बर ६ र ८ तारिख नेपाली चलचित्र ‘बाटुलो जुन’ प्रदर्शन हुँदै

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, मनोरञ्जन, समाचार
दक्षिण कोरियामा नेपाली चलचित्र ‘बाटुलो जुन’ विशेष प्रदर्शन हुने भएको छ। घुमन्ते इभेन्ट्स (Ghumante Events) र कोरिया–नेपाल सांस्कृतिक आदानप्रदान संघको प्रस्तुतिमा चलचित्र दक्षिण कोरियाको किम्हे र बुसानस्थित देयोनमा प्रदर्शन गर्न लागिएको हो। आयोजकका अनुसार चलचित्रको पहिलो प्रदर्शन आगामी डिसेम्बर ६ तारिख आइतबार किम्हेस्थित CGV सिनेमा हलमा हुनेछ। उक्त दिन दिउँसो १२:३० बजे हल खुल्ने र १ बजेबाट चलचित्र प्रदर्शन सुरु हुनेछ। गिम्हेको CGV सिजिभी सिनेमा हल, 137 Naeoejungang-ro, Gimhae-si, Gyeongsangnam-do — होमप्लसको ठीक अगाडि रहेको उक्त सिनेमा हल होमप्लसको ठीक अगाडि पर्दछ। त्यसैगरी, दोस्रो प्रदर्शन डिसेम्बर ८ तारिख मंगलबार बुसानको देयोनस्थित CGV सिनेमा हलमा हुनेछ। पोस्टरमा उल्लेख भएअनुसार उक्त दिन राती ९:३५ बजे हल खुल्ने र १०:२० बजे चलचित्र सुरु हुनेछ। देयोनस्थित ७३–१५ देयोनदोङ, नामगुमा रहेको सिन...
छुसकमा आयोजित लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६बाट १ करोड २३ लाख वनभन्दा बढी बचत, बाढीपीडितका लागि ९० हजार रुपैयाँ सहयोग

छुसकमा आयोजित लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६बाट १ करोड २३ लाख वनभन्दा बढी बचत, बाढीपीडितका लागि ९० हजार रुपैयाँ सहयोग

Breaking News, Breaking news 1, जानकारी, देश, भर्खरै, विदेश, समाचार
दक्षिण कोरियामा आयोजित ‘लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६’ बाट १ करोड २३ लाख ४४ हजार ८२५ कोरियन वन बचत भएको छ। उक्त बचतमध्ये नेपाली रुपैयाँ ९० हजार नेपालका बाढीपहिरो तथा प्राकृतिक विपत्तिपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाले जनाएको छ। लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको प्रमुख आयोजना तथा लुम्बिनी प्रदेशअन्तर्गत दक्षिण कोरियामा स्थापित जिल्लागत एवं क्षेत्रगत संघसंस्थाहरूको सह–आयोजनामा गत सेप्टेम्बर २५ तारिख कोरियाली महान् पर्व छुसकको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो। संस्थाको आपत्कालीन राहत कोष स्थापना गर्ने उद्देश्यसहित आयोजित कार्यक्रमको आर्थिक प्रतिवेदन समाजले सार्वजनिक गरेको हो। सार्वजनिक प्रतिवेदनअनुसार कार्यक्रमबाट कुल २ करोड ८५ लाख १३ हजार ८२५ कोरियन वन आम्दानी भएको छ र कार्यक्रम सञ्चालन...
दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा विदेशी आमा र कोरियाली जैविक बाबुबाट जन्मिएका तर विवाहबाहिर जन्मिएका बालबालिकालाई नागरिकता प्राप्त गर्नुअघि नै स्वास्थ्य बिमा तथा सरकारी बाल हेरचाह सुविधा उपलब्ध गराउने उद्देश्यले कानुनी सुधारको तयारी भइरहेको छ। दक्षिण कोरियाली सञ्चारमाध्यम कोरिया हेराल्ड का अनुसार, विवाह नगरी सन्तान जन्माएका विदेशी आमाहरूले कोरियाली बाबुसँगको जैविक सम्बन्ध प्रमाणित गरी सन्तानलाई कोरियाली नागरिकता दिलाउने प्रक्रियामा लामो समय कुर्नुपर्ने अवस्था छ। यस अवधिमा बालबालिकाले स्वास्थ्य बिमा, नियमित स्वास्थ्य परीक्षण तथा सरकारी अनुदान प्राप्त बाल हेरचाह सुविधाबाट वञ्चित हुनुपर्ने समस्या देखिएको छ। हालै सार्वजनिक भएको एउटा घटनामा थाइल्यान्डकी एक अविवाहित महिलाले दक्षिण कोरियामा छोरालाई जन्म दिएपछि कोरियाली बाबुसँग सम्बन्ध बिग्रिएर एक्लै सन्तान हुर्काउनुपरेको छ। उनले बाल हेरचाहमा मात्रै मासिक कर...
चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

Breaking News, Breaking news 1, Breaking news 3, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव सार्वजनिक भएको छ। हाल प्रतिप्याकेट ४,५०० वन पर्ने चुरोटको मूल्य बढाएर ८,५०० वन पुर्‍याउनुपर्ने विशेषज्ञहरूले सुझाव दिएका छन्। तर सरकारले मूल्यवृद्धिको निर्णय गरिसकेको भने छैन। गत नोभेम्बर १० मा सउलस्थित कोरिया प्रेस सेन्टरमा आयोजित ‘नयाँ चुरोट प्रवृत्ति र धूम्रपान नियन्त्रण नीतिको दिशा’ विषयक छैटौँ मिडिया फोरममा यस्तो प्रस्ताव अघि सारिएको हो। दक्षिण कोरियाको नेसनल एकेडेमी अफ मेडिसिन र कोरिया मेडिकल एन्ड बायो जर्नालिस्ट एसोसिएसनले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा नेसनल एकेडेमी अफ मेडिसिनका मेडिकल पोलिसी उपाध्यक्ष पार्क उन चोलले चुरोटको मूल्य वृद्धि गर्नुपर्ने धारणा राखेका थिए। उनका अनुसार दक्षिण कोरियामा सन् २०१५ देखि चुरोटको मूल्य प्रतिप्याकेट ४,५०० वनमा स्थिर छ। अन्य वस्तुको मूल्य र आम्दानी बढ्दै गए पनि चुरोटको मूल्य लामो ...
रूसमा प्रचण्ड– ‘कुनै पनि देश अर्को देशको सम्मान गर्न नसक्ने गरी शक्तिशाली नबनोस्’

रूसमा प्रचण्ड– ‘कुनै पनि देश अर्को देशको सम्मान गर्न नसक्ने गरी शक्तिशाली नबनोस्’

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, देश, भर्खरै, समाचार
नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसियाको मस्कोमा आयोजित ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ अन्तर्राष्ट्रिय आन्दोलनको साधारण सभालाई सम्बोधन गरेका छन् । सत्तारूढ पार्टी ‘युनाइटेड रसिया’ द्वारा आयोजित यस कार्यक्रममा आयोजक दलका संयोजक V. Yakushev ले अवधारणा पत्र प्रस्तुत गरेका थिए भने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले लिखित सम्बोधन पठाएका थिए । चीन, भारत, अफ्रिका, अमेरिका र युरोपलगायत विश्वका ७६ देशबाट ४८० जना प्रतिनिधिहरूको सहभागिता रहेको यस सम्मेलनमा संयोजक प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी र सम्पूर्ण नेपाली जनताको तर्फबाट अन्तर्राष्ट्रिय संवादका लागि महत्त्वपूर्ण मञ्च तयार गरिदिएकामा आयोजकप्रति हार्दिक आभार प्रकट गरे । सम्बोधनका क्रममा संयोजक प्रचण्डले विश्व इतिहास अहिले एक संवेदनशील मोडमा उभिएको बताउँदै भू–राजनीतिक तनाव, आर्थिक असमान...
मगर संघ थेगु शाखाको छैटौँ अधिवेशन सम्पन्न;अध्यक्षमा अमर दर्लामी मगर सर्वसम्मत निर्वाचित

मगर संघ थेगु शाखाको छैटौँ अधिवेशन सम्पन्न;अध्यक्षमा अमर दर्लामी मगर सर्वसम्मत निर्वाचित

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
नेपाल मगर संघ दक्षिण कोरिया थेगु शाखाको छैटौँ अधिवेशनबाट अमर दर्लामी मगरको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दुर्गा थापा मगर, उपाध्यक्षमा भुवन राना मगर र सीता रोका मगर चयन भएका छन्। त्यसैगरी महासचिवमा रमेश रेश्मी मगर, सचिवमा मुना थापा मगर, कोषाध्यक्षमा हेमन्त थापा मगर र सहकोषाध्यक्षमा कृष्ण पुन मगर चयन भएका छन्। नवनिर्वाचित कार्यसमितिका सदस्यहरूमा मोहन मास्की मगर, देव थापा मगर, बलप्रसाद पुन मगर, हरि थापा मगर, नेम पुन मगर, प्रकाश आले मगर, प्रतिमान थापा मगर, सबिना सोमे मगर र धन रोका मगर रहेका छन्। त्यस्तै, कुशल राना मगर मनोनीत सदस्यका रूपमा चयन भएका छन्। नेपाल मगर संघ दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष अञ्जन थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा थेगु क्षेत्रमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिह...
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १४औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा बिरेन तुम्खेवा निर्वाचित

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १४औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा बिरेन तुम्खेवा निर्वाचित

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको चौधौँ महाधिवेशनबाट बिरेन तुम्खेवा अध्यक्षमा निर्वाचित भएका छन्।नोभेम्बर १५ तारिख आइतबार पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभाहलमा सम्पन्न महाधिवेशनले तुम्खेवाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अमित नेम्वाङ चयन भएका छन् भने उपाध्यक्षहरूमा डि.बी. योङहाङ, राजन सौदेन, घनेन्द्र केरुङ, ऋतु सङ्मी, रुबिना आङ्बो, मिलन फुदुङ र प्रमेश मादेन रहेका छन्।त्यसैगरी महासचिवमा महेन्द्र हाङसरुम्बा, सचिवमा इन्द्र केरुङ, सहसचिवमा सर्वण कुमार तुम्बापो, कोषाध्यक्षमा बुद्धिबल थोक्लेन र सहकोषाध्यक्षमा समीर योङहाङ चयन भएका छन्।त्यस्तै कार्यसमिति सदस्यहरूमा सागर खजुम, यमुना इजम, सम्झना माङ्मु, निर्मल नेम्वाङ, मक्खु योङहाङ, विप्लव तुम्बापो, मिथुन तुम्बापो, युवराज लिम्बू, राजन सम्बाहाम्फे, प्रभात साँवा लिम्बू, नुगेन आङदेम्बे, दिक...
यहि नोभेम्बर २८ तारिख जिन्छनको मेगाबक्समा नेपाली सुपरहित चलचित्र “कबड्डी’ प्रदर्शन हुदै

यहि नोभेम्बर २८ तारिख जिन्छनको मेगाबक्समा नेपाली सुपरहित चलचित्र “कबड्डी’ प्रदर्शन हुदै

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, मनोरञ्जन, समाचार
दक्षिण कोरियाको जिन्छनमा आगामी नोभेम्बर २८ तारिख शनिबार नेपाली चलचित्र ‘कबड्डी ५’ को विशेष प्रदर्शन हुने भएको छ। बासुरी फिल्म्स प्रोडक्सनको प्रस्तुति रहेको उक्त चलचित्रको प्रदर्शन जिन्छन बस टर्मिनलस्थित मेगाबक्स (MEGABOX) मा हुन लागेको हो। चलचित्रको प्रदर्शन साँझ ७ बजे (इभिनिङ शो) सुरु हुनेछ। दक्षिण कोरियाको जिन्छन तथा आसपासका क्षेत्रमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई नेपाली चलचित्र हेर्न उपस्थितिका लागि अनुरोध गरिएको छ। रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रमा नेपाली कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको पोस्टरमा ‘After the Final Match’ उपशीर्षकसमेत राखिएको छ। कार्यक्रममा पोखरा रेस्टुरेन्ट तथा लालिगुराँस फेमिली रेस्टुरेन्टको रेस्टुरेन्ट पार्टनरका रूपमा सहयोग रहनेछ भने जेन हिमालय ट्राभल एन्ड टुर्स ट्राभल पार्टनर, सामसुङ लाइफ इन्स्योरेन्स इन्स्योरेन्स पार्टनर र हानपास रेमिट ...