Advertisement
Advertisement

Breaking news 1

प्रथम किम्हे 35+ भेट्रान्स कप फुटसल प्रतियोगिता 2023 को उपाधि Friend Football Club ले चुम्न सफल

प्रथम किम्हे 35+ भेट्रान्स कप फुटसल प्रतियोगिता 2023 को उपाधि Friend Football Club ले चुम्न सफल

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, खेलकुद
" प्रबासम़ा युवा एकता स्वास्थ्यको लागि खेलकुद " भन्ने नाराका साथ Gimhae Veteran Football Club ले प्रबासी भुमी दक्षिण कोरियाको इतिहासम़ा पहिलो पल्ट आयोजना गरेको किम्हे 35+ भेट्रान्स कप फुटसल प्रतियोगिताको उपाधि फ्रेण्डस फुटबल क्लबले उचाल्न सफल भएको छ l आइतबार दक्षिण कोरियाको दक्षिणी भेग किम्हे शहरम़ा आयोजना गरिएको फुटसल प्रतियोगिताम़ा 8 वटा फुटबल क्लबहरुको सहभागिता रहेको थियो l उक्त फुटसल प्रतियोगिताको पहिलो सेमी फाइनलम़ा डेउ फुटबल क्लबलाई पराजित गरि Sangdong football club फाइनल प्रबेश गरेको थियो भने दोस्रो सेमी फाइनलम़ा Eonyang football club लाइ पराजित गरि Friend football club ले फाइनल भिड्न्त पक्का गरेको थियो l फाइनल भिड्न्तम़ा Friend football club ले Sangdong football club लाइ एकतर्फी रुपमा ( 0 - 7 ) एकको बिरुद्ध 7 गोल गरि बिजयी हासिल गरेको थियो l बिजेता टिम Friend football ...
सलनालमा हुने सोलुखुम्बु सेवा समाजको “चोमोलोङ्मा सांगितिक सौगात भाग -४” को पोस्टर सार्बजनिक

सलनालमा हुने सोलुखुम्बु सेवा समाजको “चोमोलोङ्मा सांगितिक सौगात भाग -४” को पोस्टर सार्बजनिक

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी
विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रवासमा भैपरि आउने समस्या समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ फेब्रुअरी १० तारिख सलनालको दोश्रो दिन आयोजना हुन लागेको पुर्वान्चल सरोकार समाज दक्षिण कोरियाको समन्वयमा सोलुखुम्बु सेवा समाजको “चोमोलोङ्मा सांगितिक सौगात भाग -४” को पोस्टर सार्बजनिक भएको छ। “नेपालको सान विश्वको सर्वोच्च शिखर सगरमाता सोलुखुम्बुको पहिचान”भन्ने मुल नारा लिएर सन् २००३ मा कोरियामा रहेका सोलुखुम्बु बासिहरु मिलेर स्थापना गरेको सोलुखुम्बु सेवा समाजले आइतबार देङ्देमुन स्थित निक नेपाल ट्राभलको हलमा विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थितिमा पोस्टर सार्बजनिक गरेको हो। आयोजकले पप स्टार गायक सविन राईको SABIN RAI & PHAROH लाइभ ब्याण्ड संगै नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकार हरु गायिका द्वय मनिता राइ,सुनिता थेगिम र एक्टर तथा मोडल अनुषा राइको साथै स्थानिय कलाकारहर...
रजनि केसीको , रणजित मल्लको प्रेमकथामा आधारित “ङेङापा झ्यःया दरवारय्” सार्वजनिक भिडियो सहित

रजनि केसीको , रणजित मल्लको प्रेमकथामा आधारित “ङेङापा झ्यःया दरवारय्” सार्वजनिक भिडियो सहित

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, मनोरञ्जन, मनोरन्जन
  जनकवि दुर्गालाल श्रेष्ठको शब्द, न्ह्यू बज्राचार्यको संगीत र सत्यनारायण मानन्धरको स्वरमा सत्य कथामा आधारित गीत ‘ङेङापा झ्यःया दरवारय्’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। म्युजिक भिडियोलाई विश्वास बज्राचार्यले निर्देशन गरेको छ भने कोरियोग्राफरको रूपमा रोहिया महर्जनले काम गरेको छ। दृश्यको छायाङ्कन र सम्पादन आकृष्ट शाक्यले गरेको हो। म्यूजिक भिडियोमा स्वयम गायक सत्यनारायण मानन्धर, नायक कर्मा शाक्य, मोडेल रोजिना सुवाल लगायतका कलाकारहरुले अभिनय गरेको छ।  गीतमा १७ औ शताब्दीको राजारानीको प्रेम कथा लेखिएको छ। तत्कालीन भारतको बेतियाबाट आएकी बृद्धिलक्ष्मी र भक्तपुरको राजा रणजित मल्लको प्रेम सम्बन्ध देखाइएको छ। बृद्धिलक्ष्मी रणजित मल्लसँग विवाह हुनु भन्दा ८ महिना अघि राजा भुपतिन्द्र मल्लले भारतको बेतिया बाट विवाह निम्ति भक्तपुरमा ल्याइएको थियो। उनिहरु बिच पलाउदै गरेको सुमधुर प्रेमलाई गी...
रजनि केसीको , रणजित मल्लको प्रेमकथामा आधारित “ङेङापा झ्यःया दरवारय्” सार्वजनिक भिडियो सहित

रजनि केसीको , रणजित मल्लको प्रेमकथामा आधारित “ङेङापा झ्यःया दरवारय्” सार्वजनिक भिडियो सहित

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, मनोरञ्जन
जनकवि दुर्गालाल श्रेष्ठको शब्द, न्ह्यू बज्राचार्यको संगीत र सत्यनारायण मानन्धरको स्वरमा सत्य कथामा आधारित गीत ‘ङेङापा झ्यःया दरवारय्’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। म्युजिक भिडियोलाई विश्वास बज्राचार्यले निर्देशन गरेको छ भने कोरियोग्राफरको रूपमा रोहिया महर्जनले काम गरेको छ। दृश्यको छायाङ्कन र सम्पादन आकृष्ट शाक्यले गरेको हो। म्यूजिक भिडियोमा स्वयम गायक सत्यनारायण मानन्धर, नायक कर्मा शाक्य, मोडेल रोजिना सुवाल लगायतका कलाकारहरुले अभिनय गरेको छ।  गीतमा १७ औ शताब्दीको राजारानीको प्रेम कथा लेखिएको छ। तत्कालीन भारतको बेतियाबाट आएकी बृद्धिलक्ष्मी र भक्तपुरको राजा रणजित मल्लको प्रेम सम्बन्ध देखाइएको छ। बृद्धिलक्ष्मी रणजित मल्लसँग विवाह हुनु भन्दा ८ महिना अघि राजा भुपतिन्द्र मल्लले भारतको बेतिया बाट विवाह निम्ति भक्तपुरमा ल्याइएको थियो। उनिहरु बिच पलाउदै गरेको सुमधुर प्रेमलाई गीतमा उतारिएको...
खिम छन्त्यालको पन्चेबाजा गित “सधैं फेल हुन्छु” को म्युजिक भिडियो सार्वजनिक

खिम छन्त्यालको पन्चेबाजा गित “सधैं फेल हुन्छु” को म्युजिक भिडियो सार्वजनिक

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, मनोरञ्जन
विशाल आवाज:खिम छन्त्याल र पुर्णकला बि.सीको आवाजमा मौलिक पन्चेबाजा गित "सधै फेल हुन्छु"को म्युजिक भिडियो सार्वजनिक भएको छ। खिम छन्त्यालको शब्द तथा लय सृजना रहेको गितमा छन्त्याल लाई आवाजमा लोकप्रिय गायिका पुर्णकला बि.सी ले साथ दिएकि छिन्।स्थाई डिजिटल रेकर्डिङ् स्टुडियो अनामनगर काठमाडौमा रेकर्ड गरिएको उक्त गितमा कृष्ण के.सीको संगित संयोजन र कुमार थापाको मिक्सिङ् रहेको छ।निर्देशक प्रेम थापाको निर्देशन रहेको म्युजिक भिडियो मा मोडल सारिका के.सी र खिम छन्त्याल को अभिनय देख्न सकिन्छ। राम के.सीले छायांकन गरेको भिडियोको सम्पादन अमृत चापागाईंले गरेका छन्। गायक छन्त्यालले प्रदेशी भुमीमा रहेर पनि नेपाली गित संगितलाई निरन्तरता दिदै यस अघि पनि कोरियन रेल,मनै उडायो,कोरिया जानी,आधा ज्यान बिदेशलाई चन्दा भो जस्ता गितहरु बजारमा ल्याई सकेका छन्। https://youtu.be/4irkwcrwYrY?si=fNyUyYk9mGVMvxNY...
कोरियामै पहिलो पटक मौलिक लोक गायन प्रतियोगिता २०२४ हुदै 

कोरियामै पहिलो पटक मौलिक लोक गायन प्रतियोगिता २०२४ हुदै 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, मनोरञ्जन, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया:राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाको आयोजनामा यहिँ कोरियन नया बर्ष सलनाल साथै अङ्ग्रेजी नयाँ बर्ष २०२४ को शुभकामना सहित, सलनाल बिशेष कोरियामै पहिलो‌पटक “मौलिक लोक गित गायन प्रतियोगिता २०२४” हुने भएको छ।  “कला र संस्कृति को जगेर्ना गरौं” भन्ने मूल उद्देश्यका साथ आयोजना हुन लागेको प्रतियोगितामा सहभागीता जनाउन प्रतियोगि दर्ता शुल्क प्रति ब्यक्ति 25,000 वन woori bank को खाता नं: 1002-063-742811 𝐁𝐤 𝐬𝐚𝐧𝐭𝐨𝐬𝐡 को खातामा डिसेम्बर १ देखि देखि २५ सम्ममा रकम जम्मा गरि प्रतियोगि भिडियो सहित https://forms.gle/XbZh2npny9s2WsGo9 यो लिंकमा गई गुगल फारम भर्नु पर्नेछ। सो अबधिमा दर्ता भएको हरु मध्ये बाट उत्कृष्ट १० जना प्रतियोगी छानेर दोश्रो चरणका लागि जनवरी ७ तारिखमा छानिने छ। यसैगरि दोस्रो चरणमा छनौट भएका उत्कृष्ट १० प्रतियोगिले जनवरी ८ देखि २१ तार...
डिसेम्बर मा SentBe रेमिट्यान्स को उपहारको बहार बुल्लेट बाइक देखि भुकम्पपिडितलाई राहत सम्म

डिसेम्बर मा SentBe रेमिट्यान्स को उपहारको बहार बुल्लेट बाइक देखि भुकम्पपिडितलाई राहत सम्म

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय
डिसेम्बर मा SentBe रेमिट्यान्स को उपहारको बहार बुल्लेट बाइक देखि भुकम्पपिडितलाई राहत सम्मविशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा नेपालीको रेमिट नेपालीका लागि रेमिट सस्तो भरपर्दो साथै पैशा पठाएको दुइ मिनेटमै आफ्नो खातामा पुग्ने रेमिट्यान्सको रुपमा प्रख्यात सबैको लोकप्रिय विश्वासिलो SentBe रेमिट्यान्स ले डिसेम्बर मा प्रत्येक हप्ता र प्रत्येक महिना विशेष एवम् बम्पर अफरहरू लिएर आएको छ। SentBe Nepal उपहार संगै समाज सेवा पनि ( SENTBE ) भन्ने उद्देश्यका साथ यहि डिसेम्बर १ देखि ३१ भित्रमा SentBe मार्फत पैसा पठाउनु भयो भने सिधै प्रत्येक कारोबारमा नेपाली ५० रुपैयाँ ( कोरियन वन ५०० ) कर्णाली भूकम्प पीडितहरुलाई उपलब्ध गराइनेछ। डिसेम्बर महिनामा नेपालका जुनसुकै बैंक हरुमा नि:शुल्क पैसा पठाउन सकिने छ। SentBe Nepal मार्फत पैसा पठाउने हरु मध्ये डिसेम्बर को हरेक हप्ता ५ जना विजेतालाई लक्कीड्र मार्फत १/१ ल...
नेपाली कामदारलाई दक्षिण कोरियामा थपियो रोजगारी

नेपाली कामदारलाई दक्षिण कोरियामा थपियो रोजगारी

Breaking News, Breaking news 1, Breaking news 3
काठमाडौं । रोजगार  अनुमति  प्रणाली  (इपिएस)  अन्तर्गत  दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि  कृषि  र  उत्पादनको  उद्योग  र  सिप  बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप  निर्माण  र  सेवा  सर्भिसका  क्षेत्रमा  पनि  नेपाली  श्रमिक लैजाने भएको हो । वैदेशिक  रोजगार  विभाग  इपिएस  शाखाका  अनुसार    दक्षिण    कोरियाले    उत्पादनमूलक    क्षेत्रको छनोट भाषा परीक्षाको आवेदन अबको एक महिनाभित्र आह्वान गर्ने छ । सो शाखाका निर्देशक गुरुदत्त सुवेदीले दक्षिण कोरियाले रोजगारीका लागि लैजाने नेपाली युवाको सङ्ख्या बढाउँदै लगेको र कोरियाका साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा थप श्रमिक आवश्यक रहेको जनाउँदै भाषा परीक्षा सञ्चालन गरिने बताए । दक्षिण  कोरिया  सरकारको  मानव  संसाधन  विभाग (एचआरडी) ले हाल कृषि तथा पशुपालन, उत्पादन  र  सिप  बिल्डिङ  ...
नया बर्ष मा किम्हे बुसानमा ख्यङ्बु गाइजको नाइट डान्स पार्टी 

नया बर्ष मा किम्हे बुसानमा ख्यङ्बु गाइजको नाइट डान्स पार्टी 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, मनोरञ्जन
विशाल आवाज: महिला सेल्टर “नाना आङा धिम” सहयोगार्थ अङ्ग्रेजी नयाँ बर्ष २०२४ को अवसरमा ख्यङ्बु गाइजले यहि डिसेम्बर ३१ तारिख बेलुकी ८ बजे देखि बिहान ४ बजे सम्म किम्हेमा नाइट डान्स पार्टी गर्ने भएको छ। नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाले बिगत पाच वर्षदेखि बुसान किम्हेमा संचालन गर्दै आइरहेको महिला सेल्टर " नाना आङा धिम " सहयोगार्थ 김해시 거야로 202(태평포시즌 101 호) मा नाइट डान्स पार्टी गर्ने भएको हो। डिजे सुशान्त र डिजे SBD को प्रस्तुति रहने डान्स पार्टीमा प्रवेश गर्न टिकट शुल्क बिस हजार वन तिरे पछि एउटा वेलकम ड्रिङ्क्स सित्तैमा पाउने आयोजकले जनाएको छ। अङ्ग्रेजी नयाँ बर्ष धुमधाम मनोरञ्जनका साथ मनाउनुको साथै सामाजिक कार्यमा पनि एकबद्धता जनाउन सो क्षेत्रमा रहेका विभिन्न जातीय तथा क्षेत्रीय संघ संस्था, समाजसेवी लगायत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा गरिमामय उपस्थित हुन आयोजकले हार्दिक अ...
दक्षिण कोरियामा विदेशी स्वामित्वका घर बढे

दक्षिण कोरियामा विदेशी स्वामित्वका घर बढे

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय
सोल । दक्षिण कोरियामा चिनियाँसँग घरको स्वामित्व बढेसँगै पहिलो छ महिनामा विदेशी घरको स्वामित्व बढेको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयलका अनुसार जुनको अन्त्यमा विदेशी नागरिकसँग घरको सङ्ख्या ८७ हजार दुई सय २३ थियो । यो अघिल्लो छ महिनाको तुलनामा चार दशमलव चार प्रतिशतले बढी हो । साथै यो मुलुकभित्रका सबै घरको शून्य दशमलव ४६ प्रतिशत हो । कूल विदेशी घरको स्वामित्वमा सबैभन्दा ठूलो हिस्सा चिनियाँसँग ५४ दशमलव तीन प्रतिशत छ । त्यस्तै अमेरिकीसँग २३ दशमलव पाँच प्रतिशत छ । कूल विदेशी मालिकमा ९३ दशमलव चार प्रतिशतसँग एउटा मात्र घर छ भने पाँच दशमलव दुई प्रतिशतसँग दुईवटा घर छन् । जुनको अन्त्यमा विदेशीहरूसँग घरेलु भूमि २६ करोड ५४ लाख ७२ हजार वर्गमिटर भएको छ । यो अघिल्लो छ महिनाको तुलनामा शून्य दशमलव छ प्रतिशतले अधिक हो । यसले मुलुकको कूल भूमिको शून्य दशमलव २६...