Advertisement
Advertisement

युवाहरु कार्यस्थलमा ढलिरहेछन् – नेपाली राजदुतावास फेसवुकमा मोटिभेस्नल कार्यक्रम चलाइरहेछ !!

Advertisement
Advertisement

यतिखेर दक्षिण कोरियामा अत्याधिक चिसो छ,चिसोले जनजिवन कष्टकर बन्दै गएको हामी देख्न सक्छौ,यो चिसो मौसमको सुरुवात संगै हामिले ६ जना नेपाली दाजुभाइ दक्षिण कोरियामा गुमाइसकेका छौ,यी अकल्पनीय घटानाले हामिलाई अहिले पनि पिरोलिरहेको छ ,मर्न कसैलाई रहर हुदैन,त्यो पनि विदेशमा तर कहिलेकाही हामी जे चाहदैनौ,त्यहि नै भैदिन्छ,थुप्रै बाध्यता र अभावले पिरोलिएर यहाँ आएका हामी नचाहँदा नचाहँदै यतै हराउन पुग्छौ,यतै अस्ताउन पुग्छौ !!

विभिन्न अस्वस्थ असहज र अप्ठारा काम,त्यसैमाथिको अव्यवस्थित वसाई तथा कतिपय आफ्नै लापरबाहीले पनि हामी मृत्युको नजिक पुगिरहेका हुन्छौ र साथै कतिपय कामको ज्ञान नहुनु, ब्यस्तता र समय अभावका कारण स्वस्थ्य चेकअप र त्यस सम्बन्धि अभिमुखिकरण तालिम नपाउदा पनि हामी दिनदिनै आफुलाई अस्वस्थ र मृत्युको नजिक पुराइरहेका छौ,तर हामि यो अवस्थामा पुग्नुमा रहर त हुँदै होइनन कैयौ बाध्यताका उपज हुन,जुन नचाहेर पनि भैरहेछ !!

 विगत १५ बर्षमा २५६ जना नेपाली हरुले कोरियाली भुमिमा जीवन त्यागेका छन्, जसमध्ये आत्महत्या गर्नेमा ६८ जना, कार्यस्थल दुर्घटनामा ३० जना, सडक दुर्घटना बाट २९ जना, विभिन्न किसिमका बिरामी भएर २२ जना,पानिमा डुबेर ४ जना, कारण नखुलेका ६२,जना र अन्य बिबिध कारणले ४१ जनाले ज्यान गुमाएको इ पि एस कोरिया शाखाको तथ्यांकमा छ,१५ बर्षमा २५६ जनाको मृत्यु त्यो पनि विदेशमा यो राम्रो संकेत पक्कै होइन,एक एक मृत्युुको यहाँ खोजनिति हुनुपर्छ र हुनुपर्थ्यो,त्यसको समाधान खोजिनु पर्ने हो अह यस्तो भएको कतै देखिदैन !!

नेपाली नागरिकको सुरक्षा लगायत न्युनतम सबै कुराको जिम्मा पाएको नेपाली राजदुतावास यतिखेर कोमा मा छ,न केही बोल्छ,न केही गर्छ,यता युवाहरु माइनस 14 डिग्रिको जाडो चलिरहेकै बेला कम्पनीमै ढलेर जीवन त्याग गर्छन उता राजदुतावास फेसबुकमा मा motivational कार्यक्रम चलाएर रमाइरहेको छ,उनिहरुलाई युवाका क्रन्धन र मृत्युु संग मतलव नै सायद छैन, आफ्नै सरकारी सुख सुविधामा बसेकाहरु यी पिडा घटनाहरु देख्न पनि सक्दैनन्।

समस्या कार्यस्थलमा छ-राजदुतावास फेसबुकमा मोटिभेसनल कार्यक्रम चलाउछ,

समस्या रोजगारदातामा छ:-राजदुतावास फेसबुकमा मोटिभेस्नल कार्यक्रम चलाउछ

समस्या कार्यस्थलको बसाई र खानपानमा छ तर राजदुतावास फेसबुककमा मोटिभेस्नल कार्यक्रम चलाउछ,

समस्या अप्ठारा र स्वास्थले थेक्नै नसक्ने काममा छ तर राजदुतावास फेसबुकमा मोटिभेस्नल कार्यक्रम चलाउछ

थुप्रै मान्छे अस्वस्थ छन अंगभंग छन्,मानसिक तथा शारीरिक समस्यामा छन् तर यहाँ भन्ने कस्लाई देखाउने कस्लाई तर राजदुतावास फेसबुकमा रमाइरहेछ,

यी दर्दनाक घटनाले राजदुतावास ,राजदुत र सम्बन्धित कर्मचारीलाई पोल्छ पोल्दैन हामिलाई थाहा छैन तर हामिलाई दुखिरहेको छ,नेपाली राजदुतावास हुनु र नहुनुमा हामिलाई कुनै गुन्जायस नै छैन किनकि यिनिहरु आफ्ना,युवा आफ्ना नागरिक प्रति संवेदनशील नै छैनन्,राजदुतावास बाट गर्ने सामान्य सहजिकरण पनि यिनिहरुले गर्न सक्दैनन् वा गर्न चाहदेैनन् साँच्चै नेपाली राजदुतावास दक्षिण कोरिया नेपाली युवाहरुको लासको साक्षी मात्र भैरहेको छ अरु त के नै अपेक्षा गर्नु र !!

सिमित व्यक्ति र समुहको पहुचमा राजदुतावास छ,कुनै अवसर अथवा अन्य कार्यक्रममा तिनिहरुलाई मात्र चिठि नै काटेर निमन्त्रणा गर्छन,मानौ कि त्यो निश्चित व्यक्तिहरुको रजगज गर्ने ठाउँ हो,हुदा हुदा संविधान जस्तो महत्त्वपूर्ण दिवस र अन्य कार्यक्रममा यिनिहरुले सिमित मान्छेलाई बोलाएर मनाउँछन् कुनै व्यक्तिको जन्मदिन मनाएझै!!

यदि राजदुतावास सबैको अपनत्वको राजदुतावास सबैको सुख दुःख को राजदुतावास हुदैन भने यो हुनु र नहुनुमा कुनै अर्थ छैन यो बन्द हुनुपर्छ,बरु पासपोर्ट नेपाल गएरै बनाउला होइन भने अब आमूल परिवर्तन हुन आवश्यक छ,हाम्रो रेमिट्यान्सले पालिएकाहरुले अब साँच्चिकै सोच्ने बेला आएको छ राजदुतावासले ब्यवहारमा,सोचाइमा ,सेवा प्रवाहमा,सुरक्षा र सहजिकरणमा !!

नेपाल सरकारको कान दुख्ने गरि अनि कान फुट्ने गरि भन्न मन छ,केही गर्न नचाहने अनि नसक्नेहरुलाई कुटनैतिक मिसन र राजदुतावासमा नपठाउ,देश भित्र त: हामी यिनिहरु बाट पिडित थियौ,विदेशमा झन बढि यिनिहरुबाट पिडित हुदै छौ,थुप्रै परराष्ट्र नीति र त्यसका न्युनतम प्रस्तावनाहरु पनि नेपाली राजदुतावास दक्षिण कोरियाले पूरा गरेको देखिदैन,थुप्रै कुरा कुल्चेर यिनिहरु हिडिरहेका छन् अथवा लास माथि हिनिरहेका छन् अझै भन्दा यिनिहरु लासका साक्षि मात्र हुन !!

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×