नेकपा माओवादी केन्द्रको प्रबास संगठन जनप्रगतिशिल मन्च कोरियाले आफ्नो संगठनको अधिबेशन गर्ने भएको छ ।
यहि शनिबार बसेको संगठनको पुर्ण केन्द्रिय समितिको बैठक ले आठौ महिना अर्थात् अगष्ट १८ तारिकका दिन राजधानी सौल मा सभ्य र भब्य रुपमा अधिबेशन सम्पन्न गर्ने निर्णय भएको जनाइएको छ ।
मन्च ले केही समय अगाडी देखि नै तीब्र रुपमा आफ्ना सदस्य हरुको सदस्यता नवीकरण गराउदै क्षेत्रीय संगठन हरुको अधिबेशन सम्पन्न गरेर राष्ट्रिय अधिबेशनको तयारी थालेको थियो । मन्च ले यसलाइ आफ्नो छैठौ अधिबेशनको रुपमा मानेको छ ।
कोरियामा बिगत लामो समय देखि स्थापित रहेको जनप्रगतिशिल मन्च विभिन्न सामाजिक र राजनीतिक कार्यहरुमा सहकार्य गर्दै आइरहेको संगठन हो । कोरियामा हाल १ हजारको आसपासमा माओवादी संगठित र समर्थित सदस्य हरु रहेको संगठन ले जनाएको छ ।...
९ असार २०८१, शनिबार १४:१८९ असार २०८१, शनिबार १४:१८९ असार २०८१, शनिबार १४:१८ by विशाल श्रेष्ठNo Comments
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सस्थापक गुट वाटअसन्तुष्ट पक्षको आयोजनामा जुलाई २७ र जुलाई २८ मा भव्य पिकनिकको आयोजना हुने भएको छ । कोरियामा रहेका लोकतन्त्रप्रेमी दाजुभाइ, दिदीबहिनीहरु तथा कोरियामा रहेको सामाजिक, जिल्लागत, क्षेत्रगत संघसंस्थाहरुलाई आमन्त्रण गर्दै कार्यक्रमको आयोजना गरिने सह महामन्त्री तथा कार्यक्रम संयोजक विकास मल्लले जनाएका छन् । संगठनभित्र भएका विभिन्न गतिविधिहरु र आगामी कार्ययोजना तर्जुमा गरी संगठनलाई चलायमान बनाउने कार्यक्रमको उदेश्य रहेको कार्यक्रम संयोजक मल्लले बताए । सह महामन्त्री मल्ल संयोजक रहेको आयोजक समितिमा सम्पूर्ण क्षेत्रीय सभापतिहरु सदस्य रहेका छन् ।
कार्यक्रम सफल पार्नको लागि जनसम्पर्क समितिको कार्यसमिति सदस्यहरु, क्रियाशील सदस्यहरु लगायत जनसम्पर्क समितिमा आस्था राख्ने करिब एक सय पचास (१५०) भन्दा बढी व्यक्तिहरु जोडिइसकेको र थप साथीहरु जोडिने क्रम ज...
९ असार २०८१, शनिबार ०१:२५९ असार २०८१, शनिबार ०१:२५९ असार २०८१, शनिबार ०१:२५ by विशाल श्रेष्ठNo Comments
नेपाल पत्रकार महासंघको निर्वाचन २२ असारमा हुने भएको छ ।
शुक्रबार महासंघको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जसअनुसार मतदाताको अन्तिम नामावली प्रकाशन असार १२ गते हुनेछ ।
१३ गते उम्मेदवारको मनोनयन र नामावली प्रकाशन तथा १५ गते अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ ।
असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।...
८ असार २०८१, शुक्रबार १५:००८ असार २०८१, शुक्रबार १५:००८ असार २०८१, शुक्रबार १५:०० by विशाल श्रेष्ठNo Comments
मन्त्रिपरिषद् बैठकले रिक्त रहेका राजदूत पदमा ८ जनालाई सिफारिस गरेको छ । भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन् । एमाले, माओवादी र जसपाको बन्नेहरूको नाम सिफारिस भएको हो ।
मन्त्रिपरिषद द्दारा ८ देशका लागि राजदूत सिफारिस,भारतमा लोकदर्शन रेग्मी त्यस्तै अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका छन् । दक्षिण कोरियाका लागि मानवअधिकारवादी सुशील प्याकुरेल सिफारिस भएका छन् ।
डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, बेलायतका लागि बिजन पन्त, साउदी अरेबियाका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकार सिफारिस भएका छन् । रास्वापाको कोटाको पछि सिफारिस हुनेछन् ।
भारतका लागि सिफारिस भएका रेग्मी बेलायतका लागि यसअघि राजदूत भएका थिए । केपी ओलीको सरकार परिवर्तन भएपछि फिर्ता हुने सूचीमा उनी परेका थिए ।
अमेरिकाका लागि सिफारिस भ...
७ असार २०८१, बिहीबार १३:०७७ असार २०८१, बिहीबार १३:०७७ असार २०८१, बिहीबार १३:०७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेशन यही आउँदो जुलाई ७ तारिखका दिन दोङ्देमुनमा रहेको नेपाल थाइ रेस्टुरेन्टको सभा हलमा बिहान ११ बजे हुने भएको छ।
विभिन्न सिलसिलामा दक्षिण कोरियामा रहेका लुम्बिनी प्रदेश अन्तर्गतका १२ जिल्लाका व्यक्तिहरू मिली यसअघि अप्रिल महिनामा हिमाल खनालको संयोजकत्वमा २१ सदस्य तदर्थ कमिटी गठन गरिएको थियो। “पवित्र लुम्बिनी, बुद्ध जन्मस्थान, शान्ति सद्भाव र सदाचार हाम्रो पहिचान” भन्ने मूल नाराका साथ स्थापना भएको यस समाजले दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाहरूसँग सहकार्य गर्दै सामाजिक कार्यमा हातेमालो गर्ने संयोजक हिमाल खनालले जनाउनुयो।
नेपालको सात प्रदेशमध्ये ६ प्रदेशको यसअघि नै दक्षिण कोरियामा प्रदेश स्तरीय समाज गठन भएर पनि पूर्णरुपमा क्रियाशील हुँदै आइरहेको छ भने लुम्बिनी प्रदेश समाज दक्षिण कोरिया भने प्रदेश स्तरीय संगठनको कान्छो ...
७ असार २०८१, बिहीबार १२:३२७ असार २०८१, बिहीबार १२:३२७ असार २०८१, बिहीबार १२:३२ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज : तमु धीं ख्याङसाङनाम्दो ,बुसान शाखा दक्षिण कोरिया को आयोजनमा यहि जुन ३० तारिखका दिन किम्हे स्थित खाया थेहाक्योको हलमा प्रदर्शन हुन लागेको मेगा स्टार अनमोल केसीको “फर्कीफर्की” किम्हे सो को प्रचार प्रसार तिब्र रहेको छ।
‘फर्की फर्की’ दक्षिण कोरियामा वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालीले प्राप्त गरेसँगै तमु धीं ख्याङसाङनाम्दो ,बुसान शाखा ले किम्हे सो प्रदर्शन हुने भएको हो। जुन ३० तारिक आइतबारका दिन “अनाथ तथा विपन्न वर्गको बालबालिका सहयोगार्थ” १२ः३० वजे प्रर्दशन हुने फिल्मको टिकट शुल्क २०००० वन रहेको छ।
अनलाइन टिकट बुकिङ खुल्ला:
ख्याङसाङनाम्दो स्थित सम्पूर्ण नेपाली संघसंस्थाहरूको सहकार्यमा तमु धीं ख्याङसाङनाम्दो को आयोजनामा प्रदर्शन हुन लागेको बहुप्रतिष्ठित चलचित्र “फर्की फर्की” को अनलाइन टिकट बुकिङ समेत खुला गरेको छ। अनलाइन टिकट बुकिङ ...
६ असार २०८१, बुधबार १२:४७६ असार २०८१, बुधबार १२:४७६ असार २०८१, बुधबार १२:४७ by विशाल श्रेष्ठNo Comments
नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (सोनसिक) ले आफ्नो बिसौँ स्थापना दिवसको अवसरमा "सोनसिक अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन-2024" सम्पन्न गरेको छ।
सहकार्यात्मक नेतृत्व: दिगो विकासका लागि अन्तरविषयगत नवप्रबर्धन र वैज्ञानिक उत्कृष्टताको उत्प्रेरक" भन्ने विषयवस्तुलाई मुख्य आधार मानेर आयोजना गरिएको अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन गत जुन 15 र 16 गतेका दिन दक्षिण कोरियाको छनानमा अवस्थित नामसउल विश्वविद्यालयमा सम्पन्न भएको हो।
नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय सुमना श्रेष्ठको प्रमुख अतिथ्यता (भर्चुअल), नामसउल विश्वविद्यालयका प्रेसिडेन्ट प्रा. डा. स्युङ योङ युन्, कोरियाका लागि मिशन उप प्रमुख पुष्पराज भट्टराई, NIIED Team leader KIM NA YUN को विशिष्ट अतिथ्यता, बिभिन्न क्षेत्रका बिज्ञ, बैज्ञानीइक, तथा शिक्षा र अनुसंधान क्षेत्रका विशिष्ट व्यक्तिहरू लगायत दुई सय भन्दा बढी र...
३ असार २०८१, आईतवार ११:५५३ असार २०८१, आईतवार ११:५५३ असार २०८१, आईतवार ११:५५ by विशाल श्रेष्ठNo Comments
काठमाडौं ।गायक तथा संगीतकार रोशन राई (पालुवा स्टार)को नयाँ गीत 'दुई थुङ्गा फूल' सार्वजनिक भएको छ। राई काजी चाम्लिंङको शब्द ,संगीत र लोकेश चाम्लिंङको एरेन्ज रहेको गीतलाई गायक रोशनकै युट्युब च्यानल मार्फत रिलिज गरिएको हो ।
हसन राइको प्रस्तुतीमा बनेको गीतको भिडियोमा कलाकारहरु जीवन भट्टराई र समापिका गौतम अभिनय रहेको छ । बियोगान्त प्रेमकथा देखाइएको भिडियोमा लक्ष्मी बर्देवाको कन्सेप्ट र जीवन भट्टराईकै निर्देशन रहेको छ । भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र बिष्णु खड्काको कलर ग्रेडिंङ तथा सम्पादन रहेको छ । गायक तथा संगीतकार रोशन राईको यसअघिका दर्जनौ गीतहरुले चर्चा बटुलिसकेका छन् ।
https://youtu.be/6OQadyT6lLg?si=GDU7YKbbnTS2tRLY
...
३ असार २०८१, आईतवार ०९:३०३ असार २०८१, आईतवार ०९:३०३ असार २०८१, आईतवार ०९:३० by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज: दक्षिण कोरियामा रहनुभएका तथा नेपालीहरू बीच भैपरि आउने आपतविपतमा सहयोग आदानप्रदान गर्नको लागि आइतबारका दिन सुवन स्थित कामना रेष्टुरेन्टको कामना सभा हलमा योङहाङ समाज दक्षिण कोरियाको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न भएको छ।
दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाहरूको प्रतिनिधिहरूको उपस्थितिमा आयोजित कार्यक्रमबाट ३१ सदस्यिय नवगठित कार्यसमिति चयन गरेको छ।
सन् २०१८ मा स्थापना भएको योङहाङ समाज दक्षिण कोरियाले दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाहरूको सहकार्यमा सामाजिक कार्यहरूमा योगदान गर्दै आइरहेको छ
योङहाङ समाज दक्षिण कोरियाको नव गठित कार्यसमितीको नामावली निम्नानुसार छ।
संरक्षक : मंगोल योङ्हाङ लिम्बु
१.अध्यक्ष : सरोज योङ्हाङ लिम्बु
२.वरिष्ठ उपाध्यक्ष : बलिन्द्र योङ्हाङ लिम्बु
३.उपाध्यक्ष : सन्तोष योङ्हाङ लिम्बु
४.उपाध्यक्ष :बिवस योङ्हाङ लिम्बु
५.म.उ...
३ असार २०८१, आईतवार ०९:०८३ असार २०८१, आईतवार ०९:०८३ असार २०८१, आईतवार ०९:०८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: “प्रवासमा नेपाली एकता सामाजिक कार्यको हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ स्थापित ख्यङ्जु नेपाली समाजले TB रोग लागि अस्पताल भर्ना भएका ख्यङ्जु फुलगुग्सा मा कार्यरत दीपक तामाङलाई सहयोग स्वरूप ३ लाख कोरियन वन हस्तान्तरण गरेको छ।
ख्यङ्जु वरपर रहेका नेपाली साथीभाइहरूलाई सहयोग गर्नु संस्थाको कर्तव्य ठानी समाजकै सदस्य दीपक तामाङलाई टिभी रोग लागेर एक महिना अस्पताल भर्ना भई डिस्चार्ज हुनुभएको र झन्डै तीन चार महिना उपचार गर्दै आराम गर्नुपर्ने भएकोले ख्यङ्जु समाजको तर्फबाट केही रकम सहयोग गरेको संस्थाका अध्यक्ष नारायणबहादुर खड्काले जानकारी दिनुभयो। विदेशमा बस्दा पनि किन सङ्घसंस्था चाहियो यिनीहरूको के काम हो र भन्ने जस्तो गलत व्याख्या गर्नेहरूको लागि समयसमयमा यसरी संघसंस्थाले नेपालीहरुलाई भैपरि आउने समस्यामा सहयोग गरी गलत साबित गर्दै आइरहेको छ।
ख्यङ्जु नेपाली समाजले आफ्नो स्थापना...