Advertisement
Advertisement

सोनसिक अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन 2024 सम्पन्न

Advertisement
Advertisement

नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (सोनसिक) ले आफ्नो बिसौँ स्थापना दिवसको अवसरमा “सोनसिक अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन-2024” सम्पन्न गरेको छ।

सहकार्यात्मक नेतृत्व: दिगो विकासका लागि अन्तरविषयगत नवप्रबर्धन र वैज्ञानिक उत्कृष्टताको उत्प्रेरक” भन्ने विषयवस्तुलाई मुख्य आधार मानेर आयोजना गरिएको अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन गत जुन 15 र 16 गतेका दिन दक्षिण कोरियाको छनानमा अवस्थित नामसउल विश्वविद्यालयमा सम्पन्न भएको हो।

नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय सुमना श्रेष्ठको प्रमुख अतिथ्यता (भर्चुअल), नामसउल विश्वविद्यालयका प्रेसिडेन्ट प्रा. डा. स्युङ योङ युन्, कोरियाका लागि मिशन उप प्रमुख पुष्पराज भट्टराई, NIIED Team leader KIM NA YUN को विशिष्ट अतिथ्यता, बिभिन्न क्षेत्रका बिज्ञ, बैज्ञानीइक, तथा शिक्षा र अनुसंधान क्षेत्रका विशिष्ट व्यक्तिहरू लगायत दुई सय भन्दा बढी राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका अनुसन्धान कर्ता, बिशेषज्ञ र विद्यार्थीहरुको उपस्थिति मा सम्पन्न भएको थियो।

उद्दघाटन सत्रलाई विशेष सम्बोधन गर्दै मन्त्री श्रेष्ठले कोरिया लगायत विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली वैज्ञानिक तथा शिक्षाविद्हरुलाई एक हुन यस सम्मेलनले ठूलो भूमिका खेलेको र यस्ता प्रकारका सम्मेलनहरु नेपालमै गर्नको लागि प्रस्तावना लिएर आउन अनुरोध गर्दै आफ्नो सहयोग सदैव रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। विश्वभर छरिएर रहेका नेपाली वैज्ञानिक तथा सिक्षाविद्हरुलाई राष्ट्रप्रति थप जिम्मेवार बन्दै शिक्षाको आधुनिकीकरणमा वैदेशिक शैक्षिक संस्था तथा नीतिगत तहबाट समन्वयन र सहकार्य गरी आफूलाई सहयोग गर्न पनि अपील गर्नुभएको थियो। शिक्षा र अनुसन्धानले मात्रै समाजलाई सभ्य बनाउन र मानव जीवनको औचित्यलाई अझै परिष्कृत गर्न सक्ने भन्दै यस्तो कार्यक्रम मार्फत सबैलाई जोड्न प्रायस गरेकोमा आयोजकलाई विशेष आभार प्रकट गर्नुभएको थियो। साथै उद्घाटन सत्रलाई प्रेसिडेन्ट प्रा. डा. स्युङ योङ युन्, सहायक प्रमुख पुष्पराज भट्टराई, वैज्ञानिक समितिका माननीय अध्यक्ष देवी बहादुर बस्नेतले विशेष सम्बोधन गर्नुभएको थियो . उध्घाटन सत्रमा कोरियाका लागि नेपाली राजदुत महामहिम ज्योति प्याकुरेल भन्डारी आउन तय भए पनि अकस्मात स्वास्थ्य समस्याका कारण आउन नसके पछि उहाको सन्देश सोनसिक का अध्यक्ष मेधनाथ पौडेलले पदेर सुनाउनु भएको थियो । कार्यक्रममा आयोजक समितिका संयोजक किरण सुवालले स्वागत तथा समाजका अध्यक्ष मेघनाथ पौडेलले धन्यवाद मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव नारायण सराफ, सोनसिक मिडिया उप समिति संयोजक डा. कमला केसी, र नामसउल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी कान्ति खतिवडाले संयुक्त रुपमा संचालन गर्नुभएको थियो।

दुईदिने सम्मेलनको उद्दघाटन जुन 16 तारिख बिहान नामसउल विश्वविद्यालयका प्रेसिडेन्ट प्रा. डा. स्युङ योङ युन्, कोरियाका लागि मिशन उप प्रमुख पुष्पराज भट्टराई र समाजका अध्यक्ष मेघनाथ पौडेलले संयुक्त रूपमा गर्नुभएको थियो। सम्मेलनको विशेष वक्ताको रूपमा नेपाल बाट आमन्त्रित नेपाली बैज्ञानिक प्रा. डा. निरन्जन पराजुली र प्रा. डा. लुइस केनेरे को बिशेष प्रस्तुति रहेको थियो । त्यस्तै चर्चित टेलिभिजनकर्मी सुजन शाक्यले विशेष वक्ताको रुपमा विशेष प्रस्तुति दिनुभएको थियो। उद्घाटन सत्रमै सोनसिकले नेपाली बिधयार्थीको हक हितका लागि भनेर पहिलो पटक सोनसिकको आफ्नै एप ल्याएको छ । उक्त सुपर सोनसिक एपको लंच नेपाली राज दुताबासका उपनियोग प्रमुख श्री पुष्पराज भट्टराईको हात बाट उदघाटन गरेको छ ।

“सम्मेलनको पहिलो दिनमा Mind Matters भन्ने विषयमा प्राध्यापकहरू डा. सिर्जना थापा र डा. युन् सिल किमले गहन अन्तरकृया गर्नुका साथै कोरियामा अध्ययनरत स्वदेशी तथा विदेशी विद्यार्थीहरुलाई विशेष परामर्श प्रदान गर्नुभएको थियो। त्यस पश्चात कोरियामा रहेका आप्रवासी बालबालिका लक्षित ट्यालेन्ट शो ‘हाजिरी जवाफ, चित्रकला, र आफ्नो क्षमता देखाउने प्रतियोगितात्मक कार्यक्रम गरिएको थियो ।

सम्मेलनलाई प्रभावकारी तवरले सञ्चालन गर्नको लागि शिक्षा, समाजशास्त्र, नेचुरल साइन्स, मेडिसिन, फार्मेसी, माइक्रोबायोलोजी, कंप्यूटर विज्ञान, इन्जिनियरिङ, वैकल्पिक ऊर्जा, मनोविज्ञान लगायत सम्पूर्ण विषयवस्तुलाई समेटी चार ओटा छुट्टाछुट्टै सत्रहरू दुई घण्टा सम्म एकै समयमा सञ्चालन गरिएको थियो भने पोष्टर प्रस्तुति एक घण्टा चलेको थियो। प्रथम सत्र नेचुरल साइन्स तथा मेडिसिनको नेतृत्व प्राकृतिक तथा वैकल्पिक ऊर्जा विज्ञ डा. अग्नि राज कोइरालाले गर्नुभएको थियो भने डा. पुन माया महर्जनले CRISPER Cas gene editing सम्बन्धी अनुसन्धानात्मक तथ्यहरूको विशेष प्रस्तुती दिनुका साथै फरक फरक विषयमा अनुसन्धान गरिरहनुभएका छ भन्दा बढी प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता तथा विद्यार्थीहरुले आआफ्नो अनुसन्धानलाई उजागर गर्नुभएको थियो। प्राध्यापक डा. ज्ञानेन्द्र प्रसाद जोशीले नेतृत्व गर्नुभएको आई. टि, इन्जिनियरिङ तथा कंप्यूटर साइन्स लगायतका बिषयबस्तुलाई समेटिएको दोस्रो सत्रमा पनि आधा दर्जन भन्दा धेरै वैज्ञानिक तथा अनुसन्धानकर्ताले आफ्ना अनुसन्धानहरुलाई प्रष्ट्याउनु भएको थियो। सोसल साइन्स एण्ड म्यानेजमेन्टको सत्रमा प्रोफेसरहरु डा. हान् व्योल यो र डा. हान युन् जुङ विशेष प्रस्तुतकर्ताको रूपमा आमन्त्रित हुनुहुन्थ्यो भने पाँचजना अनुसन्धानकर्ताले आफ्ना सोधपत्रहरूको नतिजालाई स्पष्ट पार्नुभएको थियो। तेस्रो सत्रको नेतृत्व प्राध्यापक डा. मधुसुधन आत्रेयले कुशलतापूर्वक गर्नुभएको हो। त्यस्तै गरी प्राध्यापकहरू डा. सिर्जना थापा र डा. युन् सिल किमको नेतृत्वमा सम्पन्न मेन्टल हेल्थ एंड वेलविङ सम्बन्धित सत्रमा पनि विशेष आमन्त्रित वक्ताको रुपमा प्राध्यापक डा. ए जङ पार्क र डा. सरन हरि श्रेष्ठले विशेष सम्बोधन गर्नुभयो भने अन्य अनुसन्धानकर्ता तथा विद्यार्थी गरी सातओटा विशेष प्रस्तुतिहरु सम्पन्न भएका थिए। डा. सौगात सिवाकोटी, डा. कपिल गुरुङ तथा डा. उस्मान मुहम्मदले सत्रहरुको सहजीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्नुभएको थियो।

पोष्टर प्रस्तुति सत्रमा पनि दर्जनौँ अनुसन्धानकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो। कोरिया र अन्य विभिन्न देशलाई प्रतिनिधित्व गर्दै सहभागी अनुसन्धानकर्ताहरुले गर्ने अनुसन्धानहरु अत्यन्तै स्तरीय र समाजलाई ठूलो योगदान दिन सक्ने खालको रहेको पोष्टर मूल्यांकन विज्ञ टिमका संयोजक डा. घनश्याम ज्ञवालीले बतउनुभयो।

सन् 2004 मा स्थापना भएको सोनसिकले यस बर्ष बिभिन्न कार्यक्रमहरु गर्दै आफ्नो स्थापनाको 20 औं बर्ष मनाईरहेको छ । बिश्वभरका आफना आलमुनाई मार्फत नेटवर्क बिस्तार गरिरहेको सोनसिकले शैक्षिक, सांस्कृतिक कार्यक्रमहरु गर्दै आईरहेको छ । यस बर्ष नामसउल विश्वविद्यालयको तीसौं वार्षिक उत्सवको अवसर पारेर उक्त सम्मेलन सोनसिक र विश्वविद्यालयको सहकार्यमा सम्पन्न भएको हो। सम्मेलनलाई नेपाली राजदुतावासले मुख्य प्रायोजन गरेको थियो भने एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस, जिमोनी ट्रान्स, लर्न कोरियन विथ विवेक, सिद्धार्थ फुटबल क्लब-थेगू तथा रोयल इन्डियन रेष्टुरेन्टले प्रायोजन गरका थिए।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Warum BetAlice Casino keine Einzahlungslimits hat: Spielen ohne LUGAS genießen

Warum BetAlice Casino keine Einzahlungslimits hat: Spielen ohne LUGAS genießenMein Name ist Lukas Schneider, und ich bin Online-Sp...

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjami

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjamiNazywam się Jakub Nowak, a w tym artykule przyjrz...

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!Nazywam się Adam Kowalski i pragnę podzielić się moją opinią o...

Misty Casino Canlı Casino Deneyimi: Gerçek Krupiyelerle Heyecan Dolu Anlar

Misty Casino Canlı Casino Deneyimi: Gerçek Krupiyelerle Heyecan Dolu AnlarMisty Casino, dijital oyun dünyasında sunduğu canlı casi...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×