जेजु, दक्षिण कोरिया – किरात याक्थुङ चुम्लुङ जेजुदो शाखाले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर दोस्रो KYC JEJU फुटसल कप २०२५ आयोजना गर्ने भएको छ। प्रतियोगिता यही सेप्टेम्बर २७ तारिख साँझ ६ बजेदेखि राति १ बजेसम्म जेजु सहरको 연삼로 ६२७ (거로풋살장) मा हुने बताइएको छ।
प्रतियोगितामा सहभागी हुने टिमहरूले सेप्टेम्बर २३ सम्म दर्ता गर्नुपर्नेछ। टिम दर्ता शुल्क २ लाख ५० हजार वोन तोकिएको आयोजक समितिले जनाएको छ। प्रत्येक टिममा ६ खेलाडी र अतिरिक्त ३ जना समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
खेललाई आकर्षक बनाउन उच्च रकमको पुरस्कार तोकिएको छ। प्रथम हुने टिमले १० लाख वोनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमलाई ५ लाख वोनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ५० हजार वोनसहित मेडल प्राप्त गर्नेछन्।
...
८ आश्विन २०८२, बुधबार ०६:५८८ आश्विन २०८२, बुधबार ०६:५८८ आश्विन २०८२, बुधबार ०६:५८ by एलिनाNo Comments
नेपालीहरुको महान् चाड विजयादशमी र शुभ दीपावली को अवसरमा हान्वा ओसान नेपाली एकता समाज, गजेदोद्वारा आगामी २०२५ अक्टोबर ५, आइतवार विशेष कार्यक्रम आयोजना हुने भएको छ।
“हाम्रो चाहना प्रवासी एकता र आपसी सदस्यताको कामना” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रममा दशैँको रौनक झल्कने विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम रहनेछन्।
कार्यक्रमका प्रमुख आकर्षणहरू :
• टिका जमरा तथा आशीर्वाद ग्रहण
• विभिन्न स्वादिष्ट नेपाली परिकारहरूको सामूहिक पँक्तिपर्यन्त
• सगरमाथा नौमति पञ्चे बाजाको लाइभ प्रस्तुति
• The Wings Music Hanwha Ocean समूहको विशेष लाइभ प्रस्तुति
• स्थानिय स्तरका विविध प्रतिभा प्रस्तुतिहरू
• रमाइला मनोरञ्जनात्मक खेलकुद प्रतियोगिताहरू
• पञ्चे बाजासहितको उत्कृष्ठ नृत्य तथा २ जनाको खेलमा विजेतालाई पुरस्कार
कार्यक्रम बिहान १० बजे बाट सुरु हु...
७ आश्विन २०८२, मंगलवार ०४:४७७ आश्विन २०८२, मंगलवार ०४:४७७ आश्विन २०८२, मंगलवार ०४:४७ by एलिनाNo Comments
दक्षिण कोरियामा दशैं र छुसकको संयुक्त अवसर पारेर भव्य ब्याडमिन्टन च्याम्पियनशिप आयोजना हुने भएको छ। खेलकुद सामाग्रीको बिक्री र वितरणमा संलग्न संस्था Aks Sports Collection को आयोजनामा आउँदो अक्टोबर ५ तारिख बिहान ८ बजेदेखि 경기 화성시 정남면 발안로 1191-8 (민턴랩 배드민턴 아카데मी) मा प्रतियोगिता सुरु हुने जनाइएको छ। “Two Nations, One Celebration” भन्ने मूल नारासहित आयोजना हुने यस प्रतियोगिता नेपाली नागरिकहरूका लागि मात्र खुला रहनेछ।
पुरुष डबल्समा मात्र सञ्चालन हुने यो प्रतियोगिता तीन क्याटेगोरी—A, B, र C—मा हुने व्यवस्था गरिएको छ। हरेक क्याटेगोरीमा विजेताले ४ लाख १ सय ११ वोन नगद, ट्रफि, मेडल र प्रमाणपत्र, उपविजेताले २ लाख ५१ हजार १११ वोनसहित ट्रफि, मेडल र प्रमाणपत्र, र तेस्रो स्थान हासिल गर्ने दुई टिमले १ लाख १ हजार १११ वोनसहित मेडल र प्रमाणपत्र पाउनेछन्। नामदर्ता शुल्क ८० हजार वोन तोकिएको छ भने, SentBe Remi...
५ आश्विन २०८२, आईतवार १३:३३५ आश्विन २०८२, आईतवार १३:३३५ आश्विन २०८२, आईतवार १३:३३ by एलिनाNo Comments
दक्षिण कोरियास्थित खोसंङ नेपाली समाजको दोस्रो ऐतिहासिक अधिवेशन आज आईतबार भव्य रुपमा सम्पन्न भएको छ । अधिवेशनबाट राम शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
कार्यक्रममा पहिलो कार्यसमितिको सफल कार्यकाल सम्पन्न गरी समाजलाई गतिशील बनाउनेतर्फ महत्वपूर्ण योगदान पु¥याउनु भएको निवर्तमान अध्यक्ष यूवराज शाही र सम्पूर्ण पदाधिकारीलाई हार्दिक धन्यवाद र शुभकामना व्यक्त गरिएको छ ।
नवनिर्वाचित कार्यसमितिमा निम्न पदाधिकारी चयन भएका छन् :
• अध्यक्ष : राम शर्मा
• वरिष्ठ उपाध्यक्ष : श्वेता सारु मगर
• उपाध्यक्ष : राजु सत्यार्थी
• उपाध्यक्ष : (खाली)
• महासचिव : (खाली)
• सचिव : शुसन देउवा
• कोषाध्यक्ष : दिपेन्द्र न्यौपाने
• सह–कोषाध्यक्ष : अन्सु सुन्दाश
सदस्यहरु :
• दिपक तामाङ
• मन्जित गुरुङ
• रमेश रम्तेल
• (अन्य सदस्य पद रिक्त, पछि कार्यसमितिबा...
३ आश्विन २०८२, शुक्रबार १०:२१३ आश्विन २०८२, शुक्रबार १०:२१३ आश्विन २०८२, शुक्रबार १०:२१ by विशाल श्रेष्ठNo Comments
हालै सम्पन्न GenZ आन्दोलनका क्रममा ज्यान गुमाएका विद्यार्थी, सर्वसाधारण तथा सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै, कोरियाबाट सञ्चालन हुने अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवा प्रदायक SentBe र कुमारी बैंकले नेपाल पुनःस्थापनाका लागि विशेष योजना घोषणा गरेका छन्।
यस अभियान अन्तर्गत, २०२५ सेप्टेम्बर १५ देखि अक्टोबर ३१ सम्म कोरियाबाट नेपाल पठाइने रकममा रेमिट्यान्स सेवा शुल्कमा ५०% छुट दिइनेछ। साथै, प्रत्येक कारोबारमा रु. २०० (NPR) नेपाल पुनःस्थापनाका लागि सहयोगस्वरूप जम्मा गरिनेछ।
अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले सजिलै SentBe App डाउनलोड गरी कोरियाबाट नेपाल पैसा पठाउन सक्नेछन्। पैसा पठाएपछि आपसैमा सहयोग अभियानमा समावेश हुनेछन्। यसरी पठाइएको प्रत्येक कारोबारले व्यक्तिगत आवश्यकतासँगै सामूहिक पुनःस्थापनामा योगदान पुर्याउनेछ। यो योजना २०२५ सेप्टेम्बर १५ देखि अक्टोबर ३१ सम्म लागू हुनेछ।...
३ आश्विन २०८२, शुक्रबार ०६:०१३ आश्विन २०८२, शुक्रबार ०६:०१३ आश्विन २०८२, शुक्रबार ०६:०१ by एलिनाNo Comments
दक्षिण कोरियाली खाद्य कम्पनी साम्याङ फुड्सको विश्वप्रसिद्ध ‘बुल्डाक रामेन’लाई उत्तर कोरियाले नक्कल गरी चीनको बजारमा उतारेको तथ्य सार्वजनिक भएको छ। डोङ–ए विश्वविद्यालयका प्राध्यापक काङ डोङ–वानले मंगलबार आफ्नो युट्युब च्यानलमार्फत यो नुडल्स देखाउँदै आफूले चीनबाट ल्याएको जानकारी दिएका हुन्। ‘स्पाइसी किम्ची बिबिम खुक्सु’ नाम दिइएको उक्त नुडल्स पाँच प्याकको सेटमा बिक्री भइरहेको छ, जसको प्याकेजिङ साम्याङको उत्पादनसँग अत्यन्तै मिल्दोजुल्दो छ।
प्याकेटमा कालो पृष्ठभूमि, रातो र सेतो अक्षरको संयोजन, साथै आगो फ्याँकिरहेको कुखुराको कार्टुन पात्र प्रयोग गरिएको छ, जुन साम्याङको आधिकारिक मस्कट ‘होची’सँग झण्डै उस्तै देखिन्छ। प्याकेजिङको पछाडिपट्टि उत्पादन कम्पनीलाई ‘रासोन र्योङ्सोन जोइन्ट भेन्चर कम्पनी’ भनेर उल्लेख गरिएको छ भने उत्पत्तिस्थानमा ‘डेमोक्रेटिक पिपल्स रिपब्लिक अफ कोरिया’ अर्थात् उत्तर कोरिया...
२ आश्विन २०८२, बिहीबार १२:०६२ आश्विन २०८२, बिहीबार १२:०६२ आश्विन २०८२, बिहीबार १२:०६ by एलिनाNo Comments
नेपाल आदिवासी जनजाति महासंघ ख्यङ्साङनाम्दो बुसान शाखाले आफ्नो ऐतिहासिक पाँचौं अधिवेशन २०२५ आगामी सेप्टेम्बर २८ आइतबारका दिन गर्ने भएको छ।
“मौलिक भाषा, धर्म, संस्कृति र परम्पराहरुको संरक्षण गर्दै आत्मसम्मान, सहअस्तित्व र पहिचान प्राप्तिको लागि गोलबद्ध बनौँ” भन्ने मूल नारासहित स्थापना भएको यो महासंघले आदिवासी जनजातिहरुको साझा पहिचान, अधिकार र ऐक्यबद्धताका लागि यो अधिवेशनलाई महत्वपूर्ण मानिएको छ।
अधिवेशन न्यू लिटल इण्डियाको सभाहल, किम्हे (경상남도 김해시 서상동 27-31) मा दिउँसो १२ बजे सुरु हुनेछ। आयोजकहरूले सम्पूर्ण महानुभाव, संघसंस्था, अग्रज, साथीभाइ र शुभेच्छुकहरुलाई गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेका छन्।
यस अधिवेशनमार्फत संस्थाको आगामी कार्ययोजना, नेतृत्व चयन तथा समुदायबीचको आपसी सहयोग र एकतामा टेवा पुग्ने अपेक्षा गरिएको छ।...
२ आश्विन २०८२, बिहीबार ०५:४६२ आश्विन २०८२, बिहीबार ०५:४६२ आश्विन २०८२, बिहीबार ०५:४६ by एलिनाNo Comments
सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको छ। खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले अंकले घटेपछि नकारात्मक सर्किट लागेको हो। नेप्से परिसूचकमा नकारात्मक सर्किट लागेपछि कारोबार २० मिनेटका लागि स्थगित गरिएको छ।
आज प्रि ओपन सेसनमा नेप्से परिसूचक उच्च अंकले घटेको थियो। जेनजी आन्दोलनपछि बन्द भएको सेयर बजार आजबाट खुलेको हो।
कारोबार सुरू भएको पहिलो एक घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ । सर्किट ब्रेक लागेमा २० मिनेटका कारोबार बन्द हुन्छ।
कारोबार सुरू भएको पहिलो घण्टामा ४ प्रतिशत,दोस्रो घण्टामा ५ प्रतिशत र त्यसपछि ६ प्रतिशतले घटे वा बढेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ।
पहिलो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०७.०४ अंकले घटेर २५६५.२१ विन्दुमा पुगेको छ।...
३१ भाद्र २०८२, मंगलवार ०३:४९३१ भाद्र २०८२, मंगलवार ०३:४९३१ भाद्र २०८२, मंगलवार ०३:४९ by एलिनाNo Comments
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA) दक्षिण कोरिया र कोरियन मेडिकल विभागको संयुक्त पहलमा कोरियामा कार्यरत नेपाली समुदायलाई लक्षित गर्दै निशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ।
आयोजकले जारी गरेको सूचनाअनुसार उक्त कार्यक्रम २०२५ सेप्टेम्बर २०, शनिबार का दिन सउलस्थित 서울점프정형외과 (Seoul Jump Orthopedic Hospital) मा हुने छ। शिविरमा सामान्य स्वास्थ्य परीक्षण, आवश्यक परामर्श, बृहत स्वास्थ्य जाँच लगायतका सेवा निशुल्क रुपमा प्रदान गरिनेछ।
एनआरएनए कोरियाका अध्यक्ष पार्वती तामाङका अनुसार कोरियामा कार्यरत नेपाली श्रमिक, विद्यार्थी तथा आप्रवासीहरूको स्वास्थ्य पहुँच सहज बनाउन यो पहल गरिएको हो। उहाँले सबै नेपाली समुदायलाई उक्त दिन उपस्थित भई सेवा लिन आग्रह गर्नुभएको छ।
सम्पर्क व्यक्ति:
• पार्वती तामाङ : 010-8535-8860
• तारा पुन मगर : 010-7342-0412
• मिलन गुरुङ : 010...
३० भाद्र २०८२, सोमबार १३:५४३० भाद्र २०८२, सोमबार १३:५४३० भाद्र २०८२, सोमबार १३:५४ by एलिनाNo Comments
दक्षिण कोरियाको हामान नेपाली समाजले आगामी महान चाड छुसकको अवसर पारेर नेपाली कथानक चलचित्र ‘बलिदान’ को प्रदर्शन गर्ने भएको छ। यसअघि सफलतापूर्वक ‘१२ गाउँ’ प्रदर्शन गरिसकेको समाजले दोस्रो पटक चलचित्र प्रदर्शन गर्ने तयारी गरेको हो।
समीर भट्टद्वारा अभिनीत, सन्तोष सेनद्वारा निर्देशित चलचित्र ‘बलिदान’ आगामी अक्टोबर ५ (आईतबार) का दिन खिम्हे–बुसान क्षेत्रमा सार्वजनिक प्रदर्शनमा आउँदैछ। कार्यक्रम 김해시 활철로 294 (은석문화회) मा दिउँसो १:३० बजेबाट सुरु हुने आयोजकले जनाएको छ।
चलचित्र हेर्नको लागि टिकट मूल्य २५,००० वोन तोकिएको छ। चलचित्र तोकिएको समयमा नै सुरु हुने भएकाले दर्शक महानुभावहरूलाई समयमै उपस्थित रहन आयोजकले अनुरोध गरेको छ।
हामान नेपाली समाज दक्षिण कोरियाले सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भई नेपाली चलचित्रलाई माया र साथ दिन आग्रह गर्दै यस कार्यक्रमलाई सफल पार्न सहयोग गर्न हार्दिक निमन्त्रणाक...