अन्ततः जोन एण्ड दि लोकल लाइभ इन सउल छुसक सम्मका लागि स्थगित
विशाल आवाज: कोरियनहरुको नया बर्ष सलनालको अवसरमा धराने इभेन्ट्स द्दारा आयोजना हुने भनिएको जोन एण्ड दि लोकल लाइभ इन सउल अन्तिम समयमा आएर कलाकार हरुको भिषा समस्याको कारण छुसकमा गर्ने गरेर स्थगन गरिएको छ।
सन् २००२ कि मिस नेपाल माल्भिका सुब्बाले होस्ट गर्ने भनेर तोकिएको कार्यक्रममा नेपालबाट कलाकारहरु को भिषा अप्लाइ गर्दा माल्भिका सुब्बाको भिषा लागेको र ब्याण्डको पाच जना कलाकारको भने केहि कारणबस यो पटकलाई भिषा डिनाइड भएको हो।
आयोजकले टिकट लिसक्नुभएको दर्शकहरु संग माफि माग्दै टिकटको रकम सबैको समयमै फिर्ता हुने कुरामा ढुक्क हुन जनाएको छ। जोन एण्ड दि लोकल ब्याण्ड पछिल्लो समय युवा पुस्ता माझ चिरपरिचित हुनाका साथै सबै कलाकार हरु भर्खरै यु.के,यु.ए.इ गएर आइसकेको र फेब्रुअरी १० मा हङकङको प्रख्यात एल.जि नाइटमा समेत जाँदैछ तर अन्तिम समयमा आएर कोरियाको यसरि केहि समस्या हुन्छ भन्ने सोच्दै ...






