आजको राशिफल : २०८० भाद्र ०९ गते (शनिवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ । यात्रा गर्...






