दक्षिण कोरियाको Eonyang मा यही नोभेम्बर २९ तारिख नेपाली सुपरहित चलचित्र “कबड्डी” को बिषेश प्रदर्शन हुने
अन्याङ नेपाली समाज उल्सान, दक्षिण कोरियाको आयोजनामा आगामी नोभेम्बर २९ तारिख आइतबार दक्षिण कोरियाको उल्सानमा नेपाली कथानक चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को विशेष प्रदर्शन हुने भएको छ। आपत्कालीन राहतकोष स्थापना तथा व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले उक्त प्रदर्शन आयोजना गर्न लागिएको हो।
आयोजकका अनुसार चलचित्र प्रदर्शन 울산광역시 울주군 삼남읍 울산역로 345 (3층) मा हुनेछ। नोभेम्बर २९ मा हुने प्रदर्शनका लागि दिउँसो १२:३० बजे कार्यक्रम सुरु हुनेछ। 언양시외버스터미널 बाट पैदल हिँडेर करिब ७ मिनेटमा कार्यक्रमस्थल पुग्न सकिने आयोजकले जनाएको छ।
चलचित्रको प्रवेश शुल्क सामान्यतर्फ ३० हजार वन र विद्यार्थीका लागि २५ हजार वन निर्धारण गरिएको छ। टिकट खरिद गर्ने प्रत्येक दर्शकलाई एक बोतल मिनरल वाटर निःशुल्क उपलब्ध गराइनेछ। उक्त चलचित्र प्रदर्शनबाट प्राप्त सहयोग रकम आपत्कालीन राहतकोषमा जम्मा गरिने आयोजकले जनाएको छ।...









