ख्यसाङनाम्दो छाङ्वनमा अगस्ट ३ मा श्रमिक सचेतना तथा राहदानी नविकरण कार्यक्रम हुने,महामहिम राजदूतको सहभागिता रहने
दक्षिण कोरियाको ख्यसाङनाम्दो स्थित छाङ्वनमा शहरमा नेपाली दूतावास सउलको आयोजना र ख्यङ्नाम नेपाली समाजको सह-आयोजनामा श्रमिक सचेतना तथा राहदानी नविकरण कार्यक्रम यही आउँदो २०२५ अगस्ट ३ तारिख, आइतबारका दिन आयोजना हुने भएको छ। कार्यक्रममा कोरियाका लागि नेपाल सरकारकी महामहिम राजदूत श्री शिवमाया तुम्बाहाम्फे ज्यूको विशेष उपस्थिति रहनेछ।
कार्यक्रममार्फत कोरियामा वैधानिक रूपमा बसोबास गरिरहेका नेपाली श्रमिकहरूलाई राहदानी नविकरण तथा श्रमिक सरोकारका विषयमा प्रत्यक्ष जानकारी, सहयोग र अन्तरक्रिया गरिनेछ। साथै, राजदूत ज्यूको स्वागत तथा सामूहिक भेटघाट कार्यक्रम समेत आयोजना गरिएको छ।
राहदानी नविकरणको लागि इच्छुक व्यक्तिहरूले पूर्व नामावली संकलनको लागि Google Form भरि पठाउनुपर्नेछ।
Form लिंक:
https://docs.google.com/forms/d/e/1FAIpQLSe5KmDvaPdPnU75xnz-8PHJbx9ZY2V53pyFIeeL6Q_1T4Kcrw/viewform?pli=...









