Advertisement
Advertisement

रास्वपा विदेश विभाग अन्तर्गत कोरियाको अधिवेशन अगस्ट १६ मा हुने

Advertisement
Advertisement

दक्षिण कोरियामा सक्रिय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्गतको प्रवास नेपाली सम्पर्क विभागको दोस्रो अधिवेशन यही आउँदो अगस्त १६ तारिख शनिबारको दिन सिओलको दोङ्देमुनस्थित छोङ्गनो कुकमिन हवोगानमा हुने भएको छ। विभागका प्रमुख डम्बर सुब्बाले जानकारी दिएअनुसार, उक्त अधिवेशनलाई भव्य, मर्यादित र प्रभावशाली ढंगमा सम्पन्न गर्न आवश्यक तयारीहरू तीव्र रूपमा अगाडि बढाइएको छ।

केन्द्रिय समितिको भर्चुअल बैठकमार्फत अधिवेशनलाई बृहत भव्य सभ्य र प्रभावकारी बनाउनलाई कार्यभारको बांडफांड गरेको छ । सोही बैठकमा निर्वाचन संयोजन, स्वयंसेवक परिचालन, सदस्य प्रमाणिकरण, प्रचारप्रसार तथा अतिथि व्यवस्थापनलगायतका पक्षहरूमा छुट्टाछुट्टै संयोजकहरूको मनोनयन गरिएको छ। दोस्रो निर्वाचन आयोगको संयोजकमा बिबि सिह्, सदस्यहरुको डाटा संकलन संयोजकमा सरोज केसी, सदस्य प्रमाणिकरण संयोजकद्धयमा हरि प्रसाद भण्डारी र बिक्रम काफले, स्वंयम सेवक परिचालन कमिटिको संयोजकमा सन्तोष डङ्गगोल, प्रचारप्रसार संयोजकमा रुपक पौडेल, अतिथी व्यवस्थापनको संयोजकमा युबिन श्रेष्ठलाई मनोनित गरेको विभागका सचिव हरि प्रसाद भण्डारीले जानकारी दिएका छन्।

यसपटकको अधिवेशनलाई विशेष बनाउने उद्देश्यले आयोजक टोली उच्च मनोबलका साथ जुटिरहेको छ। अधिवेशनमा पार्टीको विदेश विभागको तर्फबाट प्रमुख अतिथिका रूपमा कसलाई आमन्त्रण गर्ने भन्नेबारेमा हाल सल्लाहकार समिति र पार्टी नेतृत्वबीच छलफल चलिरहेको छ। सल्लाहकार समिति संयोजक जिपी तिमिल्सिनाका अनुसार, यसबारेमा चाँडै टुंगो लाग्नेछ र त्यसको औपचारिक जानकारी सार्वजनिक गरिनेछ।

प्रवासी नेपालीहरूलाई संगठित गर्दै उनीहरूलाई राष्ट्रिय राजनीतिमा जिम्मेवार ढंगले जोड्ने अभियानमा जुटेको रास्वपाले कोरियामा समेत सक्रिय संगठन निर्माण गर्दै आएको छ। यही सिलसिलामा हुन लागेको यो अधिवेशनले पार्टीको प्रवासी नेटवर्क विस्तारमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Aplicația Stake pentru Android se instalează direct fără Magazin Play românesc

În ultimele luni, tot mai mulți jucători din România caută să instaleze aplicația Stake pe dispozitivele Android, ocolind comple...

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×