दक्षिण कोरियाको ख्यसाङनाम्दो स्थित छाङ्वनमा शहरमा नेपाली दूतावास सउलको आयोजना र ख्यङ्नाम नेपाली समाजको सह-आयोजनामा श्रमिक सचेतना तथा राहदानी नविकरण कार्यक्रम यही आउँदो २०२५ अगस्ट ३ तारिख, आइतबारका दिन आयोजना हुने भएको छ। कार्यक्रममा कोरियाका लागि नेपाल सरकारकी महामहिम राजदूत श्री शिवमाया तुम्बाहाम्फे ज्यूको विशेष उपस्थिति रहनेछ।
कार्यक्रममार्फत कोरियामा वैधानिक रूपमा बसोबास गरिरहेका नेपाली श्रमिकहरूलाई राहदानी नविकरण तथा श्रमिक सरोकारका विषयमा प्रत्यक्ष जानकारी, सहयोग र अन्तरक्रिया गरिनेछ। साथै, राजदूत ज्यूको स्वागत तथा सामूहिक भेटघाट कार्यक्रम समेत आयोजना गरिएको छ।
राहदानी नविकरणको लागि इच्छुक व्यक्तिहरूले पूर्व नामावली संकलनको लागि Google Form भरि पठाउनुपर्नेछ।
Form लिंक:
🔶 राहदानी नविकरण सम्बन्धी विशेष जानकारी:
- राहदानीको म्याद १ वर्षभन्दा कम बाँकी भएको हुनुपर्नेछ।
- यो फारम पूर्व नामावली संकलन मात्र हो, अन्तिम नामावली र समय तालिका सम्बन्धी जानकारी आयोजक संस्थाको फेसबुक पेजमार्फत सार्वजनिक गरिनेछ।
- योग्य व्यक्तिहरूलाई Appointment समय पछि छुट्टै जानकारी गराइनेछ।
🔶 राहदानी बनाउँदा अनिवार्य साथमा ल्याउने कागजातहरू:
१. Appointment को QR कोड (प्रिन्ट वा मोबाइल फोटो)
२. हालको राहदानी (सक्कल) र अगाडि/पछाडिको फोटोकोपी
३. 외국인 등록증 (Residence Card) को सक्कल
💰 राहदानी नवीकरण शुल्क विवरण:
- साधारण नविकरण – ₩210,000
- हराएको/च्यातिएको/ड्यामेज – ₩420,000
- हराएमा कोरियन पुलिस रिपोर्ट अनिवार्य
- च्यातिएको वा ड्यामेज भएको पासपोर्टको ओरिजिनल अनिवार्य
- कम्पनीमै पासपोर्ट डेलिभरी (택배) – ₩3,040
- भुक्तानी अनिवार्य रूपमा बैंक ट्रान्सफरमार्फत गरिनुपर्नेछ (नगद स्वीकृत छैन)।
कार्यक्रम विवरण:
📅 मिति:२०२५ अगस्ट ३, आइतबार
🕘 समय: बिहान ९:०० बजे
📍 स्थान: 창원시 의창구 사회로 18번길30 – (경남이주민센터)
📌 नोट: कार्यक्रम तोकिएको समयमा नै सुरु हुनेछ।
📌 थप जानकारीका लागि आयोजक संस्थाको सामाजिक सञ्जाल हेर्न अनुरोध छ।









