Advertisement
Advertisement

बद्री केसी नेतृत्वको NRNA अन्तर्गत कोरियामा नयाँ नेतृत्व, अघिल्लो कार्यसमितिबाट करिब १० करोड घाटा गरी कोष हस्तान्तरण

Advertisement
Advertisement

केन्द्रमा बद्री केसी अध्यक्ष रहेको गैर आवासीय नेपाली संघ (NRNA) अन्तर्गत दक्षिण कोरियाको १०औं अधिवेशन जुलाई २६/२७ मा सम्पन्न भयो। पार्वती मोक्तान नयाँ अध्यक्षमा निर्वाचित भइन्।

अधिवेशनसँगै सार्वजनिक भएको आर्थिक प्रतिवेदनले अघिल्लो (८औं) कार्यसमितिबाट १४ करोड ४४ लाख वन हस्तान्तरण भए पनि हाल ५ करोड ६३ लाख वन हाराहारी वन मात्र बाँकी देखिएको छ। करिब १० करोडको खर्च भएको देखिएको छ। ९ औ कार्यसमितिले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनले संस्थाले ठूलो वित्तीय घाटा व्यहोर्नु परेको देखाएको छ।

फुटबल, नेपाल डे, भलिबल ,सदस्यता फिर्ता, तलब, कार्यालय खर्चलगायत शीर्षकमा ठूलो रकम खर्च भए पनि विवरण स्पष्ट छैन।

आठौं कार्यसमितिबाट हस्तान्तरण भएको कुल रकम १४ करोड ४४ लाख ३० हजार ४ सय ४० वन थियो। तर नयाँ कार्यसमितिको प्रतिवेदनअनुसार जम्मा ५ करोड ६३ लाख ७२ हजार ५ सय ३० वन मात्र शुद्ध बचत देखिएको छ। यसका अतिरिक्त ३८ लाख १० हजार वन सदस्यता शुल्क उठ्न बाँकी रहेको देखिन्छ। सो रकम 𝐬𝐞𝐧𝐭𝐁𝐞 𝐫𝐞𝐦𝐢𝐭𝐭𝐚𝐧𝐜𝐞 बाट प्राप्त हुने बताइएको छ।

अधिवेशनका लागि १,४४२ जनाले सदस्यता लिएकामा जम्मा ९ करोड ४९ लाख २० हजार वन उठाइएको थियो। बाँकी रकम मुख्यतया विभिन्न गतिविधि, कार्यक्रम खर्च, भुक्तानी, भाडा, तलब, कार्यालय संचालन तथा ICC सदस्यता शुल्क लगायतका शीर्षकमा खर्च गरिएको देखिन्छ।

प्रतिवेदनप्रति प्रतिनिधिहरूले आक्रोश व्यक्त गरे। पूर्व उपाध्यक्षहरूले पारदर्शिता माग गर्दै संस्थाले पटक–पटक घाटामा कार्यक्रम गर्दै आएको आरोप लगाए। आर्थिक प्रतिवेदन प्रस्तुत हुँदा उपस्थित प्रतिनिधिहरूले अघिल्लो समितिले गरेको खर्च र घाटा प्रति आक्रोश व्यक्त गरेका थिए ।
तत्कालीन अध्यक्ष बृद्धि गुरुङले भने आफूहरूले नाफा गर्ने उद्देश्यले नभै, सामाजिक र सकारात्मक कार्यमा रकम खर्च गरेको स्पष्ट पारे। उनले युवालाई खेलकुदमार्फत सकारात्मक ऊर्जा दिने, विद्यार्थी र श्रमिकलाई सहयोग गर्ने कार्यहरूमा रकम प्रयोग गरिएको बताए।

संस्थाले अब पारदर्शिता र जवाफदेहितामा सुधार नगरे गम्भीर संकट निम्तिन सक्ने संकेत देखिएको छ। यस पटकको अधिवेशनले केवल नेतृत्व परिवर्तन मात्र होइन, आर्थिक पारदर्शितामाथि पनि गम्भीर प्रश्न उठाएको छ। आगामी दिनमा पारदर्शिता, जवाफदेहिता र खर्चको स्पष्ट विवरण प्रस्तुत नगरे संस्थाको विश्वसनीयता गुम्ने खतरा देखिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtip

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtipV tomto článku se podělím o své zkušenosti s online kasinem Merku...

Aplicația Stake pentru Android se instalează direct fără Magazin Play românesc

În ultimele luni, tot mai mulți jucători din România caută să instaleze aplicația Stake pe dispozitivele Android, ocolind comple...

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×